नेपालगञ्ज भन्सार कार्यालयको प्रज्ञापन पत्र तथा नक्कली बिल सहित लाखौं रुपैयाको दुध बोकेको ट्रक कंलकीमा पक्राउ, मन्त्रालयबाट छानबीन सुरु,भन्सार प्रमुखलाई मन्त्रालयमा लाइन हाजीर

 भन्सारमा केही ब्यक्तीहरुको मिलेमतोको आशंका, भन्सारको सिसि क्यामेरा बन्द 

६ असार, नेपालगञ्ज/  बिगत लामो समय देखी नेपालगञ्ज भन्सार कार्यालयको नामको नक्कली प्रज्ञापन पत्र बनाएर करोडौं मुल्य पर्ने बिभिन्न समान अयात गदै आएका २ जना ब्यापारीको समान काठमाण्डौंको कंलकीमा पक्राउ परेको छ ।
काठमाण्डौं निवासी बीरेन्द्र गुप्ता र बिहारी भन्ने उनका सहयोगी मिलेर बिगत ८ महिना देखी नेपालगञ्जको न्यूरोडमा रहेको कलपत्रु होटलमा बसेर बिभिन्न ब्यक्ती तथा फर्महरुको सामानहरुको बिल तथा प्रज्ञापन पत्र नक्कली बनाएर भन्सार पास गराई समान सप्लाई गर्ने क्रममा गत बिहिबार काठमाण्डौंको कंलकीमा पाउडर दुध बोेकेको ट्रक पक्राउ परेपछी उक्त नक्कली प्रज्ञापन पत्र बनाएर समान आयात गर्ने गिरोहको पर्दाफास भएको छ ।

पाउडर दुध आयात गर्दा प्रती केजी भारु २५० रुपैया परल मुल्य कायम गरि त्यसको भ्याट, अन्तशुल्क तथा भन्सार महसुल गरि ४८ प्रतिशत कर तिर्नुपर्ने कानुनी ब्यवस्था रहेको छ ।

उक्त दुध आयात भएको घटनामा नेपालगञ्ज भन्सार कार्यालयको नाममा रहेकोे नक्कली पज्ञापन पत्र नम्बर बाट करीब ४ लाख रुपैया भन्सार तिरेको देखाएर काठमाण्डौ छिर्नै लाग्दा कंलकी स्थित २ नम्बर आन्तरिक राजश्व कार्यालयका प्रमुख जगदिश्वर उपाध्याय को समूहले छानबीन गर्ने क्रममा उक्त दुध बोकेको ट्रक नक्कली प्रज्ञापन पत्र बनाएर समान सप्लाई गर्ने गरेको पत्ता लागेको हो ।

नक्कली भन्सार कागज बनाएर दुध बोकेको ट्रक कलंकीमा पक्राउ परेपछी उक्त ट्रकमा रहेको समानका मालीक बीरेन्द्र गुप्ता र उनका सहयोगी बिहारी भन्ने ब्यक्तीले ट्रक छुटाउन १ सानो जिप र ८ लाख रुपैयाको अफर गरेको तर नमानेपछी उक्त ट्रक सहित घटनाको मन्त्रालयबाट छानबीन भइरहेको छ । हाल अभियुक्त ब्यक्तीहरु भने भारत तर्फ भागेको स्रोतले बताएको छ ।

नेपालगञ्ज भन्सार कार्यालयबाट पटक–पटक भन्सार राजश्व हानी हुने गरि बिभिन्न किसिमले तस्करीको समान भन्सार गेटबाटै आयात भैइरहेको बिषयमा अर्थ मन्त्रालयका सह–सचिव झक्क प्रशाद आर्चायले नेपालगञ्ज भन्सार कार्यालयमा आएर प्ररारम्भीक छानबीन गरि काठमाण्डौ फर्किनु भएको छ ।

छानबीनको क्रममा नेपालगञ्ज भन्सार कार्यालय हुदै काठमाण्डौ लागेको दिल्ली–काठमाण्डौं रुटका बसबाट भन्सार नतिरेका लाखौंका समान दांगको इमलीया र काठमाण्डौंको कंलकीमा पक्राउ परेको र पछील्लो पटक नेपालगञ्ज भन्सार कार्यालयको पज्ञापन पत्र नै नक्कली बनाएर समाप पास गर्ने गरेको बिषयमा मन्त्रालयले छानबीन गरिरहेको बताएको छ ।
छानबनि गर्ने क्रममा नेपालगञ्ज भन्सार कार्यालयका केही दलाल र कर्मचारीहरुको मिलेमतो हुन सक्ने आशंकामा छानबीन स्रोतले बताउको छ ।

प्रया: जसो समान सांझ पख आयात हुने भन्सार जस्तो अती सम्बेदनशिल ठाउंको सिसि क्यामरा बिगारेर राख्नाले पनी भन्सारका कर्मचारीहरुको मिलेमतोमा राज्यलाई करोडौं राजश्व हानी पु–याउने कार्य भइरहेको आशंका गरिएको छ ।

मन्त्रालयबाट प्ररारम्भीक छानबीन पछी नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख जर्नादन प्रशाद आर्चायलाई छानबीनका लागी मन्त्रालयमा झिकाइएको छ भने हाल प्रशासकिय अधिकृत माधव प्रशाद आर्चायलाई निमित्त दिइएको छ ।

नेपालगञ्ज भन्सार कार्यालय बाटै नक्कली प्रज्ञापन पत्र र बिना रोकतोक समान आयात भइरहेको बिषयमा नेपालगञ्ज भन्सार कार्यालयका सुचना अधिकृत सुभास श्रेष्ठले उपरोक्त घटनाहरुको सम्वन्धीत मन्त्रालयबाट छानबीन भैरहेको र भन्सारका भए गरेका त्रुटीहरु सुधार गरेर अगाढी बढनुपर्ने बताउनु भयो ।