हेफरको SLVC-2 परियोजना सुरु : नेपाली किसानहरुको समृद्धिको आधार “हेफर मोडेल” उत्कृष्ट नमुना रहेको मन्त्री तथा सचिवको भनाई

३१ बैशाख, काठमाण्डौं/ नेपालको समृद्धि र विकासको लागी कृर्षिमा आश्रित नेपाली समाजलाई परम्परागत कृषि प्रणाली बाट आधुनिक कृर्षि प्रणालीमा लैजानका लागी “हेफर मोडेल” नेपालका लागि उपलब्धीमुलक हुने एक सार्वजनिक कार्यक्रममा वक्ताहरुले जोड दिनुभएको छ ।
नेपालमा हेफर इन्टरनेसनल नेपालले सञ्चालन गरेको मुल्यमा आधारित समूदायको दिगो विकास का लागी आधुनिक रुपमा पशुपंक्षी तथा कृर्षिमा उद्यमशीलता कार्यक्रमको मोडेललाई नेपालको समृद्धि र विकासका लागी उत्कृष्ट मोडेल रुपमा रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ष विष्टले  बताउनु भएको छ । 

साना किसानहरूको पशु मूल्य श्रृंखलामा आधारित उद्यम सवलीकरण   परियाजना ( SLVC-2)  अन्तरगतको दोस्रो चरणको हेफरको परियोजना सुरुवातको घोषणा कार्यक्रममा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले “म निर्वाचित क्षेत्रमा हेफरको कार्यक्रम छ, साना किसानलाई यसले गरेको सहयोग नजिकबाट नियालेको छु,” उहांले भन्न’ भयो, “भोकालाई एक छाक भोजन हैन, जीउने जुक्ति सिकाइदेउ” भन्ने अवधारणाबाट यसले संचालन गरेका कार्यक्रम सफल छन् ।” हेफरले गरेको कार्यक्रमको आयआर्जनमा मात्र नभइ मानव पुँजीको विकास पनि हेफरले उत्कृष्ट कार्यक्रम गरेको बताउदै विष्टले आफ्नो क्षेत्रको मन्त्रालय नभए पनी कृर्षि क्षेत्रको आधुनिकरण, यान्त्रिकरणका लागि आफूले निरन्तर सरकारमा वकालत गर्ने सो अवसरमा प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।

बिश्वबाट गरिबी र भोकमरीको अन्त्य गर्दै स्वच्छ बातावरणमा सभ्यताका साथ एक असल नागरिकका रुपमा जिवन जिउने कलाका लागी समूदायमा आवश्यक ज्ञान, सिप र अनुभवबाट परियोजना सञ्चालन गर्दै आएको हेफरले नेपालमा सञ्चालन गरेका परियोजनाहरु सबै पार्टीका सरकारमा सहभागी मन्त्री देखी सचिवहरुले समेत प्रंशसा गदै आउने गरेका छन ।

दांगको घोराई बनगाउंमा परियोजनाको अध्ययन अनुगमन गदै परियोजनाका बिभिन्न जिल्लाका सहभागीहरु

हेफरले नेपालमा रहेको स्रोत, साधनलाई मध्य नजर गर्दै समूदायको ज्ञान सिप र अनुभवलाई प्रयोग गर्दै कृर्षि तथा पशुपक्षी पालनमा थप उन्नती र आधुनिकीकरण मार्फत नेपालीहरुको जिवन स्तर उकास्ने गरि कार्यक्रम सञ्चालन गर्दे आइरहेको छ ।

खेतीमा मल, बीउ, माटो सुधार गरी उत्पादन बढाउने र परम्परागत गरिआइएको पशुपालनमा बिउ,खाना र बास स्थानमा थप सुधार गर्दै गुणस्तरी र संख्यात्मक रुपमा उत्पादन गर्ने र सो उत्पादनलाई सिधै बजार पु–याउने मोडेलमा हेफरले नेपालमा काम गर्दै आईरहेको छ ।
हेफर आफैले विकास गरेको यो मोडेललाई स्थानीय कृषक, व्यवसायी, स्थानीय तहका सरकारी तथा गैरसरकारी निकाय लगायत नीति निर्माताले पनि सफल मानेर प्रशंसा गर्ने गरेका छन् ।

नेपालको कृर्षिमा व्यवसायीकरण, यान्त्रीकरण, औद्योगिकीकरणको नाराले मात्र कृषि क्षेत्रको विकास नहुने भन्दै कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय का सचिव युवक ध्वज जिसिले नेपालको सन्दर्भमा हेफरको मोडेल उत्कृष्ट रहेको बताउनु भएको छ टिप्पणी गर्नु भएको छ ।
जिसिले “बदलिंदो सन्ददर्भमा नेपालमा कुन मोडेलको कृषि प्रणाली आवश्यक छ भन्ने बुझेरमात्र नीति तथा कार्यक्रम लागू गर्नुपर्ने बेला आएको छ ।
अहिलेसम्मको अभ्यास हेर्दा न त अनुदान बाँडेर मात्र विकास हुन्छ, न त व्यवसायीकरणको नाममा ठूला–ठूला कृषि फार्म स्थापना गरेर मात्र पनि सुधार हुने देखिन्छ । हेफरले अपनाएको जस्तो सफल मोडेल नेपालमा आवश्यक छ ।”

SLVC परियोजनाको दांगको सतबरियामा हेफरका अन्र्तराष्ट्रिय तथा राष्टिय देखी स्थानिय स्तरको परियोजनाको अध्ययन अनुगमन तथा छलफल गर्दै टिम

हेफर इन्टरनेसलनको दोस्रो चरणको साना किसानहरूको पशु मूल्य श्रृंखलामा आधारित उद्यम सवलीकरण परियोजना सुरुवात गर्ने कार्यक्रममा बोल्दै सचिव युवक ध्वज जिसिले साना किसानमुखी कार्यक्रमलाई नै प्राथमिकतामा राखेर मन्त्रालयले कार्यक्रम तय गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । कृर्षिको बजेट ३० अर्वबाट १३ अर्वमा झारिएको भन्दै जिसिले सरकारप्रति असन्तुष्टि व्यक्त गर्नुभएको थियो ।

हेफरले गत वर्ष सकिएको पहिलो चरणको परियोजनाले लक्ष्य भन्दा बढी प्रगति हासिल गरेको जनाएको छ ।  कार्यक्रम संचालनमा रहेका ३१ जिल्लाका २ लाख ५० हजार कृषकको गरिवीको स्तर ७७ प्रतिशतबाट ४८ प्रतिशतमा झरेको हेफरको प्रतिवेदन छ ।
कार्यक्रम लक्षित क्षेत्रमा पाँच वर्षमा बाख्राको उत्पादन ८३ हजार ६ सयबाट १९६ प्रतिशतले बढेर दुई लाख ४८ हजार पुगेको छ भने दुधको उत्पादन एक लाख ३४ हजारबाट बढेर एक लाख ७२ हजार लिटर पुगेको छ ।
सो क्षेत्रको कृषकको वार्षिक आय १ हजार २ सय ६८ डलरबाट ७५ प्रतिशतले बढेर २ हजार २ सय ७० डलर पुगेको छ । यस अवधिमा मुलुकभर बाख्रोको आयात ३० प्रतिशले र दुधको आयात १० प्रशितले कमी भएको तथ्यांक छ ।

हेफरले नेपालमा विभिन्न ३१ जिल्लाका साना किसान आयआर्जन वृद्धिको कार्यक्रम संचालन गरिरहेको छ । “विश्वमै खाद्यान्न आपूर्तिमा साना किसानको योगदान मात्र ५० प्रतिशत भन्दा बढी छ भने नेपाल पनि दुग्ध क्षेत्रमा ९५ प्रतिशत र खशीबोका उत्पादनमा ९७ प्रतिशत हिस्सा साना किसानको छ,” हेफरकी कार्यक्रम संयोजक निना जोशीले भनिन्, “हामी सिधै साना किसानलाई सहयोग गछौं, किसानले उत्पादन गरेको उत्पादनलाई बजारसम्म पुर्याउने च्यानल पनि बनाउँछौं ।” यसो गर्दा किसानको उत्पादन र उत्पादकत्व वृद्धि भएको र आयआर्जनको स्तर बढेको उहांले बताउनु भयो ।

हेफरको कार्यक्रमबाट लाभ लिएको सहकारी संस्था मध्ये एक मिलनसार सामाजिक उद्यमशीलता महिला सहकारीकी संचालन कमला भण्डारीले आफूहरू साना किसानको संस्था भएर पनि घरघरमा आधुनिक बाख्रा पालन गरेर आम्दानी गर्न सफल भएको जानकारी दिनु भएको थियो ।

“५८२ सदस्यले नै घरघरमा बाख्रा पालेका छौं, उत्पादित जमुनापारी बाख्राको विक्रीको जिम्मा सहकारीले लिएको छ,” उहांले भन्नु भयो :” हरेक सदस्यले कम्तिमा पाँच वटा माउ बाख्रा अनिवार्य पाल्ने गरेको र उत्पादित बाख्राका मासिक चेकजाँच र विक्री अगाडी स्वास्थ्य परिक्षण गरिएको छ ।

बाग्लुङका मासु व्यवसायी लोकेन्द्र केसीले यस्तै महिला सहकारीले उत्पादन गरेको बाख्राको वार्षिक सम्झौता गरेर विक्री वितरण गर्ने गरको बताउनु भयो  ।

संस्थाले ओभरहेड खर्च कुल बजेटको ११ प्रतिशत मात्र खर्च गरेर बाँकी सबै कृषकको हितमा खर्च गर्ने गरेको हेफर इन्टरनेसनलका नेपालका प्रमुख डा. शुभनारायण महतोले जानकारी दिनु भयो ।

दांगको घोराईमा परियोजनाको मुख्य आधार रहेको हेफरको आधारशिला तालीम सञ्चालन गर्देको अवस्था