क्रोएसियालाई पराजित गदै विश्वकप २०१८ को उपाधि फ्रान्स लाई, सर्वोत्कृष्ट फुटबलर खेलाडी लुका मोड्रिच र युवा खेलाडी एमबाप्पे लाई

३१ असार, समाचार एजेन्सी/ विश्वकप २०१८ को उपाधी फ्रान्सले जितेको छ। आइतबार भएको फाइनलमा क्रोएसियालाई पराजित गर्दै फ्रान्सले दोस्रो पटक विश्वकपको ट्रफी उचालेको हो। यस अघि सन १९९८ मा बिश्व कप जितेको थियो र। फइनलमा फ्रान्सले क्रोएसियालई फाइनलमा ४/२ गोल अन्तरले पराजित गरेको हो।

फ्रान्सका लागि केइलिएन एमबाप्पेले ६५औँ, पउल पोग्बाले ५९, एन्टोनियो ग्रिजम्यानले ३९औँ मिनेटमा गोल गरेका थिए। एक गोल फ्रान्सले क्रोएसियाका मारियो मान्डुकिचको आत्मघातीबाट पाएको थियो। मारियोले १८औँ मिनेटमा आत्मघाती गोल गर्न पुगेका थिए।

क्रोएसियाका लागि भने इभान पेरिसिकले २८औँ र मारियो मान्डुकिचले ६९ औँ मिनेटमा गोल गरेका थिए। खेलको अधिकांश समय क्रोएसियाको दबदबा रहेपनि गोल गर्नमा भने क्रोएसिया चुक्यो र उपविजेतामा सीमित भयो।

क्रोएसियाका कप्तान लुका मोड्रिचले विश्वकप २०१८ को गोल्डेन बल अवार्ड जितेका छन्। विश्वकप फुटबल २०१८ को सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै कप्तान मोड्रिचले उक्त अवार्ड हात पारेका हुन्। उनको उत्कृष्ट प्रदर्शन र नेतृत्वमा क्रोएसिया फाइनलसम्म पुगेको हो।

विश्वकप २०१८ मा उनले क्रोएसियाका लागि दुई गोल गरेका थिए भने दुई गोलका लागि अवसर सिर्जना गरेका थिए। उनी मिडफिल्डर हुन्। गोल्डेन बुट भने इंग्ल्यान्डका कप्तान एवं स्टाइकर ह्यारी केनले जितेका छन्।

उनले विश्वकप २०१८ मा सबैभन्दा धेरै, ६ गोल गरेका थिए। त्यस्तै विश्वकप २०१८ को युवा खेलाडीको उपाधि भने विश्वकप विजेता फ्रान्सका कालियन एमबाप्पे बने। उनले प्रतियोगितामा फ्रान्सका लागि ४ गोल गरेका थिए। १९ वर्षीय एमाबाप्पेले फाइनलमा पनि गोल गरेका थिए। विश्वकपको उत्कृष्ट गोलकिपरले पाउने गोल्डेन गोल्भ्स भने बेल्जियमका गोल किपर थिबाउट कोर्टोइसले हात पारे। विश्वकप २०१८ को तेस्रो स्थानमा रहेको बेल्जियमका गोलकिपरको प्रदर्शन उत्कृष्ट रहेको थियो। तेस्रो स्थानसम्म पुर्‍याउन उनको भूमिका महत्वपूर्ण रहेको थियो।

सम्बन्धित शीर्षक