नेपालगञ्जमा छिटो काम गर्ने लिखित सहमतीमा २ ठेकेदार छुटे, थप ३ जनालाई हाजीर हुन पत्राचार, ठुला ठेकेदार कार्बाही प्रक्रिया बाहिर

बांकेको खजुरा गाउंपालीकाको रनियापुरमा बनाईएको गा्रभेल सडक जुन कमसल सामाग्रीको प्रयोग भएको छ । फोटो : सभासद आई.पी.खरेल

१५ जेठ, नेपालगञ्ज/ ठेक्का सम्झौता प्रक्रिया बमोजिम काम नगरेर लापरबाही पूण तरिकाले काम गर्ने गरेका ठेकेदारहरुलाई कानुन बमोजिम कार्बाही गरी निर्माण क्षेत्रमा चुस्त दुरुस्त गर्न गराउन केन्द्र सरकारले स्थानिय सरकारहरुलाई निर्देशन गरे लगत्तै बांके जिल्लामा पनि ४ जना ठेकेदारहरुलाई जिल्ला प्रशासन कार्यालय बांकेको समन्वयमा सुरु कार्बाही प्रक्रिया अगाढी बढाएको छ ।

नेपालगञ्ज उपमहानगरपालीका वडा नम्बर १३ स्थित बुलबुलीय चौक देखी उदयपुर जाने बाटो र नाली बनाउन ठेक्का लिएको नेपालगञ्जको राज विल्डर्सका प्रोपराइटर राम आश्रम यादबलाई नेपालगञ्ज उप महानगरपालीकाले स्थानिय प्रहरी र जिल्ला प्रशासनको समन्वयमा सुरु कार्बाही गरेको हो ।

ठेकेदार यादबलाई जिल्ला प्रशासन कार्यालयमा प्रहरी माफृत हाजीर गराएर तुरुन्तै काम सम्पन्न गर्ने गरि लिखित कागज गराएर छोडिएको छ । यादबले काम लिदा नेपालगञ्ज उप महानगरपालीकाका ततकालनि जिम्मेवार ब्यक्ती रहेका केही ब्यक्तीलाई कमिशन बाडनु परेकाले आफु घाटामा गई पैसा अभावले काम गर्न ढिलाई हुन गएको आफन्तहरुसंग गुनासो गर्ने गरेको स्रोतले बताएको छ ।

बुलबुलीय चौक देखी उदयपुर जाने बाटोको निर्माणका लागी ठेक्का लिएर अवधी पार गरेको करीब १ बर्ष बिति सकेको छ । निर्माण ढिलाई गर्ने र कमिशन खाएका कर्मचारीहरुको सहयोगमा निर्माण सामाग्रीमा मुल्य बृद्धि भएको देखाउदै थप बजेट माग गर्ने आधार बनाउन निर्माण समयमा नगर्ने गरेकोले निर्माणमा लापरबाही गर्ने ठेकेदारलाई नेपाल सरकारले कार्बाही गर्ने रणनिति अख्तियारअबलम्बन गरेको छ ।
त्यसैगरी बांकेको नेपालगञ्ज–बगौढा जोडने हुलाकी राजमार्गमा पर्ने राप्ती पुल पारी पुल निर्माणको ठेक्का पाएको भैरव–अरविन्द जेभी नेपालगञ्ज र गजुरमुखी निर्माण कम्पनी प्रालिका निर्माण व्यवसायी नेपालगञ्ज खजुरा रोड निवासी भरत शाहलाई पनि ठेक्का सम्झोता बमोजीम काम नगरेकोमा ठेक्का सहमती बमोजिम गर्न र आइन्दा लापरबाही गरेमा सरकारी स्रोत र साधनको क्षती पु–याउने मनसाय सहितको करार ऐन समेत उलघंनमा लगायतको प्रक्रिया बमोजिम कार्बाही भोग्ने लिखित कागज गराएर जिल्ला प्शासन मार्फत छेडिएको छ ।
सडक तथा नाली निर्माण जिम्मा लिएर समयमा नगर्ने थप ३ जना ठेकेदारहरुलाई पक्राउ गरि जिल्ला प्रशासन कार्यालय बांके मार्फत सुरु कार्बाही प्रक्रिया अगाढी बढाउन मातहतलाई निर्देशन दिइएको नेपालगञ्ज उप महानगरपालकिाका प्रशासकिय अधिकृत हरि प्याकुरेलले जानकारी दिनुभउको छ । ति ब्यक्तीहरु पक्राउ नपरेकाले नाम उल्लेख गरिएको छैन ।

नेपाल सरकारले निर्माणमा ठेक्का लिने र ढिला सुस्ती गरेर निर्माण लागत बृद्धि लगायत समयर्मै निर्माण नहुदा विकासमा बाधा पुग्न गएको भन्दै निर्माण क्षेत्रमा हुने गरेका चरम लापरबाही रोक्न गैर जिम्मेवार ठेकेदारहरुलाई कार्बाहीको दायरामा ल्याउन मातहतलाई निर्देशन दिएको छ ।

सम्वन्धीत मन्त्रालय भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव देखी डिजी सम्म चुप बसेर गृह मन्त्रालय मात्र तातेको छ भने ठुला ठेकेदार भनीएका नेपालगञ्जको हकमा सुर्खेत रोडको ठेक्का लिएर अस्तब्यस्त छोडेको पप्पु कन्ट्रक्सनका हरि नारायण रौनियार, सिक्टामा ठेक्का लिएर बर्षेनी कचनापुर क्षेत्र ढुबानमा पार्ने गरि कमसल नहर निर्माण गर्ने बिभिन्न केही ठुला ठेकेदारहरु, नारायणघाट –मुग्लीन सडक निर्माण गर्ने जिम्मा लिएको कम्पनी देखी बिगत १५ बर्ष देखी अल्झीएको मेलम्ची खाने पानी आयोजनामा काम गर्ने ठेकेदारहरु भने कार्बाही प्रक्रियामा नआउनुले सानालाई तर्साएर ठुलाबाट असुली गर्ने माध्यम त बन्ने होइन सम्वन्धीत क्षेत्रले कानुन बमोजिम गर्न ठेकेदारहरुले सरकार समक्ष अनुरोध समेत गरेका छन ।

विकास निर्माणमा लापरबाही सहय हुदैन: सभासद खरेल

प्रदेश नम्बर ५ का सभासद आईपी खरेलले सोमबार बाँके जिल्लाको क्षेत्र नम्बर ३ अन्र्तगत पर्ने खजुरा र बैजनाथ गाउँपालिकाका बिभिन्न योजनाहरु अनुगमन गरेका छन् । तटबन्ध र बाटो निर्माणको कामको अनुगमन गर्दै प्रदेश सभासद खरेलले स्थानीय बासिन्दाहरुसंग विकास निर्माणका कामका बिषयमा छलफल समेत गरेका छन् ।
सभासद खरेलले खजुरा गाउँपालिका अन्र्तगत रनियापुरमा निर्माण भएको सडकको अवस्थाका बिषयमा जानकारी लिए । उक्त सडक निर्माणको कार्य सन्तोषजनक नभएको जनगुनासो पाईएपछि अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा बाटोमा ग्राभेल नाम मात्रको पाइएको छ । सभासद खरेलले यस बिषयमा सरोकारवाला निकायको ध्यानार्कषण गराउने बताए । यसैगरी बैजनाथ गाउँपालिकाको बिभिन्न स्थानमा बन्दै गरेको तटबन्धको अनुगमन गर्दै खरेलले कामहरु सन्तोषजनक पाइएको जानकारी दिनु भएको छ ।