हाम्रो संरचना शुक्रबार, जेष्ठ १०, २०७६ 307 Views
लेखक: अधिवक्ता डा. कुमार शर्मा अर्चाय,५ नम्बर प्रदेशका कानुनी सल्लाहकार

शक्ति केन्द्र ध्रूविकरणको जटिल संक्रमणकाल बाट अहिलेको बिश्व गुज्रिरहेको छ । भर्खरै सम्पन्न चिनियाँ राष्ट्रीय जनकांग्रेसको अधिवेशनले राष्ट्रपतिको दुई कार्यकालको अवधारण खारेज गर्ने प्रस्ताव अत्यधिक बहुमतबाट पारित गरेसंगै बिश्व शक्ति केन्द्रमा अप्रत्याशित खैलाबैला शुरू भएको छ ।

बिगतमा रूस र अमेरिका गरि दुई ध्रूवमा बिभाजित बिश्व शक्ति केन्द्र सोभियत संघको पतनसंगै एकल शक्ति केन्द्रको रूपमा अमेरिका उदायो । रूसको नेतृत्वको वार्सा सन्धि संगठन(वार्सा प्याक्ट) , नेटोको प्रतिरोध गर्न गठन भएको थियो । सोभियत संघको बिघटनसंगै वार्सा प्याक्ट शीथिल हुँदै अन्तत: शीत युद्धको समाप्तिपछि वार्सा सन्धि संगठन पनि समाप्त भएपछि नेटोले बिश्वमा हालसम्म पनि एकलौटि राज गर्न सफल भएको छ ।

नेटो सैन्य संगठनको बलमा नै अमेरिका बिश्व शक्तिको रूपमा उदाएको कुरा हामीलाई थाहै छ । रूसमा भर्खरै सम्पन्न चूनावबाट पुटिनको पुनरागमन र चिनियाँ संविधान संशोधनको बिषयले अहिले बिश्व संचार माध्यमहरू गरमागरम भएर तातेका खवर संप्रेषण गर्दैछन् ।

अमेरिकाको ईच्छा बिपरित रूस र चीनका शासकहरू अझ शक्तिशाली भएर आउनु ऊसकालागी अपशकुन हो भनेर अमेरिकाले बुझ्दछ । एकातिर समाजवाद र अर्कोतिर पूंजीवाद यी दुई राज्य ब्यवस्थामा कुन ठीक भन्ने जूँगे लडाईँ जितेको ठान्ने अमेरिकाले जीतको दम्भमा युगोस्लाभिया टुक्रा टुक्रा पार्यो भने जन निर्वाचित ईराकि राष्ट्रपति सद्दाम हुसेनलाई अपदस्त गर्यो ।

ऊता सोभियत संघको तात्कालिन स्तालिन नेतृत्वले समाजवाद बिस्तार गर्ने अभियान अन्तर्गत अफघानिस्तानमा गरेको सैन्य उपस्थिति रोक्न विन लादेन जन्माउन पुगेको अमेरिका सोभियत सेना फिर्ता भएपछि पनि त्यहाबाटँ सैन्य अखडा फिर्ता गर्न मञ्जूर छैन । ईराकका सद्दाम र लिवियाका गद्दाफि दुबै जन निर्वाचित राष्ट्रपति थिए ।

तर अमेरिकि ईसारामा चल्न अस्वीकार गर्नु नै ऊनिहरूको अन्त्यको प्रमुख कारण बन्यो ।  ईराक र लिवियामाथि भएको अमेरिकि दादागीरीमा रूस र चिन असंलग्न रहे ।
समकालीन घटनाक्रम अत्यन्त छिटो भईरहेछन् । पश्चिमी राष्ट्रहरू सम्पूर्ण बिश्वका अन्य राष्ट्रहरूमाथि आफ्नो दवदवा कायम राख्न चाहन्छन् । पश्चिमी राष्ट्रले चिनलाई घेराऊ गर्ने र कमजोर पार्ने नीति नलिएको भए दुई कार्यकालमा सीमित चिनियाँ बिधान संशोधन गर्ने मोडमा त्यहाँको नेतृत्व पुग्नेथिएन र रूसको नाकैमुनि नेटो बिस्तार गर्ने रणनीति नलिएको भए यूक्रेन अधिनस्थ क्रिमियालाई आफ्नो अधिनमा ल्याउने रूसि निर्णय हुनेथिएन ।

अब आसन्न अमेरिक / उत्तर कोरिया बिच हुन गईरहेको वार्ता पनि चीनलाई घेराऊ गर्ने एक रणनैतिक चालका रूपमा लिन सकिन्छ । यदि अमेरिकाले निहित स्वार्थबस अत्यधिक शर्तहरू राखेमा सो वार्ता सफल हुनेछैन मात्र होईन उत्तर कोरिया अरू आक्रामक भएर आउनेछ । अर्कोतिर अमेरिकि घेराऊ तोड्नकै लागी चिनियाँ बिधान संशोधन भएको कुरा घाम झैं छर्लङ्ग छ ।

अष्ट्रेलिया , भारत , जापान , दक्षिण कोरिया लगायतका देशलाई साथमा लिएर उत्तर कोरियालाई झुकाउने र चीनलाई घेर्ने अमेरिकि रणनीति र अर्कोतर्फ रूसी आँगनका राष्ट्रहरूलाई नेटोमा सामेल गरि रूसलाई घेराऊ गर्ने अमेरिकि रणनीतिले बिश्वलाई एऊटा भयानक युद्ध तर्फ तानेको प्रतित हुन्छ । यदि तनाव बढ्दै गयो भने संसारले तेश्रो बिश्वयुद्धको तैयारी गर्नुपर्ने हुनेछ ।

तेश्रो बिश्वयुद्धका बारे आइन्सटाईनलाई गरिएको त्यसको परिणामबारे प्रश्नमा , परिणामको कल्पना गर्नै नसकिने र बरू यदि चौथो बिश्वयुद्धसम्म मानव सभ्यता “रहन सक्यो भने” घुएँत्रो र गुलेलीले युद्ध लडनुपर्नेछ , किनभने एक त मानव सभ्यता नै रहन नसक्ने र रहिहालेमा सम्पूर्ण प्रबिधि बिनाश हुने हुँदा मान्छे जनावर जस्तै जंगली जिवनमा फर्कने भनि दिएको जवाफ सान्दर्भिक देखिन्छ । पारमाणविक हतियारको प्रतिस्पर्धा र जूँगाको लडाईंले कतै तपाईं हामिले नै तेश्रो बिश्वयुद्ध ब्यहोर्नु पर्ने त होईन ?! त्रासदी बढ्दो छ ।