विद्यूत प्राधिकरण नेपालगञ्जका इन्जिनियर र सुपरभाइजर १५ हजार घूस सहित पक्राउ

२६ वैशाख/  नेपाल विद्याुत प्राधिकरण वितरण कार्यालय नेपालगञ्जका तीन जना कर्मचारी १५ हजार घूस सहित पक्राउ परेका छन् ।

सुपरभाइजर बिक्रान्त शुक्ला सहित इन्जिनियर निसार अहमद खान र सहयोगी गिर्वलाल धोवीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुरले पक्राउ गरेको हो ।
थ्री फेज लाइन वितरण गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग बिभिन्न बहाना बनाइ घूस रकम माग गरेको भन्ने सूचनाका आधारमा उनीहरुलाई कार्यालय परिसरबाटै पक्राउ गरिएको अख्तियारले जानकारी दिएको छ ।