अन्तर्राष्ट्रिय श्रमिक दिवस: नारामा एकता, व्यवहारमा विभाजित

# बद्री तिवारी#

आज मे १, १२९औं अन्तर्राष्ट्रिय श्रमिक दिवस। विश्वमा अन्तर्राष्ट्रिय श्रमिक आन्दोलनको उत्सवका रूपमा मनाइँदै आएको यो दिवस आज विश्वभरका मजदूरहरूले एकता र श्रमिकका हकहितका सवाललाई उठाएर विविध कार्यक्रमको आयोजना गरी मनाउँदैछन्।

१९औं शताब्दिमा आ–आफ्ना हकहितका लागि अमेरिका तथा युरोपका मजदूर विभिन्न खालका आन्दोलन गर्दैआएका थिए, त्यही क्रममा सन् १८८६ मे ४ का दिन अमेरिकाको सिकागो शहरमा विरोध प्रदर्शनमा उत्रेका मजदूरहरूलाई तितरवितर पार्नका लागि प्रहरी परिचालित गरिए। प्रहरी दमनको विरोध गरिरहेका मजदूरमाथि एक्कासि अज्ञात व्यक्तिले बम प्रहार गरिदियो।

सो घटनामा केही मजदूर हताहत र केही घाइते भए। त्यस वर्षसम्म कारखानामा दैनिक १६ घण्टा काम गर्न बाध्य पारिएका मजदूरले आफूमाथि अन्याय भएको निष्कर्षमा पुगी त्यस शोषणविरुद्ध संगठितरूपमा आन्दोलन छेड्ने अठोट गरिसकेका थिए। सोही क्रममा दैनिक ८ घण्टा काम, ८ घण्टा विश्राम र ८ घण्टा मनोरञ्जनका लागि समय पाउनुपर्ने मागका साथ काम छोडेर सिकागोमा प्रदर्शन शुरू गरेका बेला उद्योग÷कलकारखाना मालिकहरूले उनीहरूमाथि सरकारको सहयोगमा प्रहरी परिचालन गरी नृशंस दमन गर्न थाले। मजदूरहरूको निरन्तर विरोधले बलिदानीपूर्ण श्रमिक आन्दोलनको रूप लियो, आखिर ४ वर्षसम्मको कडा संघर्षको परिणाम नै मान्नुपर्छ– मजदूरहरू आफ्ना माग पूरा गराउन सफभए।

त्यही संघर्षलाई ‘हेमार्केट मामला’को स्मृतिका रूपमा लिँदै सन् १८९० देखि प्रत्येक वर्ष मे महिनाको १ तारेखका दिन अन्तर्राष्ट्रिय श्रम÷श्रमिक दिवस मनाउन शुरू गरियो, त्यसैले यस दिवसलाई मे दिवस भनिएको हो। विश्वका ८० भन्दा बढी मुलुकमा आधिकारिकरूपमै सार्वजनिक बिदा दिएर मनाइने मे दिवस वास्तवमै विश्वका तमाम मजदूर तथा पेसाकर्मीको साझा चाड हो।

ट्रेड युनियनहरूको माग र आन्दोलको परिणामस्वरूप नेपालमा पनि विसं. २०६४ देखि मे दिवसका दिन सरकारले सार्वजनिक बिदा दिने घोषणा ग¥यो। यो दिवस एउटा संस्कारको रूपमा विकसित हुँदै गएको वर्तमान अवस्थामा मजदूर÷श्रमिक तथा विविध पेसासँग आवद्ध पेसाकर्मीका हकहितको संरक्षण र प्रबद्र्धनका लागि उपयोगी हुन सकेमा सार्थक बन्नेछ।

श्रमिक, मजदूर, कामदार तथा ज्यामीजस्ता नामबाट सम्बोधन गरिने उनीहरू आफ्नो श्रम सीप बिक्री गरेर आ–आफ्नो परिवारको जीविकोपार्जन गर्नका लागि स्वदेश तथा विदेशमा रोजगारीको खोजीमा भौंतारिइरहेका हुन्छन्। उद्योग कलकारखाना अत्यन्त न्यून रहेका हाम्रोजस्तो देशमा कामको अभाव हुनाले युवाहरू वैदेशिक रोजगारीमा जाने क्रम बढ्दो छ।

त्यसैले यो दिवस विदेश जान बाध्य भएका श्रमिकलाई स्वदेशमै रोजगारी उपलब्ध गराउने वातावरण निर्माण गर्न तथा त्यसका लागि सरकारलाई दबाब दिनसमेत सहयोगी बन्न सक्नुपर्दछ। आखिर स्वदेश तथा विदेश जहाँ काम गरे पनि श्रमिकहरूले आफ्नो पसिनाको मूल्य उचित मात्रामा नपाएका गुनासा धेरै नै आउने गरेका पाइन्छन्। रोजगारदाताले सकेसम्म कम पारिश्रमिकमा काम लगाउन खोज्ने प्रवृत्ति तथा देशका प्रचलित ऐन कानुनको पूर्णरूपमा कार्यान्वयन नभएका कारण बेला–बेलामा आन्दोलन हुने गरेका छन्, त्यसबाट श्रमिकका समस्या केही क्षणिक समाधान भए पनि अधिकांश अल्मलिएको अवस्थामा रहेका पाइन्छन्।

अझ रोजगारी बजार सानो भएको ठाउँमा त मजदूरहरू आफ्ना हकहितका सवाललाई तत्कालका लागि थाती राखेर काम पाउनकै लागि सम्झौता गर्न बाध्य हुन्छन्। काम पाए पनि भनेजस्तो नपाउने वा मुलुकमा प्रचलित नियम कानुनअनुसार पारिश्रमिक÷तलब÷भत्तालगायत सेवा सुविधा, वृत्ति विकास, स्वास्थ्य, बीमा, पेसागत सुरक्षा, अवकाशपछि प्राप्त हुने लाभदायी योजना जस्तै निवृत्तिभरण, उपदान, सञ्चयकोषलगायत सेवा सुविधा नपाउने हो भने मजदूर, श्रमिक तथा कर्मचारीको जीवनमा खासै त्यस्तो कामले महत्त्व राख्दैन।

त्यसो हुँदाहँदै पनि बाध्यताले काम गर्नैपर्ने हुन्छ र उनीहरू जेजस्तै पारिश्रमिक तथा सुविधा भए पनि कामका लागि सम्झौता गर्दछन्। किनकि जनशक्ति बढी भएको ठाउँमा उनीहरूले काम नगरेमा अरू व्यक्तिहरूले त्यो स्थान पूर्ति गरिदिन्छन्।
सहासी श्रमिकको बलिदानीपूर्ण संघर्षको सम्झना, सम्मान र श्रमिक एकताको लागि मनाउन लागिएको मे दिवसको व्यावहारिक पक्षचाहिँ अििवडम्बनापूर्ण भेटिन्छ। मजदूर एकताको नारा दिइए पनि विभिन्न संघ संगठनमा विभाजित भएका छन् मजदूरहरू।

आ–आफ्नो आस्थाअनुसारका राजनीतिक दलको भ्रातृ संगठनका रूपमा गठित ट्रेड युनियनसँग उनीहरू आबद्ध छन्। राजनीतिक दलहरूले बेला–बेलामा आफ्नो आवश्यकताअनुसार ती संघ संगठनमा आबद्ध कार्यकर्तालाई सडकमा उतार्छन्, दलीय स्वार्थ पूर्तिका लागि तथा बार्गेनिङका आफ्नो अनुकूलतामा प्रयोग गर्दछन्। सीमित संख्याका टाठाबाठाबाहेक अधिकांश श्रमिक राजनीतिक उद्देश्य थाहा नपाएरै आपूm दलीय स्वार्थका लागि प्रयोग भएका हुन्छन्।

आफ्नो सुरक्षित भविष्यको आशामा अरूका लागि लड्दालड्दै जीवनको पूर्वाद्र्ध कटिसकेको पत्तै हुँदैन अधिकांश श्रमिकहरूलाई। राजनीतिक नेताहरू अझ भनौं मजदूर नेताहरू तीनै मजदूरलाई भ¥याङ बनाएर शक्तिशाली पद धारण गरिसक्छन्। नेपाललगायत विकासोन्मुख तथा अल्पविकसित मुलुकका श्रमिक आन्दोलन यस्तै–यस्तै हिसाबले अल्झेका छन् भन्दा अत्युक्ति नहोला। अझ हाम्रो देशको वास्तविकता भन्ने हो भने मजदूरलाई भ¥याङ बनाएर माथि पुग्ने र पद धारण गरिसकेपछि आफ्नो धरातबिर्सने, पछाडि फर्केर हेर्दै नहेर्ने प्रवृत्तिका कारण मजदूरहरू उत्साहित छैनन्।

त्यसो त कतिपय कार्यालयका पेसाकर्मी तथा कलकारखानाका मजदूरहरू पनि आफ्नो लाभका लागि युनियनलाई प्रयोग गर्न पछि पर्दैनन्। अनियमितताबाट पार पाउन, निजी स्वार्थ पूरा गर्न तथा आफ्नै अनुकूलतामा युनियनलाई प्रयोग गर्नका लागि ट्रेड युनियनसँग आबद्ध रहने गरेका उदाहरण नेपालका धेरै कार्यालयमा भेट्न सकिन्छ। यस्तो खालको प्रवृत्ति हाबी हुँदै गएको खण्डमा ट्रेड युनियन आन्दोलनको खासै महत्त्व रहँदैन, बरु हालसम्मको साख पनि गिर्दछ भन्ने कुरालाई सजग श्रमिकले बुभ्mनै पर्दछ। श्रमिकको हकहितको पक्षमा काम गर्ने भनेर यहाँ स्थापना भएका कैयौं संघसंगठनले वास्तविकतामा के गरिरहेका छन् भनेर पत्ता लगाउने काम पनि सक्रिय र सजग मजदूरकै भएकाले उनीहरू यस कार्यप्रति प्रतिबद्ध भएर लाग्नैपर्दछ।

एक्काइसौं शताब्दिको मानव संशाधन व्यवस्थापनसम्बन्धी अध्ययनले कुनै पनि संस्था तथा प्रतिष्ठानमा सुचारु रूपमा कार्य सञ्चालन गर्न र लक्ष्यमा पुग्नका लागि अन्य स्रोतहरूभन्दा बढी महत्त्वपूर्ण र संवेदनशीपक्ष भनेको मानवस्रोतको उचित एवम् विवेकपूर्ण व्यवस्थापनलाई मानेको छ। यसलाई रणनैतिक मानव संशाधन व्यवस्थापनका रूपमा लिइन्छ। अझ विश्वका केही संस्थाले श्रमिक तथा कर्मचारीलाई मानव पूँजीका रूपमा लिन थालिसकेका छन्। हुन पनि मानव पक्षलाई अवमूल्यन गरेर कुनै पनि संघसंस्थाले उन्नति प्रगति गरेको सुनिँदैन। त्यसैले उचितरूपमा श्रम सम्बन्धलाई व्यवस्थापन गर्ने जिम्मेवारी रोजगारदाताले पूरा गर्नुपर्दछ ताकि मजदूर कर्मचारी पक्षबाट कुनै पनि गुनासा नआऊन्।

तर जुन पक्षको व्यवस्थापन गर्ने भनिएको हुन्छ त्यही पक्ष नै बढी अव्यवस्थित बन्न पुग्दछ। धेरै उद्योग कलकारखानाको अवस्था समस्यामूलक बन्नुमा त्यहाँको श्रम÷औद्योगिक सम्बन्ध सौहार्दपूर्ण नहुनु नै हो। त्यस सम्बन्धलाई राम्रो बनाउनका लागि सबैभन्दा बढी जिम्मेवार व्यवस्थापन पक्ष हुन्छ, त्यस्तै श्रमिकहरूको आधिकारिक ट्रेड युनियनको भूमिका सकारात्मक बन्नु त्यति नै आवश्यक छ। राज्यको प्रचलित कानुनअनुसार कम्पनी व्यवस्थापकले श्रमिकहरूलाई उनीहरूका आवश्यकता पूरा गर्न पुग्ने, जीविका चलाउन पुग्ने तलब भत्ता तथा पारिश्रमिक, वृत्ति विकास तथा तालिम अवसर, बीमा, पेसागत स्वास्थ्य र सुरक्षालगायतका पक्षहरूलाई उचित सम्बोधन तथा यथोचित प्रबन्ध मिलाएको खण्डमा त्यति समस्या आइपर्दैन।

यद्यपि व्यवस्थापन पक्ष गैर जिम्मेवार बन्ने तथा श्रमिकहरूले पनि ट्रेड युनियनमार्फत कम्पनीले पूरा गर्न नसक्ने अस्वाभाविक माग अघि सार्दा समस्या पर्ने देखिएका छन्। हाम्रै देशमा माओवादी युद्धकालमा केही उद्योग कलकारखानामा यस्तै खालका समस्या उब्जिए, अन्त्यमा लगातार हड्तार तालाबन्दीसम्मका घटनाले उद्योगहरू बन्द हुन पुगेका थिए। यस्ता घटनाबाट खासगरी बारा–पर्सा औद्योगिक करिडोरका धेरै मजदूरको रोजीरोटी गुम्यो उनीहरूसम्बद्ध ट्रेड युनियनका अदूरदर्शी नीति तथा गतिविधिका कारण।

त्यसो त राजधानीलगायत विभिन्न ठाउँका उद्योग, कारखाना, होटल, क्यासिनो तथा अन्य कम्पनीमा कार्यरत मजदूर कर्मचारीको पनि जागिर गुमेको, ७/८ महिनासम्म तालाबन्दी भएर बेरोजगार बनेका मजदूरहरूले क्षतिपूर्तिसमेत नपाएका घटना हाम्रा लागि ताजै छन्। त्यसकारण ट्रेड युनियन भनेका मजदूर तथा विभिन्न पेसामा संलग्न पेसाकर्मीको हकहितका लागि, उनीहरूको विकास र समृद्धिका लागि सरोकारवाला पक्ष अर्थात् कम्पनी व्यवस्थापनसँग, अझ आवश्यकताअनुसार सरकारी निकाय र समाजका दबाब समूहहरूमार्फत् जायज माग क्रमशः पूरा गर्दै जान वा सामूहिक सौदाबाजी गर्ने कार्यका लागि आधिकारिक प्रतिनिधिका रूपमा नै रहनुपर्दछ।

अतः मे दिवसजस्तो महत्त्वपूर्ण अवसरमा माथि उल्लेखित विषयलाई सहजरूपमा सल्टाउन विशेष भूमिका निर्वाह गर्ने तथा ट्रेड युनियन अधिकारविरोधी नीति नियम, गतिविधिले खडा गरेका चुनौतीको डटेर सामना गर्ने प्रतिबद्धता सम्बद्ध पक्षले सार्वजनिक गर्नु आवश्यक छ। यसै सन्दर्भमा मुलुकका प्रजातान्त्रिक तथा प्रगतिशीट्रेड युनियन महासंघसँग सम्बद्ध विभिन्न संघसंगठनहरूले आज नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मे दिवस मनाइरहेका छन्।

पेसागत महासंघ नेपाल, अखिनेपाट्रेड युनियन महासंघलगायत ८ वटा ट्रेड युनियन महासंघले आधिकारिक ट्रेड युनियनको निर्वाचन घोषणा गर्नुपर्ने, श्रमिकविरोधी ऐन कानुन खारेज गर्नुपर्ने, श्रमिकहरूको सेवा सुरक्षाको प्रत्याभूति गर्नुपर्ने, आईएल्ओ अभिसन्धि ८७ अनुमोदन गर्नुपर्नेलगायत मागहरू राखेर मे दिवस मनाइरहेका छन्, अपेक्षा गरौं मजदूरको आडमा नेतृत्व गरेका तथा सत्ता सञ्चालनको अभिभारा बोकेका नेताले मजदूरका मागलाई सम्बोधन तथा पूरा गर्नेछन्।