५ नम्बर प्रदेश सभा ७औ बैठक: प्रदेश सभा नियमावली पारित, आर्थिक ऐन छलफलका लागी टेबुल

४ चैत्र, बुटवल/ ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले ५ नम्बर प्रदेश सभा आईतबारबाट बिधि र प्रक्रियागतरुपमा संसदिय अभ्यासको चरणमा प्रबेश गरेको बताउनु भएको छ ।
मुख्यमन्त्री पाख्रेलले आइतबार प्रदेश सभाले पहिलो पटक प्रदेश सभा सञ्चालन कार्यबिधि नियमावली २०७४ पास परेपछी प्रदेश सभा औपचारिक रुपमा प्रदेशलाई आवश्यक निति नियम निर्माणको चरणमा प्रबेश गरेको बताउनु भएको हो ।

गत फागुन २७ गते मुख्यमन्त्री पाख्रेलले प्रदेश सभाको बिश्वासको मत लिए सगै चैत्र ४ गते आईतबार दिउसो १ बजे बस्ने गरि निर्धारित गरिएको ५ नम्बर प्रदेश सभाको ७औं बैठक आईतबार दिउसो केही समय ढिला गरि बसेको हो ।

बैठकको सुरुमै ५ नम्बर प्रदेशका सभामुख पूर्ण बहादुर घर्ति मगरले सभाको अध्यक्षता गदै गत फागुन २७ गते टेबुल भएको ५ नम्बर प्रदेश सभा सञ्चालन कार्यबिधि नियमावली २०७४ मस्यौदा माथी छलफलको लागी सदनमा टेबुल भएकोमा त्यसलाई सभा समक्ष छलफल लागी प्रस्तुत गर्नुभएको थियो ।

बिधेयकको मस्यौदा टेबुल गर्ने ५ नम्बर प्रदेश सभा सञ्चालन कार्यबिधि मस्यौदा समितिका सभापती माननीय हरि प्रशाद रिजालले सदन समक्ष मस्यौदा प्रस्तुत गर्नुको कारण सभा सदस्यहरुलाई जानकारी गराउनु भएको थियो । उक्त प्रस्तावमाथी सभामा खुला छलफलका लागी सभामुखबाट बढीमा ३ मिनेट पालो पालो रोष्टमबाट सदन समक्ष बिचार राख्न अनुमती दिनुभएको थियो ।

सदन खुला सदनमा नेकपा एमाले,नेपाली कांग्रेस, संघिय समाजबादी फोरम र माओबादीबाट माननियहरु भुमिश्वर ढकाल, तुलाराम घर्ति मगर, अष्टभुजा पाठक,सन्तोस कुमार पाण्डे डिल्ली चौधरी र बिष्णु प्रशाद पन्थीले सभा सञ्चालनको लागी नियमावली आवश्यक रहेको भन्दै केही आलोचनात्मक समर्थन जनाउ दिनुभएको थियो ।

सभामुख घर्तिले माननीयहरुको सदनमा बिचार प्रस्तुत भएपछी उक्त बिधेयक पास गरियोस भनी सदन समक्ष राखेको प्रस्तावकको बिपक्षमा १ जना माननियले झुक्किएर हुन्न भन्न पुगे पनि उक्त बिधेयक पूर्ण बहुमतबाट पारित भएको थियो ।

त्यसैगरि आईतबार नै बसेको पहिलो बैठकमा नै मुख्यमन्त्री शंकर पोख्रेलले सदन समक्ष सम्बोधन गदै ५ नम्बर प्रदेश आर्थिक कार्यबिधि ऐन २०७४ ५ नम्बर प्रदेशमा आर्थिक चलायमानका लागी अति आवश्यक रहेकाले सदन समक्ष प्रस्तुत गर्नुभएको छ । उक्त ऐनमा सभासदहले अध्ययन गरेपछी सम्भव त आगामी चैत्र ८ गते बस्ने ८औं बैठकको सदनमा निर्णायर्थ पेश गरिने छ ।

सभासदहरु निराश र पत्रकारहरुका लागी केही असहज बातावरण 

५ नम्बर प्रदेशको आईतबार दिउसो बस्ने भनिएको बैठकमा बुटवलको उद्योग बाणिज्य संघको सभाहल वरीपरि बिभिन्न जिल्लाका प्रदेश सभा सदस्यहरुको केही चहलपहल बढेको थियो । ५ नम्बर प्रदेश सभा बैठकको सञ्चालन कार्यबिधि लगायतको रिपोटिंगमा हामी पुग्दा केही सभासदहरु सभाहल बाहिर खानेकुरा किन्दै सभाहलमा प्रबेश गरिरहनु भएको थियो ।

प्रदेश सभा र काठमाण्डौंमा प्रधानमन्त्री सभामुखहरुको लागी भोटिंग गर्न भन्दै बुटवल र काठमाण्डौं गर्दै थकित र केही निराशा अवस्थामा प्रदेश सभासदहरु भेटीनु भएको छ । अधिंकास प्रदेश सभा सदस्यहरु चुनाव पछी आते जाते र खाने बस्ने गरि करीब ८० हजार जती ऋण लागेको बताउदै हुनुहुन्थ्यो भने केही बेकारमा वडा सदस्यको जती पनि शक्ती नरहेको भन्दै पत्रकारहरु समक्ष गुनासा गदै हुनुहुन्थ्यो ।

सभाहलमा जान पत्रकारहरुका लागी पहिल्य नै पासको ब्यवस्था गरिएकोमा बुटवल बाहिरबाट जाने पत्रकारहरुका लागी आकस्मिक पासको ब्यवस्था गरिएको थिएन । हामी बांकेका माननीय सभासद आइपी खरेल मार्फत दर्शक पास प्रबेशपत्र लिएर प्रदेश सभाहलमा प्रबेश गरेका थियौं ।

सभाहल बाहिर अधिकांस प्रदेश सभा सदस्यको अनुहार उज्यालो थिएन । केही सभासदहरु एभरेष्ठ बैकको खाता खोलने काउण्टरमा फार्ममा हस्ताक्षर गर्न लार्यनमा त कोही टिनको पाताले छाएर बनाइएको स्वास्थ्य चेक जांच, झोला राख्ने ठाउंमा गुजुम्म बस्नु भएको थियो । प्रदेश सभाको बैठक बस्नु अघि संसदिय दलको बैठक, पार्टी बैठक गदै थाकेका सभासदहरु आफनो खाने बस्ने ठेगान नभएको देखी प्रदेश सभामा जनताको आंकक्षा धेरै भएको र अधिकार र बजेट नै नभएको भन्दै निराशा ब्यक्त गरिरहनु भएको थियो ।

मेरा छिमेकी बांके क्षेत्र नम्बर २ क बाट निर्वाचित सभासद बिजय यादवले “बरु वडा सदस्य भएको भए त दैनिक जनता समक्ष भेटघाट हुन्थ्यो यहां त न खानको ठेगान, न बस्नको ठेगान न जनताको बिकासका लागी केही गर्न सकिने ठेगान छ ? त्यसैले प्रदेश सभा अहिल्य सम्म हेर्दा त बेकारै चुनाव लडिए छ ।”

सभाहल भित्र पनि पहिल्य नै पक्रिया मिलाएको जस्तो शान्त सभाहल अनी झण्डै २ दर्जन मर्यादा पालकहरु, केही पत्रकारहरु केही निश्चत स्थानमा मोबाइल चलाउन नपाईने मोबाइलबाट फोटो सम्म खिच्न सम्म पनि नपाईने, क्यामेराबाट हलको टाढा कुनाबाट बिस्तारै एक पटक मात्र फोटो खिच्नुपर्ने एक किसिमले डराई डराई रिपोटिंग गर्नुपर्ने पत्रकारहरुका लागी असहज अवस्था ५ नम्बर प्रदेश सभाहलको बंठक कक्ष । दर्शक दिर्घामा बस्ने ब्यवस्था राम्रै गरिएको तर अनुशासित भएर बस्नुपर्ने ।