वायु संचालक संघले मंगलबार देखी आन्तरिक उडान तर्फको भाडामा वृद्धि

२१ जेठ,नेपालगञ्ज/ नेपाल आयल निगमले इन्धनको मूल्य बढाएसंगै हवाई भाडामा समेत वृद्धि भएको छ । वायु संचालक संघले मंगलबार देखी लागु हुने गरी आन्तरिक उडान तर्फको भाडामा वृद्धि गर्ने जनाएको छ ।

निगमले हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ मूल्य वृद्धि गरेपछि संघले पनि भाडामा वृद्धि गरेको जनाएको छ । नयाँ भाडा अनुसार मंगलबार देखी नेपालगञ्ज काठमाडौंको भाडा १ सय ६५ रुपैयाँ बढ्ने भएको छ भने पोखराको भाडामा ८० रुपैयाँ थप इन्धन शुल्क लाग्नेछ भने भैरहवासम्मको भाडामा १ सय रुपैयाँ वृद्धि हुनेछ ।  इन्धनको मूल्य बढेसंगै एक सय रुपैयाँ भाडा वृद्धि गरिएको छ ।

बुुद्ध एयरको अहिले नेपालगञ्ज देखी काठमाडौं सम्म दैनिक ३ वटा र भरतपुरदेखी काठमाडौं सम्म दैनिक ५ वटा सम्म उडान हुने गरेको छ भने भरतपुरबाट पोखरा तर्फ एउटा मात्र उडान हुने गरेको छ ।

भरतपुरमा बुद्ध एयर, सिम्रिक एयर र यती एयरले उडान भर्दै आईरहेका छन् । यस्तै नयाँ भाडादरअनुसार काठमाडौं धनगढीको भाडा अब १२ हजार ८ सय ७० पुगेको छ । त्यस्तै माउन्टेन फ्लाइटको भाडा अब ११ हजार ४ सय ७० कायम भएको छ ।

नेपालगञ्ज देखी काठमाण्डौं सम्मको भाडा ५२०० तोकिएको छ । तर केही बायु सेवा कम्पनीहरुले भने भाडा दर केही बढी लिने गरेका पनी छन ।