हाम्रो संरचना शनिबार, साउन ४, २०७६ 584 Views

बागेश्वरी मन्दिरको तिजौरी खोलीएको छ । बिगतमा सबैले वेवास्ता गर्दै आएको कारण नखोलीएको भनिएको तिजौरी सार्वजनिक रुपमा खोलीएको छ । बागेश्वरी अर्थात बागमा सवार माता भएकाले मन्दिरमा अधिकांश भक्तजनहरुले माताका लागी आवश्यक पर्ने गरगहना देखी श्रृगारका सामानहरु चढाउने परम्परा रहि आएकोे छ ।

नेपाल लगायत बिशेष गरि भारतबाट आउने बिभिन्न भक्तजनहरु बीच ठुलो आस्था र बिश्वास रहेको बागेश्वरी मन्दिरको मुर्ती सामुन्य साक्षत देबीको रुपमा सुन तथा चांदीका गर–गहना र श्रृगारका समान लगायत नगदै भेटीको रुपमा भक्तजनहरुले चढाउने गरेका छन ।

बिगतमा सस्तो मुल्य रहेको समयमा सुन तथा चांदी गहना बागेश्वरी मातालाई चढाइएको भए पनी ती समानहरुको केही लेखा जोखा नराखिनु र राखिएकाको समेत तिजौरी खोल्दा नभेटीनु र शंकास्पद रुपमा २ तोलाको सुनको गहना र २० केजी जती चांदी भेटिएकोमा सन्तोष मान्नु पर्ने अवस्था आइलागेको छ ।

बागेश्वरी माताको सम्पती खानेलाई माताकै जिम्मा छोडनु बाहेक अर्को सहज बिकल्प देखिदैन किन भने त्यो सम्पती खानेहरुको लिस्ट लामो र समय धेरै भइसकेको छ । त्यसको पछी लाग्ने जिम्मा हाम्रा अनुसन्धान गर्ने जिम्मेवार निकायलाई सुम्पीनु बाहेक अर्को बिकल्प छैन ।
बिगतमा बिधि र प्रक्रिया बिना एकल रुपमा सञ्चालन हुदै आएको बागेश्वरी मन्दिरको सञ्चालन पछील्लो पटक जनप्रतिनिधिहरुको जिम्मामा आएको छ । बर्षौ देखीको बन्द तिजौरी सार्वजनिक रुपमा खोलेर जिम्मेवारी उठाइएको छ । यसैलाई भएपनि षन्तोस मान्नु पर्ने अवस्था रहेको छ ।

मन्दिरका पुजारी÷महन्त देखी हाल गुठी संस्थान मार्फत आवद्ध रहनु भएका बिभिन्न ब्यक्तीहरुले मन्दिरका नाममा रहेको मन्दिर वरीपरीको घर तथा सटरहरुको भाडा रकम लगायत अध्यावधी गर्ने, पुरानालाई भत्काएर नया बनाउने, मन्दिरमा रहेका श्री सम्पतीको ब्यवस्थित रुपमा लेखा राख्ने र नया हुन आउने आम्दानीलाई पारदर्शि ढंगले बैक दाखिला गर्ने काम सुरु गरिएको छ ।

जुन काम बिगतमै हुनुपथ्यो त्यो हुन सकेको थिएन । पछील्लो पटक बिगतमा मन्दिरको ब्यवस्थापन सम्हादै आएको पक्ष पनि केही सकारात्मक भई मन्दिरको चल–अचल सम्पती देखी मन्दिर ब्यवस्थापनको लागी गुठी संस्थानमा आवद्ध भइ सहयोग गरेको देखिएकोले यसलाई सबैले सकारात्क रुपमा लिनुपर्दछ ।

पश्चिम नेपालको एउटा धार्मिक आस्थाको केन्द्रका साथै अन्य धर्मवालम्बीहरुका निम्ती समेत प्रर्यटकिय दृष्टिकोणले एतिहासिक नगरी नेपालगञ्जमा बागेश्वरी मन्दिरले नेपालगञ्जको शोभा र गरिमालाई बढाएको छ । अर्कोतिर पछील्लो पटक बागेश्वरी मन्दिर गुठी संस्थान इकाई समिति देखी सर्वसाधरणहरुले समेत मन्दिरको समग्र पक्षको चासो र चिन्ताका ब्यक्त गर्नुले मन्दिर प्रतिको आस्था प्रकट गर्दछ र यो जनमासमा बढेर गएको पाइन्छ ।

यो मन्दिरको आस्था र बिश्वासलाई बढाउदै मन्दिरको अल्पकालनि तथा दिर्घकालनि रुपमा योजना बनाए मन्दिरको समग्र जिर्नोद्वारमा जुटनु पर्दछ । बागेश्वरी मन्दिरको हाल अध्यावधी हुन नसकेको सयौं बिघा रहेको जग्गा खोजबिन गरि चुस्त दुरुस्त राखी त्यसलाई हिनामिना वा दुरुपयोग हुनबाट जोगाए मन्दिरको मुख्य आम्दानीको रुपमा ब्यवस्थित गर्नु जरुरी छ ।

फलाम तातेको समयमा पिटेमा मात्र आकारमा लैजान सकिन्छ त्यसैले मन्दिरको जग्गा पनी खोज्ने उपयुक्त समय र मौसम भएकाले बागेश्री गुठी संस्थानका अध्यक्ष तथा नगर प्रमुख, सदस्यहरुले मन्दिरका पूर्व सञ्चालकहरु, सम्वन्धीत सरकारी निकाय ब्यक्तीहरुलाई पछी सम्म जिम्मेवार हुने गरि एक समिति बनाएर वा गुठिमा संलग्न रहनु भएका ब्यक्तीहरु आफैले जग्गा खोजबीन गरि जग्गा के कस्तो अवस्थामा जग्गा कहां कति रहेको छ ? त्यसबाट मन्दिरको लागी नियमित आयआर्जन आउने गरि अध्यावधि गर्न सकेमा बागेश्री मन्दिरको गरिमा अझ माथी उठन देखीन्छ ।

बिगतमा यस्तै प्यूठानको स्वर्गद्वारी तपोभुमीको नाममा रहेको करबि ११ सय बिघा जग्गा गुठि संस्थान मार्फत ब्यस्थित गरेपछी उक्त स्वर्गद्वारीको ब्यवस्थापनले स्वर्गद्वारी मार्फत प्यूठान जिल्लाको मुख्य पर्यटकिय क्षेत्रको रुपमा मात्र नभई नेपाल तथा भारत लगायत तेस्रो मुलुकबाट समेत पर्यटक भित्रिने क्रम बढेको छ ।
नेपालगञ्जमा पनि बागेश्वरी मन्दिरको आफनै चल–अचल सम्पतीको सदुपयोग बाटै ब्यवस्थित विकास गर्न सकिन्छ र गर्नुपर्दछ । यसमा सबैको साथ र सहयोग जरुरी छ । पश्चिम नेपालको प्रर्यटकिय द्धारको रुपमा विकास गर्न सकिन्छ ।