रारा पर्यटन वर्ष २०७५ : रारा तालको मुर्माटपबाट ” साहसिक रारा प्याराग्लाइडिङ ” नियमित उडान सुरु

५ बैशाख ,मुगु /  रारा पर्यटन वर्ष २०७५ को अवसरमा रारा तालको मुर्माटपबाट ” साहसिक रारा प्याराग्लाइडिङ “ नियमित उडान सुरु भएको छ।

समुन्द्र सतहदेखि ३ हजार ८ सय मिटरको उचाइमा रहेको मुर्माटपबाट प्याराग्लाइडिङमा विश्व किर्तिमानि रेकर्ड कायम गरेका सानुबाबु सुनुवारले बुधबार रारा तालमा प्याराग्लाइडिङ सुरु गरेका छन।

मुर्माटपबाट रारासम्म प्याराग्लाइडिङ गर्दा अपि, सैपाल,कान्जिरोवा, सिस्ने, कोइकी हिमाल लगायत अन्य विभिन्न ठाउँहरुको ददृश्यावलोकन गर्न सकिने सानुबाबु सुनुवारले बताउनु भएकोछ।

‘राराको मुर्मा टपमा पहिलो पटक ‘साहसिक प्याराग्लाइडिङ’ सुरु गर्दा यहाँबाट देखिने दृश्यले निकै मन लोभ्याउछन् ।’ सुनुवारले : ‘यो उडान भर्न अन्य ठाउँको भन्दा बढी सहज पनि रहेको छ ‘।

‘समृद्ध कर्णाली प्रदेश निर्माणका लागि अब स्थानीय जनता लाभान्भित हुनेगरी पूर्वाधार तयार गर्नुपर्ने छ,’ उनले भने, ‘प्याराग्लाइडिङ पनि राराका लागि महत्वपूर्ण पर्यटन हो ।’ कर्णाली प्रदेश पर्यटन क्षेत्रमा धेरै सम्भावना बोकेको हुनाले विभिन्न साहसिक खेल पर्यटनको विकास गरी कर्णाली रारा पर्यटन वर्षलाई सफल बनाउनुपर्ने लामो प्याराग्लाइडिङ लगाएतका अन्य पूर्वाधारमा जोड दिन थालिएको मुगुका प्रतिनीधिसभा सदस्य मोहन बाँनियाले बताउनु भएको छ । ‘अब रारामा प्याराग्लाइडिङ साईकिलिङ्ग लगाएतका अन्य खेलमा जोड दिने गरि पूर्वाधार निर्माण गर्दैछौं । रारालाई नेपालकै एक चिनारी बनाउने अभियानमा लागेको बांनियाले बताउनु भएको छ ।

रारा पर्यटन वर्ष २०७५

मुगु,रारा पर्यटन वर्ष २०७५

सम्बन्धित शीर्षक