हाम्रो संरचना बुधबार, भदौ ४, २०७६ 266 Views

 १७ चैत्र, नेपालगञ्ज/ “हामी सेवा गछौं” भन्ने मुल मान्यता राखेर नेपालमा समाजिक संस्थाको रुपमा बिस्तार भईरहेको लाईन्स इन्टरनेशनल क्लबको डिस्टिक ३२५ बी २ को छठौं अधिबेशन शनिवार नेपालगञ्जमा सुरु भएको छ ।

अधिबेशनको शनिवार प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले  एक कार्यक्रमका बीचमा उद्दघाटन भएको छ । नेपालगञ्जको कारकांदो स्थित होटेल सिदार्थ भ्यूमा आयोजना गरिएको लाइन्सको अधिबेशनमा लायन्स सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री पोख्रेलले प्रदेश नम्बर ५ लाई देश कै उत्कृष्ट प्रदेश बनाउने गरी काम भइरहेको बताउनु भएको छ ।  

मुख्यमन्त्री पोख्रेलले कृषिक्षेत्र र उत्पादन मुखी क्षेत्रलाई उच्च प्राथमिकता दिएर यो प्रदेशलाई उत्कृष्ट बनाउने सोंच बनाइएको बताउनुभएको छ ।

मुख्यमन्त्री पोख्रेलले समाजमा फजुल खर्च गर्ने प्रबृत्ति बढेको प्रति चिन्ता ब्यक्त गर्दै भने–‘अबदेखि हामी सबैले फिजुल खर्च गर्ने मानसिकता त्याग्नुपर्छ ।’ मुुख्यमन्त्री पोख्रेलले फजुल खर्च गरे सान देखाउने काम नगर्न पनि आग्रह गर्नुभएको छ ।
मुख्यमन्त्री पोख्रेलले नेपाली जनतालाई आत्मबिश्वास बढाउन आबश्यक रहेको भन्दै त्यसका लागि राजनैतिक नेतृत्व र कर्मचारी, प्रशासन एकसाथ भए मात्र अघि बढ्न सकिने पनि बताउनु भयो । लायन्स क्लबलाई सामाजिक अभियानको संगठन भन्दै मुख्यमन्त्री पोख्रेलले समाजसेवाले हरेक मानिसलाई आत्मसन्तुष्टि दिने बताउनुभएको छ  ।

मुख्यमन्त्री पोख्रेलले विपत्तिको बेलामा लायन्सले आफ्नो पहिचान सहित सहयोगका हातहरु लिएर अगाडि आउने परम्परा र सामाजिक भावनाको सह्रहाना गर्नुभयो  ।
लायन्स कन्भेन्सनमा लायन्स क्लब अफ इन्टरनेशनल डिष्ट्रिक ३२५ बी–२ का गर्भनर मधुसुदन शर्माले लायन्स क्लबले नेतृत्व विकासका साथ साथै समाजसेवामा उदाहरणियकाम गरेको बताउनु भयो  ।

उनले आफ्नो कार्यकालमा भएका प्रगतिको बिषयमा जानकारी गराएका थिए । सो अवसरमा लायन्सबादको विकासमा सक्रिय भूमिका निबाह गर्ने पूर्व डिस्टिक गर्भनर सेम शाक्य, डिके ढुंगाना, घनश्याम भट्टराईलगायतका व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । बिभिन्न सांस्कृतिक झांकीहरु सहित बिहान नेपालगञ्जमा प्रभातफेरी निकालिएको थियो ।