स्रोत नखुलेको सम्पतीमा कार्बाही सुरु: बिरगञ्जमा हुण्डी मार्फत १ करोड १५ लाख अन्यत्र लैजाने क्रममा प्रहरी द्वारा पक्राउ

महेश केशरीको घरमा अवैद्य रुपमा वित्तिय कारोबार संचालन भईरहेको गोप्य सुचनाको आधारमा छापामारी राहुल केशरी एक करोड, पन्ध्र लाख, पाच“ हजार, एक सय, पचास रुपैया सहित पक्राउ

२४ असार,बिरगञ्ज/  वीरगञ्ज महानगरपालिका वडा नंम्बर १२ रानीघाट निवासी महेश केशरीको घरमा आईतबार प्रहरीले छापामारी १ करोड नेपाली रुपैया सहित एक जना लाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बिरगञ्ज उप महानगरपालीका वडा नम्बर ९ रानीघाट निवासी राहुललाई अबैध रुपमा वित्तिय कारोवार संचालन भई रहेको भन्ने गोप्य सूचनाको आधारमा खोजतलास तथा पक्राउको लागि जिल्ला प्रहरी कार्यालयबाट  खटिएको प्रहरी टोलीले केशरीको घरमा कानुन बमोजिम खानतलासी लिएको छ । उक्त छानबीनमा भेटीएको रुपैयाको स्रोत बताउन नसके पछी विभिन्न कागजातहरु सहित केशरी पक्राउ परेका छन ।
प्रहरीले पक्राउ गरेको उक्त स्रोत नखुलेको पैसा र कागजात सहित थप अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन पुल्चोक ललितपुर पठाईने जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख रेवती ढकालले पत्रकार सम्मेलन मार्फत जानकारी दिनु भएकोछ।

स्रोतले गोप्य सुचनाको आधारमा पैसा अन्यत्र लैजान लागेको थाह पाएपछी प्रहरीले पक्राउ गरिएको जनाएको छ । हुन्डीको नाममा खबैध सम्पती चलनचल्ती हुन थालेपछी सरकारले बिगतमा अबैध सम्पती आनर्जन गर्नेहरुको बिभिन्न किैयाकलापको सुक्ष्म निगरानी बढाउदै आएको पनी छ ।

बरामद सर सामान :

भारतको मोतिहारी जिल्ला ग्राम सुगौली वडा नं.११ निवासी शिवपुजन प्रसादको छोरा २८ वर्षको अभिजित कुमार सर्राफ

१. नेपाली रुपैया १०००।– दरका नोट ७१५२ थान (रु.७१,५२,०००।
२. नेपाली रुपैया ५००।– दरका नोट ८६३७ थान (रु.४३,१८,५००।
३. नेपाली रुपैया १००।– दरका नोट २६१ थान (रु. २६,१००। 
४. नेपाली रुपैया ५०।– दरको नोट १७१ थान (रु. ८,५५०।
जम्मा रु.१,१५,०५,१५०। (एक करोड पन्ध्र लाख पाच हजार एक सय पचास)
५. मोबाइल १ थान
त्यसैगरी आईतबार नै  पर्सा प्रहरीले भारतको मोतिहारी जिल्ला ग्राम सुगौली वडा नं.११ निवासी शिवपुजन प्रसादको छोरा २८ वर्षको अभिजित कुमार सर्राफ पक्राउ परेकाछन् ।
विदेशी मुद्रा नेपालमा अवैध रुपमा भित्रिदै छ भन्ने विषेश सुचनाको आधारमा प्रहरी चौकि इनर्वाबाट खटिएकबो प्रहरी टोलीले शनिवार बिहान ९स्३० बजेको समयमा बिरगञ्ज उप महानगरपालीका वडा नम्बर १६ रजत जयन्ती चोकमा भरतको रक्सौलबाट वीरगंजतर्फ आउदै गरेका नम्बरको पल्सर मोटरसाईकललाई चेकजांच गर्दा तेल राख्ने ट्याङकीको आधा भागमा पेट्रोल र अर्को भागमा भारतीय रुपैया ५०० दरको १४३८ थान गरी रु। ७,१९,०००।– २,००० दरको ११ थान गरी रु। २२,०००।–, २०० दरको ३०१ थान गरी रु। ६०,२००।– गरी जम्मा रु। ८,०१,२००।– लुकाई छिपाई राखिएको अवस्थामा फेला पारी उक्त रकम मोटरसाईकल र पक्राउ परेका अभिजित कुमार सर्राफलाई आवश्यक अनुसान्धान तथा कार्वाहिको लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन पुल्चोक ललितपुर पठाउने जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख रेवती ढकालले बताउनुभयो ।