नेपाल–भारत सयुंक्त सुरक्षा एवम प्रशासनिक अधिकारीहरुको ५० औं बैठक भारतको नानपारामा सम्पन्न, बिगतका बैठकका सहमतीको समिक्षा गर्दै कार्यन्वयनमा जोड, सिमा क्षेत्रमा आपसी सहयोग र भाइचार अभिबृद्धि गर्ने सहमती

 

१ साउन, नेपालगञ्ज/ नेपाल–भारत खुला सिमा क्षेत्रमा प्रशासनीक काममा आपसी तालमेल एवम सहयोगी भावना अभिबृद्धि गर्ने लगायतका उदेश्य राखेर नियमित रुपमा बस्दै आएको दुई देशका सुरक्षा अधिकारीहरुको ५०औं श्रृखला बैठक असार ३२ गते सोमबार भारतको बहराइच जिल्लाको नानपारामा सम्पन्न भएको छ ।

नेपाल–भारत सिमा क्षेत्र सुरक्षामा खटिएको भारतिय सिमा सुरक्षा बलको नानपारा तहसिल अन्र्तगत अगैयामा रहेको भारतिय सिमा सुरक्षा बलको ५९औं बटालियनको मुख्यालयमा भएको उक्त बैठकमा भारतिय पक्षले सदा झै यस पटक पनी सिमा क्षेत्रमा रहेका केही धार्मिक आस्थाका आधारमा खुल्दै गएका धार्मिक केन्द्रको आडमा भारत बिरोधी गतिबिधि रुोक्न सहयोग गर्नुपर्ने प्रमुख रुपमा उठाएको छ ।
नेपाल तर्फबाट सिमा क्षेत्रमा अबैध गतिबिधिका साथै सिमा स्तम्बको सुरक्षा, अन्र्तराष्ट्रिय सन्धी, सम्झौता बिपरित सिमा क्षेत्रमा तटबन्ध निर्माण, नेपाली सर्वसाधरणको सरलीकृत रुपमा आवागमन, अबैध असुली तथा तस्करी र नेपालको भौगोलिक अवस्थाले नेपालको डुबान लगायतका बिषयमा बैठकमा नेपाली पक्षले उठाउको छ ।

संगठित र सामाजिक अपराध रोकथामका लागी सयुक्त सुरक्षा अधिकारीहरुको समन्वय र आपसी सदभावका साथै सिमा क्षेत्रमा परिचालित सुरक्षाकर्मिहरु सयुक्त गस्ति कार्यलाई अझ प्रभावकारी बनाउने बिषयमा समेत छलफल गरिएको छ ।

आलोपालो गरि नेपाल र भारत सिमा क्षेत्र छुने ३ वटा जिल्लाका सुरक्षा अधिकारीहरुको बिगत लामो समय देखी सयुंक्त रुपमा बैठक बसी आईपर्ने समस्या र सम्भाब्यताका बिषयमा छलफल गरि आपसी सौहाद्धपूर्ण रुपमा समस्याकोे समाधार हुदै आएको र यसलाई अझ उच्च प्रथामिकताका दिनुपर्ने दुबै देशका सुरक्षा अधिकारीहरु सहमत भएका छन ।

भारतले यस पटकको बैठकमा नेपालगञ्जको फुलटेक्रामा खुलेको मुस्लिमको बिश्वबिद्यालयको सञ्चालनको स्रोत र उदेश्यका साथै सिमा क्षेत्रको जंगलबाट अबैध चोरी सिकारी र काठ तस्करीको समस्यालाई उठाउदै आफुले मानब तस्करी, जाली रुपैया,लागु औषध ओसारपसार र सुरक्षा जांचमा कुनै कसर बांकी नराखेको नेपाली टोली समक्ष राखेको छ ।

नेपाली पक्षले पनी नेपाली भुमिबाट कुनै पक्षको बिरोधी गतिबिधि हुन नदिन नियमित अनुगमन तथा सर्तकता अपनाइएको जानकारी गराएको छ । कहि कतै भारत बिरोधी गतिबिधि भए गरेको भरपर्दो सुचना भए त्यसलाई नियन्त्रण गर्न नेपाली पक्ष सधै तत्पर रहेको नेपाली पक्षले पनी भारतिय पक्षलाई आश्स्वस्त पारेको छ ।

नेपाल–भारत सिमा क्षेत्रमा भारतिय पक्षले हलुका सुचनाकर्ताको सुचनाका आधारमा बिगत देखी नै सिमा क्षेत्रका मदरसाहरुमा पाकिस्तानी खुफिया एजेन्सीहरुको सक्रियतामा भारत बिरोधी गतिबिधि हुने आरोप लगाउने गरेको छ ।
पाकिस्तानले भने भारतले आफनो खुफिया एजेन्सी “र” मार्फत पाकिस्तान मात्र नभएर नेपालमा समेत अनावश्यक राजनैतिक तथा सामरिक क्षेत्रमा बर्चश्व राख्न बिभिन्न दलका नेता, प्रशासनिक ब्यक्ती समेतलाई एजेन्ट राख्ने गरेको बेला बखत आरोप लगाउदै आउने गरेको छ ।
सोमबार भएको बैठमा भारतको बहराइच जिल्लाका प्रमुख जिल्ला अधिकारी माला श्रीवास्तव, प्रहरी प्रमुख सभा राज, श्रावस्ती जिल्लाका प्रमुख जिल्ला अधिकारी दीपक मिणा, प्रहरी प्रमुख अशोक कुमार शुक्ला, भारतिय सुरक्षा बल ५९ औं बटालियनका प्रमुख युपिएस चौहान, ४२ औं बटालियनका सहायक प्रमुख शैलेन्द्र कुमार पाण्डे लगायत बन, राजश्व एवम अन्य बिभिन्न निकायका अनुसन्धान तथा कार्यन्वयन अधिकारीहरु सहभागी रहेका थिए ।

नेपालका तर्फबाट बांकेका प्रमुख जिल्ला अधिकारी रमेश कुमार के.सीं.र प्रहरी प्रमुख टेक बहादुर तामांग, शसस्त्र प्रहरी प्रमुख फडिन्द्र राज पौडेल,बर्दियाका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वांग, प्रहरी प्रमुख कृष्ण कोइराला लगायत अन्य सुरक्षा निकाय अधिकारीहरु र दांग सहायक प्रमुख जिल्ला अधिकारी गणेश प्रसाल आर्चायको नेतृत्वमा अन्य बिभिन्न् जिल्ला स्थित प्रशासनिक प्रमुखहरुको सहभागीता रहेको थियो ।