गैर कानूनी चामल नियन्त्रणमा लिएर चामल बोक्ने ४ वटा ट्रक छोडेकोमा अख्तियार द्वारा नेपालगञ्ज भन्सार कार्यालयको उक्त कार्य प्रती छानबीन सुरु

१२ असार, नेपालगञ्ज/ नेपालगञ्ज भन्सार कार्यालयमा राजश्व सहयोगीको रुपमा खटिएको शसस्त्र प्रहरी बलको राजश्व तथा भन्सार सुरक्षा गुल्म, जमुनहा बांकेले गैर कानुनी ४ ट्रक चामल सहित ट्रक चालक र तिनका सहयोगीहरुलाई पक्राउ गरी कार्बाहीका लागी नेपालगञ्ज भन्सार कार्यालयमा बुझाएकोमा भन्सारले ट्रक छोडेको बिषयमा अख्तियारले छानबीन अगाढी बढाएको छ ।

गत शुक्रबार सांझ बर्दियाको बासगढी निवासी केशब खडका (शर्मा) समेतका ब्यक्तीहरुले सञ्चालन गरेको बांकेको कोहलपुर स्थित शिवशिखर कृर्षि सप्लायर्स फर्मको नाममा उक्त चामल लोड गरेका ४ वटा ट्रक नेपालगञ्ज भन्सार गेटपाट पास हुनै लाग्दा शसस्त्रले उक्त ४ वटा ट्रकमा रहेको चामल गैर कानुनी भएकाले पक्राउ गरेको थियोे ।

शसस्त्र प्रहरीले पक्राउ गरि भन्सारलाई बुझाएको उक्त ४ वटा ट्रकमा भारतबाट चामल आयात गर्दा नै नेपालमा उत्पादन गरिएको बोरामा नै उल्लेख गरिएको थियो ।

भारतमा पक्राउ परेको भए उक्त समान नेपालबाट भारत तर्फ तस्करी भएको ठहरिने उक्त चामल भारतमा नै उत्पादन देखी प्याकिंग सम्म गर्ने र नेपालमा उत्पादन गरेको भनी आम जनतामा ठगी गर्ने उक्त चामल ब्यापारीको मिलेमतोमा चामल मात्र नियन्त्रणमा लिएर ४ वटै ट्रक सामन्य कागज गराएर छोडेकोमा अख्तियारले भन्सारलाई पत्र काटेर के कती कारणले कुन नियममा रहेर ट्रक छोडेको हो जानकारी गराउन पत्र काटेको हो ।

मध्यपश्चिमाञ्चल क्षेत्रको सुर्खेतमा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कोहलपुर सम्पर्क कार्यालयले नेपालगञ्ज भन्सार कार्यालयलाई लेखेको पत्रमा पक्राउ परेको ट्रकले गैर कानुनी अर्थात भारतमा तयारी गरि भन्सार बाटै कर तिरेर कानुनी बनाएर नेपालमा उत्पादन गरेको देखाएर गैर कानुनी समानलार्य बैध बनाउन के कती र कुन कानुनले बैध बनाउन भन्छ खुलायृ पठाईदिन पत्रमा उल्लेख गरिएको स्रोतले बताएको छ ।

नेपागञ्ज भन्सार कार्यालयका निमित्त प्रमुख माधव प्रशाद आर्चायले माथीकै निर्देशनमा ट्रक छोडिएको बताउनु भयो भने स्रोतले स्थानिय बांकेका मन्त्रीको अनुरोधमा ट्रकलाई छोडेर अन्य थप कार्बाही गर्न आग्रह गरिएकाले मन्त्रीको कुरा बिभागले मानेको बताइएको छ ।
पक्राउ परेका ४ वटा ट्रकहरु क्रमश ना ७ ख १२४४ नम्बर, ना ६ ख ५२०६ नम्बर, ना ६ ख ५२०७ र ना ७ ख १६१३ नम्बरका ट्रक रहेका छन ।