नेपालगञ्जमा बिधुतिय सर्किट सर्ट भएर आगलागी घटना निरन्तर बढदै: शनिबार राती धम्बोजीमा रहेको जे शर्मा मेडिकल स्टोर र ल्याबमा पनि आगलागी,लाखौंको क्षती

 

१६ बैशाख, नेपालगञ्ज/  नेपालगञ्जको धम्बोजी स्थित सुर्खेतरोडमा सञ्चालनमा रहेको जे. शर्मा मेडीकल स्टोर र बागेश्वरी प्याथोलाजीमा शनीबार राती आगलागी हुदा लाखौं मुल्य बराबरको धनमालको नोक्सानी भएको छ ।

नेपालगञ्ज उप–महानगरपालीका वडानम्बर १० स्थित भृकुटीनगर निवासी जिवन शर्माले समेतले सञ्चालन गरेको उक्त मेडिकल स्टोर तथा ल्याबमा शनीबार राती भएको आगलागीबाट औषधी,  ल्याबका लागी आवश्यक मेशीनरी एवम भवन समेत जलेर ठुलो क्षती भएको छ ।
स्वास्थ्य क्षेत्रमा रहेर कलम समेत चलाउदै आउनुभएका बांकेबाट प्रकाशित स्वस्थ्य खबर पत्रिका सम्पादक समेत रहनुभएका स्वास्थ्यकर्मि जिवन शर्माले सञ्चलालन गरेको उक्त मेडिकल स्टोर तथा ल्याबमा पनि बिधुत सर्किट सर्ट भएर नै आगलागी भएको हुनसक्ने स्थानिय बासिन्दा तथा प्रहरी स्रोतले बताएको छ ।

जे शर्मा मेडिकलका सञ्चालक समेत रहेका जीवन शर्माका अनुसार आगलागीबाट मेडिकल, ल्यावका सामाग्री सहित भवनमा समेत क्षति भएको छ । करिव एक महिना अगाडि आफ्नै भवनबाट सेवा आरम्भ गरेको मेडिकलमा शनिबार राति एक्कासी आगलागि पछि प्रहरी, दमकल र स्थानीय वासीको सहयोगबाट आगो नियन्त्रणमा लिएको हो।

नेपालगञ्ज उपमहानगरपालीका वडा नम्बर १ सुर्खेतरोड धम्बोजीमा नै यस अघि पनि श्रेया फर्निसिंग हाउसमा बिधुतीय सर्किटबाटै आगलागीबाट लाखौंको धनमालको नोक्सानी भएको थियो ।

नेपालगञ्जमा बिगत केही समय यता ब्यवसायी प्रतिष्ठान तथा पसल, घरहरुमा बिधुतीय सर्किट सर्ट भएर आगलागीका घटनामा उल्लेखनीय रुपमा बृद्धि हुदै गएको छ ।

बिधुतीय सर्किट सर्टबाट नै नेपालगञ्जको वडा नम्बर २ स्थित घरबारीटोलमा रहेको गौतम रेडिमेड, इलेक्ट्रोनिक्स मर्मत केन्द्र, नेपालगञ्जको वडा नम्बर १८ कारकादोमा दुगढ ब्रदर्शको खाद्य गोदाम लगायतका ठाउंमा आगलगी भएर ठुलो धनमालको नोक्सानी भईसकेको छ ।

अधिकांस आगलागीका सम्वन्धमा प्रहरीले गरेको अनुसन्धानमा बिधुतिय सर्किटबाट बिधुत सर्ट भएर आगो लागेको हुनसक्ने प्ररारम्भीक अनुसन्धानबाट रिपोर्ट तयार हुने गरेको छ ।
बिधुत कार्यालयको तर्फबाट भए गरेका लापरबाहीले आगलागी वा अन्य कुनै हानी नोक्सानी भएमा कानुनी उपचारका साथ पिडितले क्षतीपुर्ति पाउने तर्फ भने हाल सम्म नेपालगञ्ज कसैले कोशिस गरेको पाइएको छैन ।