नक्कली श्रीमान/श्रीमती बनेर वीरेन्द्रनगरमा यौनकर्ममा संलग्न २ जना होटल संचालक सहित १३ जना पक्राउ, नेपालगञ्जका बब्लु परे प्रहरीको फन्दामा

Pict: Google

१३ असार,वीरेन्द्रनगर / नेपालगञ्जका बब्लु नाम बताउने व्यापारी चार वर्ष अघि देखि श्रीमति भनेर एक महिलासंग धेरै पटक सुर्खेतका होटलमा रात बिताएका छन् ।

करिब ४५ वर्षका बब्लु सोमबार पनि ती महिलासंग जुम्लारोडमा रहेको अशोका होटलको ३ सय १० नम्मरको कोठामा बसे । वीरेन्द्रनगरको विभिन्न हार्डवयरमा सामान ‘सप्लाई’ गर्ने उनी प्राय अशोकामा बस्ने गरेको बताउँदै आएका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतको विशेष टोलिले सोमबार राति ११ बजे गरेको केरकारमा उनको जोडी समातियो । होटलमा श्रीमति भनिएकी ती महिला प्रहरीको सोधपुछमा कान्छि श्रीमति बनिन् । प्रहरीले ससुराको नाम सोध्दा बताउन नसकेपछी प्रहरीले जोडीमाथी थप शंका गर्‍यो ।

सामान खानतलासमा परिवार नियोजनको अस्थायी साधन ढाल भेट्टीयो । त्यसपछी प्रहरीले जेठी श्रीमतिसंग फोनमा सोध्यो ‘तपाइको सौता छ ? उताबाट छैन भन्ने जवाफ आएपछी प्रहरीले उक्त जोडीलाई कोठा बाहिर निकाल्न खोज्यो ।

प्रहरीलाई केही नगद दिएर घटना मिलाउने प्रस्ताव गरेपछि प्रहरी इन्स्पेक्टर शंकर श्रेष्ठले बब्लुलाई तीन थप्पड लगाए । ‘एक डेढ लाख रुपैंया छ । यहि दिएर भएपनि कुरा मिलाउनु प¥यो’ भन्दै बजारका केही व्यापारीलाई फोन गरेपछि उनीहरु आएर प्रहरीलाई मनाउन खोजेको एक प्रत्यक्ष दर्शिले  भने ।

होटलको रिसेप्सन र कार्यक्रम हलमा विश्वकप हेरीरहेका मध्ये केही यो घटनाका साक्षि भए । उक्त होटलमा काम गर्ने महिला कामदारलाई पनि प्रहरीले यौन व्यसायीको नजरले धेरै समय केरकार गर्‍यो । एक कामदारले भने ‘केरकारको नाममा प्रहरीले बहिनीलाई यातना दियो ।’

यसरी गरिएको केरकारमा आइतबार २ जना होटल संचालक र यौनकर्ममा संलग्न अन्य गरी १३ जनालाई पक्राउ परे । जुम्ला सडक खण्डका अशोका, कर्णाली, श्रीस्थान होटलबाट एक एक जोडी पक्राउ परे । यसैगरी नौलो होटलबाट ३ जना र नाम नराखि यौन धन्दा चलाइरहेको एक स्थानबाट २ जना महिला यौनकर्मी पक्राउ परेका थिए ।

पक्राउ परेका सबैलाई सम्झाएर एक पटकलाई माफि दिइ तारिख खेप्नुपर्ने गरी घर पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अबका दिनमा गैर कानूनी रुपमा यौन धन्दामा संलग्न भएको पाइए मुद्दा चलाइने इन्स्पेक्टर श्रेष्ठले चेतावनी दिए ।

श्रेष्ठका अनुसार सुर्खेतको सामाजिक विकृति मध्येको मुख्य समस्यामा रहेको यौन व्यवसायलाई निर्मुल पार्न प्रहरीको अभियान रहेको जिकिर गरे । प्रहरीको अनुसन्धानबाट र अन्य नागरिकको सुचना अनुसार प्रहरीले विभिन्न समयमा सुर्खेतका होटलहरुमा ‘छापा’ हानिरहेको हुन्छ ।

प्रहरीको मात्र एकल प्रयासले यो विकृति नहट्ने भएकोले सरोकारवाला, आम नागरिक र विशेषगरी होटल व्यवसायीहरु नै यौन धन्दा रोक्न लाग्नु पर्ने प्रहरीको भनाई छ । सहयोगी सेरोफेरो अनलाईन बाट  www.serophero.com