हाम्रो संरचना सोमवार, मंसिर २३, २०७६ 476 Views

१४ जेठ,नेपालगञ्ज/ बाँकेको खजुरा गाउँपालिका वडा नम्वर ३, डिगाउँ स्थित खेलमैदानमा यहि जेठ २१ देखि २८ गतेसम्म तेस्रो नेपालगञ्ज गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ। प्रतियोगितामा नेपाल र भारतका गरि ८ वटा टिमले सहभागिता रहने छ।

नेपालगञ्ज गोल्ड कप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले जानकारी दिनु भएको छ ।

शाहीले नेपालका ए डिभिजनका फुटबल टिमले समेत प्रतिस्पर्धा गर्ने छन जसमा आयोजकको तर्फबाट नेपालगन्ज–११ समेत रुपन्देही–११, एपिएफ क्लव, सुदूरपश्चिम–११, संकटा क्लव, च्यासल फुटबल क्लव, त्रिभुवन आर्मी क्लव र भारतको पञ्जाव क्लवले सहभागिता जनाउने पत्रकार सम्मेलन गरि आयोजकहरुले बताएका छन्।

आयोजकका अनुसार ‘अहिलेसम्म ८ वटा टिमले प्रतिस्पर्धा गर्ने पक्का भएको छ । प्रतियोगिता बांकेको नगर उन्मुख खजुरा गाउँपालिकाको वडा नम्बर ३ स्थित डिगाउँमा रहेको खेलमैदानमा हुने भएको छ ।  आठौँ राष्ट्रिय प्रतियोगिताका लागि नेपालगञ्ज रंगशाला पुनर्निर्माणको काम भइरहेकोले खजुरामा प्रतियोगिता गर्न लागिएको आयोजकले जनाएको छ ।

रङ्गशालाको विकल्प खोज्ने क्रममा खजुरास्थित डिगाउँको खेलमैदान सवैभन्दा उपयुक्त देखियो,’ उनले भने। प्रतियोगितामा प्रथम हुने टिमले ५ लाख नगद, ट्रफी र मेडल पाउने छ । भने दोस्रो हुने टिमले २ लाख ५० हजार र म्यान अफ द म्याच हुने खेलाडीलाई मोटरसाइकल प्रदान गरिने आयोजकले जनाएको छ। विगत दुई बर्ष अघिदेखि संचालन भएको नेपालगञ्ज गोल्ड कप प्रतियोगिता अन्तरगत पहिलो वर्षको उपाधी सुदूरपश्चिम–११ र दोस्रो वर्षको उपाधी रुपन्देही–११ ले जितेको थियो।