नेपालगञ्ज भन्सार कार्यालयमा कागजात मिलाएर ठुलो मात्रामा तस्करी, कर्मचारी तथा एजेन्टहरुको गिरोहले एउटै प्रज्ञापन पत्र नम्बरबाट पटक-पटक प्रयोग गरेर ठुलो मात्रामा समान भित्रयाएको प्रमाणित,थप २ कर्मचारी छानबीनमा

८ असार, नेपालगञ्ज/ नेपालगञ्ज भन्सार कार्यालयमा केही कर्मचारी तथा भन्सार एजेन्टहरुको सुनियोजित मिलेमतोमा करोडौंं राजश्व चुहावट हुदै आएको थप तथ्यहरु खुलेको छ ।

नेपालगञ्ज भन्सार कार्यालयको एउटै प्रज्ञापन पत्र पटक–पटक प्रयोग गरी सुनियोजित रुपमा ठुलो मात्रामा समान तस्करी भइरहेको समाचार हाम्रो संरचना अनलाइनमा प्रकाशित भएको थियो ।

उक्त समाचारको थप अध्ययन गर्ने क्रममा नेपालगञ्ज भन्सार कार्यालयमा कार्यरत केही कर्मचारी, भन्सार एजेन्ट र दलालहरु मिलेर बिगत लामो समय देखी भन्सार गेट बाटै नेपालगञ्ज भन्सारको प्रज्ञापन पत्र , बीलहरु नक्कली बनाएर समान तस्करी हुने गरेको पाइएको छ ।

मिलेमतोमा तस्करीका बिषयमा अध्ययन गर्ने क्रममा नेपालगञ्ज भन्सार कार्यालयमा कार्यरत बिभिन्न ६ वटा एजेन्टहरु मध्य आइपी रोड क्लिेरिंग एजेन्टले एक ग्यास आयात कर्ता कम्पनीका लागी प्रयोग गरीसकेको प्रज्ञापन पत्र नम्बर १५३१५ पटक पटक गरि बिभिन्न मिति र बस्तुमा एउटै प्रज्ञापन पत्र नम्बर सुनियोजित तरिकाले प्रयोग गरि समान तस्करी भएको पाइएको छ ।
उक्त प्रत्रापन पत्र मार्फत भारतको गुजरातबाट आयात गरिएको देखाइएको एक कन्टेनर पाउडर दुध र पाउरोटीमा प्रयोग गरिने पाउडर एकै दिन २ वटा ट्रक एउटै प्रज्ञापन पत्र प्रयोग गरि कृतिम रुपमा भन्सार गराइएको कागज बनाई समान तस्करी गरिएको पाइएको छ ।

नेपालगञ्ज भन्सार कार्यालयको निकासी गेटमा रहेको रेकड अनुसार प्रज्ञापन पज्ञ नम्बर १५३१५बाट गत जेठ २४ गते ना७ ख ५८५९ नम्बरको ट्रकमा १ कन्टेनर पाउडर दुध र ना ७ ख १७ नम्बरबाट १ ट्रक पाउरोटीमा प्रयोग गरिने पाउडर भनी उल्लेख गरिएको समान निकासी गरिएको छ । त्यसैगरी सोही प्रज्ञापन पत्र नम्बर १५३१५ को कागज र नक्कली बील प्रयोग गरि जेष्ठ २५ गते ना५ ख ६१८५ नम्बरको ट्रकमा भांडा कुडां उल्ल्ेख गरि ठुलो मात्रामा अज्ञात समान नेपालगञ्ज भन्सार कार्यालयबाट पास गराइएको छ । ती सबै ट्रकले बोकेको समानहरुको भन्सार तथा बील सबै कम्प्युटरबाट स्क्यानिंग गरेर फर्जि बनाएर समान तस्करी गरिएको पाइएको छ ।

एउटै प्रज्ञापन नम्बरमा १५३१५ फरक मिति र ट्रकमा समान भन्सारबाटै छुटाइएको भन्सार गेटमा चलानी गरिएको रेकर्डको बिवरणको केही अंश…

नेपालगञ्ज भन्सारबाट समान तस्करी गरिएको दिन नेपालगञ्ज भन्सार कार्यालयको सबै सिसि क्यामेरा समेत बिगारिएको पाइएको छ ।

काठमाण्डौं स्थायी बसोबास भइ नेपालगञ्ज न्यूरोडको कलपत्रु होटलमा बस्ने गरेका सनसाइन कार्गो कम्पनीका जगदिश गुप्ता र निजका सहयोगी एजेन्ट बिहारी भन्ने ब्यक्तीले भन्सारमा कार्यरत बिभिन्न ब्यक्ती तथा सहयोगीहरुलाई सांझ पख नास्ता पानी समेत खुवाउने गरेको हाल उक्त घटनापछी फरार ती ब्यक्तीहरुले बिगत ८ महिना देखी बिभिन्न पार्टीहरुसंगको मिलेमतोमा भन्सारको प्रज्ञापन पत्र, समानको बीलहरु नक्कली बनाएर नेपाल तर्फ समान तस्करी गर्न नेपालगञ्ज भन्सार कार्यालयको पुर्ब तर्फ एक घरमा कोठा भांडा समेत लिएको पाइएको छ ।

फरार अभियुक्त ब्यक्ती बिहारी यस अघि भैरहवा भन्सार कार्यालय अन्तगत यस्तै भन्सार तस्रकरीमा नक्कली कागजात बनाएर समान तस्करी गराउन सहयोग गरेको मुद्धामा करीब ६ महिना जेल समेत बसीसकेको सम्वद्ध ब्यक्तीहरुले जानकारी दिएका छन ।
यस हघि भैरहवा भन्सार कार्यालयमा सक्रिय रहेको बताइएको उक्त गिरोह त्यस भन्सारबाट नेपालगञ्ज भन्सार कार्यालयमा केही भन्सार कर्मचारी सरुवासगै सक्रिय रहेको स्रोतले बताएको छ ।

नक्कली कागजातको आधारमा भन्सार गराएको भनी समान पास गराउन प्रयोग गरिएको पछील्लो पटकको प्रज्ञापन पत्रमा अवकास हुन करीब ३ महिना बांकी रहेका जांचकी सुब्बा बसन्त सुबेदीले चेक जांच गरेको हस्ताक्षर गरेको पाइएको छ भने यस नेपालगञ्ज भन्सार कार्यालयमा कार्यरत राजश्व अधिकृतहरु मध्य यस अघि भैरहवा भन्सार कार्यालयबाट सरुवा भएर नेपालगञ्ज भन्सार कार्यालयमा आएका भन्सार अधिकृत बटुकृष्ण अधिकारीले स्वीकृत गरेको उक्त प्रज्ञापन पत्रमा हस्ताक्षर रहेको छ ।

केही कर्मचारीहरु तथा एजेन्टहरुको मिलेमतोमा नक्कली कागजात बनाएर भन्सारबाट ठुलो मात्रामा राजश्व चुहावट भएको बिषयमा नेपालगञ्ज आरोपित एजेन्टहरुहरु हाल फरार रहेको र निजहरु बीरेन्द्र गुप्तासंग बुझन कल गर्दा निजहरुले प्रयोग गर्ने गरेको मोबाइल नम्बर ९८६९७०६७२० नम्बर स्विच अफ छ भने भारतिय मोबाइल नम्बर प्रयोग गर्ने बिहारी भन्ने ब्यक्तीको मोबाइल नम्बर ८९२५५९५२४० पनी अफ रहेको छ ।
नेपालगञ्ज भन्सार कार्यालयमा कार्यरत उक्त घटनामा मुछिएका ब्यक्तीहरु जांंचकी बसन्त सुबेदी र भन्सार अधिकृत बटुकृण अधिकारीलाई सम्वन्धीत बिभागमा छानबीनका लागी हाजीर गराईसकेको छ । भन्सार कार्यालयका प्रमुख जनार्दन प्रशाद आर्चायलाई कार्यालय प्रमुखको हैसियतले गस अघि नै मन्त्रालयमा बोलाएर छानबीन गरिरहेको छ । छानबीनको क्रममा भन्सार प्रमुख कार्यालय प्रमुखको हैसियतले जिम्मेवारी लिनु पर्ने भएपनी उक्त सुनियोजित गिरोहमा प्रत्यक्ष संल्ग्न नरहेको स्रोतले बताएको छ ।

भन्सार गेट बाटै कागजात मिलाएर तस्करी भईरहेको सम्वन्धमा नेपालगञ्ज भन्सार कार्यालयका सुचना अधिकृत समेत रहनुभएका भन्सार
अधिकृत सुभाष श्रेण्ठले खाए पो बिष लाग्छ नखाएकोलाई बिष लाग्न नहुने टिप्पणी गर्दै सबै कर्मचारी एक नास नहुने भएकाले निष्पक्ष छानबीन गरि दोषीलाई कार्बाही गर्नुपर्ने बताउनु भयो ।
त्यसैगरी निमित्त भन्सार अधिकृत माधव प्रशाद आर्चायले घटनाका सम्वन्धमा छानवीन भइरहेको र दोषीहरुलाई कार्बाहीको दायरामा ल्याउने काम सम्वन्धीत निकायको काम भएकाले आफुहरु दोषीहरु कार्बाहीको दायरामा आउने आसा ब्यक्त गर्नुभएको छ ।

सम्बन्धित शीर्षक