चिकित्सा अध्ययनलाई राष्ट्रियकरण गर

डा. गोविन्द केसी अनशन बसेको २४ दिन पुगेको छ । चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारका नाममा शृंखलाबद्ध आमरण अनशनले चिकित्सा शिक्षा झन झन विकृत बनेको छ ।

निजि क्षेत्रका मेडीकल कलेजहरुले जथाभावी सम्बन्धन, सिट संख्या निर्धारण, योग्यता भन्दा आर्थिक क्षमताका आधारमा विद्यार्थी भर्ना, जथाभाबी शुल्क निर्धारण, निजी मेडिकल कलेजबाट उत्पादित जनशक्तिको दक्षतामाथि पनी प्रश्न चिह्न लगायतका कारण देखाउदै सर्व-साधरणको पहुच भन्दा बाहिर चिकित्सा अध्ययन पुगेको आन्दोलनकारीहरुको पक्षबाट आवाज उठाइएको पनी छ ।

अर्को तर्फ नेपालमा खुलेका मेडिकल कलेज अस्त-ब्यस्त पारेर बिद्यार्थी बाहिर पठाउने दलालहरु पनी यसैसंग मुछीएको बिषय बनेको छ । मेडिकल कलेज बाहिर पढन जादा बर्षेनी अरबौं नेपाली रकम बाहिर बिदेसिने गरेको छ ।

अहिले केही बिभिन्न माध्यम मार्फत भएपनी चासो डा. केसीको जीवन रक्षामा चासो देखाएका छन । केही चिकित्सकहरू स्वास्थ्य सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका छन् । त्यसमा प्रतिपक्षी दल कांग्रेस राजनैतीक उदेश्य प्राप्तीको उदेश्यका साथ अगाढी देखिएको छ ।

निजी क्षेत्रको संलग्नताका कारण शिक्षा र स्वास्थ्य सेवा महँगो बनेको छ । राज्यले दायित्व बढाउँदै यसलाई सुलभ र गुणस्तरीय बनाउनुपर्छ । डा. केसीका कथित अनसन सदाको लागी बन्द गर्न यो बेला सरकार शिक्षा र स्वास्थ्य क्षेत्रमा व्याप्त विकृति अन्त्यको लागी ततकाल चिकित्सा अध्ययन क्षेत्रको राष्ट्रियकरण गरेर समस्याको समाधानतर्फ केन्द्रित हुनुपर्छ ।