नेपालगञ्जको सल्यानी बंगलामा बालबाटीका वा सटर बनाउने बिषयमा विवाद : आर्थिक बर्षको अन्तमा सुरु गरिने परियोजनाको कडाईका साथ अनुगमन गरिने मेयरको भनाई

नेपालगञ्ज – ४, सल्यानी बंगलामा उत्पन्न विवाद उत्पन्न भएको जग्गाको तस्विर

१२ जेठ, नेपालगञ्ज/  नेपालगञ्ज उप महानगरपालीकाको वडा नम्बर ४ सल्यानी बंगला स्थित मुख्य बजार क्षेत्रको सडक छेउमा बालबाटीका बनाउने कि वडाको मुख्य आम्दानी मध्यको एक प्रमुख स्रोतको रुपमा सटरहरु निर्माण गर्ने बिषयमा विवाद सुरु भएको छ ।

नेपालगञ्जमा सडक,बत्ती शुद्ध खाने पानी र शौचालय सुविधाबाट आहत महसुस गरिरहेका बेला केन्द्रिय सरकारले यस अघि गरेको पहलको आधारमा बैदेशिक अनुदान तथा ऋणमा नेपालगञ्ज शहरका बाटा र ढल निकासको निर्माण काम भइरहेको अवस्थामा सल्यानी बंगलामा रहेको खाली जग्गामा उप महानगरपालीकाले बालबाटीका बनाउन प्रक्रिया सुरु गरेपछी स्थानिय बासिन्दा बिरोधमा उत्रिएका हुन ।

वडा कार्यालयलाई आर्थिक रुपमा आत्म निर्भर बनाउन मुख्य ठाउंमा सटरहरु बनाएर भाडामा दिएमा आम्दानी बढाएमा वडाको अन्यत्रको विकास गर्न सकिने भएकाले त्यस बजारको मुख्य क्षेत्रमा सटरहरु निर्माण गर्न र बालबाटीका अन्यत्र ठाउंमा बनाउन स्थानिय बासिन्दाहरुले नगरपालीकामा लिखित अनुरोध समेत गरेको बताएका छन ।

नेपालगञ्ज उप–महानगरपालीकाका प्रमुख लगायतको टोलीले स्थानिय बासिन्दा तथा माओबादी र एमालेको एकताबाट बनेको नेपाल कम्युनिष्ट पाटीका तर्फबाट पार्टी प्रतिनिधि तथा पूर्व वडा अध्यक्ष सूर्य गुरुंग, नेपालगञ्ज नगर विकास समितिका गोपाल पुन लगायतका ब्यक्तीहरु नगर प्रमुख धवल शम्शेर राणालाई भेटेर लिखित जानकारी सहित अनुरोध गरिएको सूर्य गुरुंगले बताउनु भएको छ ।

स्थानिय निकायलाई आर्थिकरुपमा आत्क निर्भरकोलागी सम्भाब्य स्रोत र साधनको अधिकतम परिचालन गरि आत्म निर्भरको बाटो खोज्नुपर्नेमा नगर प्रमुख पुरानै सोच र तरिकाबाट चलेकाले सचेत गराइएको र जनभावना बिपतिर निश्चित कार्यकर्ताको स्वार्थका लागी जबरजस्ती गरेमा प्रतिकार गरिने नगर बिकास समितिका अध्यक्षमा पूर्व माओबादीका अध्यक्ष गोपाल पुनले बताउनु भयो ।

बालबाटीका बनाउन सहयोग र साथ रहेको तर वडाको मुख्य आम्दानी हुने बजार क्षेत्रमा करिब २ दर्जन सटर निर्माण गर्न सकिने जसबाट मासिक लाखौं रुपैया आम्दानी गर्न सकिने भएकाले उक्त सल्यानी बंगलाको क्षेत्रमा सटर बनाउनुपर्ने माग राख्दै आएको बताएका छन ।

नगर बिकास समितिका अध्यक्ष एवम पूर्व माओबादीका नगर अध्यक्ष गोपाल पुनले जनभावना र स्थानिय आवश्यक्ता बमोजिम भौतीक संरचना निर्माण गर्नुपर्नेमा नगर पमुखले पुराना सोच अनुसार र जबरजस्ती गरे त्यसको परिणाम राम्रो नहुने समेत मेयरलाई जानकारी गराइएको बताउनु भएको छ ।

सल्यानी बंगलामा जबरजस्ती बालबाटीका बनाउनै पर्ने नगर प्रमुखको बढी चासो किन भन्ने बिषयमा पनि खोजी गर्नुपर्ने पुनले बताउनु भयो ।

नेपालगञ्ज उप महानगरपालीकाका २३ वटा वडामा सबै भन्दा बढी पैसा वडा नम्बर ४ मा बिभिन्न ३० वटा शिर्षकमा छुटयाइएको छ । नगरको गत बर्ष पहिलो पटक बसेको परिषदले ९६ लाख ९० हजार १सय ३१ रुपैया बजेर पारेको थियो ।
हाल बिवादका आएको बालबाटीकाको परियोजना र बजेर नगर परिषदबाट स्वीकृत भएको छैन तर वडा स्तरबाट सचिवले आयोजना छनौट गर्दा बिभिन्न् २४ वटा आयोजना सहित उक्त जग्गा कब्जा हुनसक्ने भएकाले रु १० लाखमा बालबाटीका निर्माण गर्न सकिने गरि सिफारिस गरेर पठाएका थिए ।

सोही आधारमा नगर प्रमुखले आपना पार्टीका केही कार्यकर्ताहरुको अनुकलता हुने गरि उपभोक्ता समिती गठन गरि बाटबाटीका निर्माणमा मेयर धवल शमशेर राणा जबरजस्ती अगाढी बढेको पूर्व वडा अध्यक्ष सूर्य गुरुगंको भनाईरहेको छ ।
नेपालगञ्ज उप महानगरपालीकाका मेयर धवल शमशेर राणाले यस अघि नै उक्त ठाउंमा ५० वटा नगरपालीकाको सटर रहेकाले प्राकृतिक बिपत्तीको अवस्थामा स्थानिय बासिन्दाको समेत ख्याल गर्दै बालबाटीका निर्माण गर्ने वडाबाट सिफारिस भएकाले उक्त बिषयमा आफुले सहमती जनाएको बताउनु भयो ।

आर्थिक बर्ष सकिन लागेको समयमा ठुला आयोजना जसरी पनी सम्पन्न गरेर रकम फर्चेवटको नाममा विकास निर्माणमा लापरबाही गर्न नदिने प्रमुख डाक्टर धवल शम्शेर राणाले बताउनु भएको छ ।

उप महानगरपालकिाको गत बर्षको परिषद ढिलो गरि बसेको बैठकले बिभिन्न ६सय ६३ वटा आयोजनामा १७ करोड ७१ लाख १ हजार ७ सय ६१ रुपैयाको बजेट स्विकृत गरेको थियो । आर्थिक बर्ष सकिनु १ महिना मात्र बांकी रहदा हतार हतारमा काम गरेको जस्तो गरेर गुणस्तरिय काम नगरि बजेटमा चकमा हुन सक्ने अवस्था रहेको छ ।

नेपालगञ्ज उप महानगरपालीका वडा नम्बर ४ मा आर्थिक बर्ष २०७४/७५ मा नगर परिषदबाट स्वीकृत आयोजना र बजेट (यहि असार मसान्त भित्र सम्पन्न गर्नुपर्ने)

  1. समपुरक कोष रु १ लाख ।
  2. विपन्न तथा महिलाहरुलाई च्याउ खेती,डल,कुसन तालिम २ लाख ।
  3. बालबालिका लागी खेलकुद तालीम ४० हजार १ सय ३१ रुपैया ।
  4. कार्यालय ब्यवस्थापन २ लाख रुपैया ।
  5. फर्निचर तथा फर्निसिड. १ लाख रपैया ।
  6. मेशिनरी औजार १ लाख रुपैया ।
  7. बिपत ब्यवस्थापन १ लाख ।
  8. तारा थपलीयाको घर देखी गणेश बस्नेतको घरसम्म पिसिसि ५० हजार ।
  9. अधिकारी निवास देखी पूर्व दुर्गा कोरीको घर सम्म पिसिसि ३ लाख ।
  10. सज्जन सल्मानीको घर देखी असलम हल्वाईको को घर सम्म इटटा सोलींग १ लाख ।
  11. दिनेश बाबाको घर देखी अनवर हल्वाईको घर सम्म नाला र पिसिसि ढलान ३ लाख ।
  12. रमजान हलवाईको घर देखी बाबु कहारको घर सम्म पिसिसि ढलान ३ लाख ।
  13. मेराज कवडीयाको घर देखी भित्र पटटी १ सय ५० मिटर बाटो माटो पटान र ग्राभेल ३ लाख ।
  14. गोमती कोरीको घर देखी जयपत्रा कोरीको घर सम्म एक तर्फ नाली आरसिसि निर्माण १ लाख ।
  15. बाबु सिह सिजापतीको घर देखी प्रदिप पटनायकको घर सम्म नाली र आसिसि १ लाख ५० हजार ।
  16. प्रगति टोल पिपल चौतारा निर्माण ७ हजार ।
  17. सुरज मियाको घर देखी होमजंग शाहीको घर अगाढी सतह मिलाउने ३० हजार ।
  18. सुदिप खडकाको घर देखी पश्चिम ग्राभेल र नाला निर्माण ५ लाख ।
  19. सडक मर्मत तथा सम्भार ८ लाख ।
  20. नयां धारा जडान २ लाख रुपैया ।
  21. नयां बत्ती जडान ५ लाख ।
  22. बाबाइद्रिसकको घर देखी ज्ञवालीको घर सम्म रपहल शाहीको घर देखी नहकुल बुढाको घर सम्म माटो पटान र ग्राभेल रु ५ लाख रुपैया ।
  23. तारा रोकायको घर देखी सुरेश के.सीिको घर सम्म बाटो ग्राभेल र नाली निर्माण रु ५ लाख ।
  24. ईसाहक सल्मानीको घर देखी मोबीन बेहनाको घर सम्म नाला निमाृण ५ लाख ।
  25. माधव आर्चायको घर देखी राज कुमार थापाको हुदै मिना घर्तिको घर सम्म पिसिसि निर्माण रु ५ लाख रुपैया ।
  26. राम बहादुर क्षेत्रीको घर देखी मधुसुदन योगीको घर सम्म माओपटान र ग्राभेल ५ लाख ।
  27. सल्यानी बंगलामा सार्वजनिक शौचालय निर्माण रु ५ लाख ।
  28. तन्नु पटकहरुको घर देखी कुमालहरुको पुरानो कुवा सम्म सडक पिसिसि र नाला निर्माण रु. ५ लाख रुपैया ।
  29. पिपल चौतारा देखी उत्तर सरकारी धारा र पूर्व उत्तर तुलाराम सापकोटा घर सम्म ६ मिटर बाटो र धारा निर्माण रु ५ लाख ।
  30. राजेशको मिल देखी अकरम सिद्धिकी को घर सम्म पिसिसि ढलान रनाली निर्माण रु ५ लाख