बिधुत प्राधिकरणको लापरबाही: बांकेको महिमानपुरमा करेन्ट लागेर २ जनाको मुत्यू,३ जना गम्भीर घाईते

१६ असार,नेपालगञ्ज/ बांकेको राप्ती सोनारी गाउंपालीका वडा नम्बर ६ महिमानपुरमा करेन्ट लागेर २ जनाको मुत्यू भएको छ भने ३ जना घाईते भएका छन ।

बांकेको कोहलपुर देखी पूर्व दक्षिणमा पर्ने महिमानपुर रहेको नेपाल बिधुत प्राधिकरणको हाइटेन्सन  क्षेत्रको जमिनमा समेत करेन्ट फैलिएको र ५ जना मध्य २ जनाको मुत्यू  ३ जना गम्भीर घाईते भएका छन ।
उक्त घटनामा मुत्यू राप्ती सोनारी गाउंपालीका वडा नम्बर ६ महिमानपुर कै टिकाराम चौधरी र सुरेश चौधरी रहेका छन ।

घटनामा घाईते भएका ३ जना गम्भीर घाईते भएको  प्रहरीले जनाएको छ । प्राधिकरणका तर्फबाट लापरबाही गरेका कारण २ जना सर्वसाधरणले अकालमा ज्यान गुमाएका छन ।

बांकेको कचनापुरबाट राप्ती पारी जाने सिधनीया घाट पारी रहेको उक्त महिमानपुरमा घटनापछी गाउं शोखमा डुबेको र बिधुतको लापरबाही प्रती आक्रोश रहेको स्थानिय ब्यक्तीहरुले जानकारी दिएका छन ।