नेपालगञ्जबाट जाजरकोट जाँदै गरेको जिप सुर्खेतको सिम्तामा दुर्घटना, ९ जना घाइते

Photo : File

८ साउन, सुर्खेत/ नेपालगञ्जबाट जाजरकोट जाँदै गरेको भे १ ज ७७२ नम्बरको सनराइज यातायातको जिप म‌ंगलबार दिउँसो १ बजेतिर सुर्खेतको सिम्ता गाउँपालिका वडा नम्बर ६ गजौडा नजिकै दुर्घटना हसदा ९ जना यात्रु घाईते भएका छन ।

घाइते हुनेहरूमा कुसे गाउँपालिका ५ जाजरकोटकी ३ वर्षीया प्रमाकुमारी रोकाय, बारेकोट गाउँपालिका ६ की २५ वर्षीया हरिकला रोकाय, सोही ठाउँका २७ वर्षीय मिनप्रसाद महतारा, उनका छोरा २ वर्षीय आयुस महतरा, ४ वर्षीया छोरी मानवी महतरा रहेकाछन्।

त्यस्तै सल्यान कुमाख गाउँपालिका ५ की ५५ वर्षीया विष्णुकुमारी शाही, सोही ठाउँकी पूजा वुढाथोकी र राप्ती सोनारी गाउँपालिका २ बाँकेका दीपक सेन पनि घाइते भएको प्रहरीले जनाएको छ। घाइते ३ जनालाई जनबन्धु पोलि क्लिनिकमा सामान्य उपचारपछि नेपालगञ्ज रिफर गरिएको छ। अन्य घाइतेको अवस्था सामान्य रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयक सई कवी सेञ्चुरीले जानकारी दिनु भएको छ।

तीव्र गतिमा रहेको जिप व्रेक फेल भएर सडकदेखि १५ मिटर तल खसेकोे प्रहरीले जनाएको छ। जिप चालक बाँके कोहलपुरका बिवेक सिंहलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बादे पिपलले जनाएको छ।