नेपालको दोस्रो ठूलो भैरहवा भन्सारबाट कर्मचारीकै सेटिङमा राजश्व चुहावट ! राजश्व अनुसन्धान कार्यालय द्वारा लाखौं रुपैया भन्सार छली गरेको आशंकामा दुई वटा ट्रक नियन्त्रणमा 

१ जेष्ठ बुटवल/ अर्थमन्त्री डाक्टर युवराज खतिवडाले नेपालका भन्सार कार्यालयहरुमा राजश्व चुहावट पूणरुपमा रोकी भ्रष्ट कर्मचारीहरुलाई सुधरिन चेतावनी दिएको केही समय नबित्दै कर्मचारीहरुकै मिलेमतो आशंकामा भैरहवा भन्सार कार्यालय क्षेत्रमा राजश्व चुहावटको एक घटना सार्वजनीक भएको छ ।

रुपन्देही जिल्लाको सिदार्थ नगरपालीकाको वडा नम्वर १ वेलहीया नाकामा पर्ने नेपाल–भारत सिमावर्ती क्षेत्र  रहेको भैरहवा भन्सार कार्यालयबाट पास भएर काठमाडौं जाँदै गरेका २ वटा ट्रक ना.७ ख ९३२८ र ना.५ ख ७३८३ मा १/१ एक्साभेटर र १/१ वटा ह्यामर {ब्रेकर} लोड गरिएको अवस्थामा पश्चिमाञ्चल क्षेत्रीय राजश्व अनुसन्धान कार्यालयले  ति २ वटै ट्रक नियन्त्रणमा लिएर प्ररारम्भीक अनुसन्धान गरेको छ ।

भारतबाट आयात गरिएको देखाईएका ति मेशिनरी सामान भैरहवाबाट काठमाडौं जाँदै गर्दा सोमबार पश्चिमाञ्चल क्षेत्रीय राजश्व अनुसन्धान कार्यालयले नवलपरासीको दाउन्नेबाट नियन्त्रणमा लिइ थप अनुसन्धानका लागि क्षेत्रीय कार्यालय बुटवल ल्याइएको पश्चिमाञ्चल क्षेत्रीय राजश्व अनुन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत नरेन्द्रराज पाण्डेले जानकारी दिनु भएको छ ।

पाण्डेका अनुसार ना.७ ख ९३२८ र ना.५ ख ७३८३ नम्बरका दुईवटा एक्साभेटरको प्रज्ञापन पत्र भए पनि ति प्रज्ञापन पत्र सहित  भन्सार छलीको आशंकामा नियन्त्रणमा लिएर छानबीन गर्दा अन्य २ वटा ह्यामरको भने प्रज्ञापन पत्र छैन अर्थात भन्सार शुल्क काटेकै छैन ।

ह्यामरको भ्याट बिल भने काटिएको बनाईएको छ त्यो पनि नक्कली रहेको आशंका गरिएको छ । एकचोटी भन्सार पास गरिएको सामानमा एउटाको प्रज्ञापन हुनु र अर्कोको नभएकाले नियन्त्रणमा लिएर सम्वन्धीत निकायबाट नियन्त्रणमा लिएर अनुसन्धान अगाढी बढाईएको जनाइएको छ ।
भन्सार कर्मचारी र भन्सार एजेन्टको मिलेमतोमा ह्यामर भन्सार छलेर ल्याइएको आशंका गरिएको छ । भन्सार कर्मचारी र भन्सार एजेन्टको मिलेमतोमा उक्त ह्यामर भन्सार छली गरी ल्याईएको हो।

एउटा ह्यामरको भन्सार मूल्य १७ लाख बढी छ। यसरी दुई ह्यामरको मूल्य ३४ लाख हुन आउँछ। ट्रकमा लोड गरिएका ह्यामर बतास ट्याक्टर प्रा.लि. गौरीधारा काठमाडौंको भ्याट नम्बर ३०४००६८७७ बाट वैशाख २४ गतेको मितिमा काटिएको छ। काटिएको बिलमा सिरियल नम्बर नभएको र फोटोकपी गरिएको छ। त्यसैले भ्याट बिलमा पनि आशंका रहेको छ ।

भ्याट बिलमा एउटा ह्यामर कार्की रोड्स ढुंगा उद्योग प्रालि बनेपाका नाममा काटिएको छ भने अर्को ह्यामरको भ्याट बिल हङपाङ निर्माण सेवा प्रालि कैलाली, अत्तेरिया त्रिवेणीका नाममा काटिएको छ।

बतास कम्पनीले ह्यामर १३ प्रतिशत भ्याट सहित २० लाखमा बिक्री गरेको देखाएको छ। जुन बजार मुल्य भन्दा निकै कम रहेको छ । पूर्वरपश्चिमका दुई वटा अलग–अलग कम्पनीका नाममा भ्याट बिल काटेर सामान काठमाडौंतिर लैजानु भन्सार छलीसँगै नक्कली भ्याट बिल प्रयोग गरिएको हुनसक्ने राजश्व कार्यालयले जनाएको छ।

स्रोतका अनुसार खरिदार कम्पनी कार्की रोड्स ढुंगा उद्योग प्रालि र हङपाङ निर्माण सेवा प्रालिले वैशाख २४ गते नै बतास कम्पनीबाट एकरएक ओटा ह्यामर खरिद गरेका थिए। तर, विक्रेता कम्पनीले तिनै भ्याट बिललाई फोटोकपी गरी आइतबार भन्सार छलेर ल्याईएका ह्यामरको बिल भनी प्रयोग गरेका थिए।

भन्सार पास भएका दुई वटा एक्साभेटरको प्रज्ञापन पत्रमा हस्ताक्षर गर्ने भन्सार अधिकृतको नाम गोप्य राखिएको छ। एजेन्टको तर्फबाट भने मधुप्रसाद पन्थीको हस्ताक्षर छ। एजेन्ट पन्थीले लामो समयदेखि बतास ट्याक्टर प्रालिको मालसामान भन्सार पास गराउँदै आएका छन्।

यसरी विना प्रज्ञापन पत्र सामान भन्सार पास गराउन एजेन्ट पन्थीलाई भैरहवाका मुक्तर अली पठानले सहयोगीको रुपमा सघाउँदै आएका छन् । पठानले बसात कम्पनीको सामान लोडरअनलोड र सम्बन्धित ठाउँमा पुर्या उन सहयोग समेत गर्दै आएका छन्।

बतास कम्पनीका सञ्चालक देवेन्द्र श्रेष्ठले भन्सारमा सेटिङ मिलाई एजेन्ट पन्थी र पठान मार्फत् काम गर्दै आएको स्रोतको भनाई छ । एक कर्मचारीका अनुसार उनीहरुले यसरी लामो समयदेखि ह्यामरको भन्सार छली गर्दै आएका छन् ।

ह्यामर आयात प्रक्रियाबारे बुझ्दा संचालक श्रेष्ठ र भन्सार एजेन्ट पन्थी र उनका सहयोगी पठानबीचको कुरा बाँझिएको छ । श्रेष्ठले ह्यामर पुरानो खरिद गरेको, भन्सारले लिलामी निकालेर खरिद गरेको र स्टक भएकाले भ्याट बिल काटेर काठमाडौं ल्याउन लागेको प्रत्येक पटक फरक–फरक प्रतिक्रिया दिए ।
एजेन्ट पन्थीले भने पहिला नै आयात भएको भन्दै स्टक भएको दावी गरे । भैरहवा भन्सार कार्यालयले भने ह्यामरको लिलामी ननिकालेको बताएको छ।

उक्त घटनाका सम्वन्धमा बुझन भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत भुपाल राज शाक्यलाई कार्यालयको अनलाईनमा हटलाईन भनी राखीएको टेलीफोन नम्बर ०७१–४१८००३ मा बारम्बार सम्पर्क गर्दा पनि टेलीफोन नै उठेन ।

लुम्विनी अञ्चलको रुपन्देही जिल्लामा रहेकोे भैरहवा भन्सार कार्यालय रुपन्देही र नवलपरासी दुई जिल्ला कार्यक्षेत्ररहेको छ । राजस्व सङकलनका क्षेत्ररले नेपालको दोस्रो ठूलो भन्सार कार्यालयको रुपमा रहेको छ ।
यस भन्सार कार्यालय अन्तर्गत १२ वटा छोटी भन्सार कार्यालय रहेकोमा हाल सम्म पनि ७ वटा छोटी भन्सार कार्यालयहरु मात्र सञ्चालनमा रहेका छन् ।

पर्यटन आगमनका हिसावले समेत महत्वपूर्ण रहेको यो भन्सार कार्यालय त्रिभुवन विमानस्थल भन्सार कार्यालय पछिको ठूलो पर्यटकीय प्रवेशद्धारको रुपमा समेत रहेको छ । यस भन्सार कार्यालयको मुख्य रुपमा चार पाङग्रे सवारी साधनहरु जीप, कार भ्यान, मोटरसाइकल, विलेट्स, मार्वल, टायल्स, पेट्रोलियम पदार्थ, क्लिङकर लगायतका बस्तुहरु पैठारी हुने गरेकाछन् ।

निकासी तर्फ मुख्या रुपमा सेन्थेटिक यार्न, पिना, चोकर , फापर, कोदो, जडिवुट्टी र अन्य खाधान्न वस्तु निकासी हुने गरेका छन् ।

आयातको तथ्या‌ङ्कलाई हेर्दा झण्डै ९८ प्रतिशत भारतीय वस्तुको आयात रहेकोछ भने २ प्रतिशतको हाराहारीमा तेश्रो मुलुकका वस्तुहरु आयात हुने गरेकाछन् । कुल व्यापार मध्ये करिव ९४ प्रतिशत आयातको अशु र ६ प्रतिशत निकासीको अशप रहेको छ ।