नेपाली युवायुवतीलाई लक्षीत गरि रुपैडिहामा नशालु तथा म्याद नाघेका औषधी बिक्री गर्ने औषधी पसलमा छापा: भारी मात्रा नशालु र म्याद नाघेका औषधी बरामद


३१ भाद्र,रुपैडिहा/ नेपाल–भारत सिमावर्ती बजार रुपैडिहामा नशालु औषधीको प्रयोग गर्ने नेपाली युवा युवतीहरुलाई मुख्य ग्राहक मानेर सञ्चालन हुदै आएका गैर कानुनी औषधी पसलहरुमा भारतिय औषधी बिभागले छापा मारी गरेको छ ।

गैर कानुनी रुपमा नशालु औषधी खुलेआम बिक्री बितरण भइरहेकोमा त्यसको सेवनले सयौं युवायुवतीहरु कुलतमा फसिरहेकोले त्यसलाई रोकथाम गर्न भारतिय सुरक्षा निकायले सम्वन्धीत औषधी ब्यवस्था बिभागलाई जानकारी गराएको थियो ।

सिमावती बजारमा खुल्ला रुपमा सञ्चालन भइरहेको अबैध औषधी पसलहरुको नियमन निकायबाट अनुगमन नहुदा गैर कानुनी नशालु औषधीहरु बिक्री बितरण हुदै आएकोमा स्थानिय बासिन्दाले समेत चर्को बिरोध गदै आएका थिए ।

शनिबार रुपैडिहा बजारमा बलरामपुर बाट आएका औषधी पसल निरिक्षणका लागी बलरामपुर क्षेत्रका औषधी बिभागका सहायक आयुक्त देबी पाटन मण्डल र गणेशचन्द श्रीवास्तव, बहराइच र श्रावस्ती जिल्लाका के.डि.आई. राजु प्रशाद र बलरामपुर क्षेत्रका के.डि.आई. ओम प्रकाश यादवको टोलीले रुपैडिहा औषधी पसलमा अनुगमन गरेको हो ।

अनुगमन टोली रुपैडिहा पुग्नु अघि रुपैडिहाका केही औषधी पसल बाहेक प्रयाः सबै औषधी पसलहरु बन्द भईसकेका थिए । पुर्व सूचना लिक भएपछी अनुगमन गर्न आएको टोलीले २ वटा बन्द गर्न बांकी रहेका पसलमा अनुगमन गरेको छ ।

रुपैडिहाको रेलवेय रोडमा सञ्चालनमा रहेको प्रदीप औषधी पसलमा अनुगमन गर्दा पसलमा भारी मात्रामा नाइट्रोजन लगायतका टयाबलेट, बिभिन्न किसिमका झोलयुक्त नशालु औषधीहरु, म्याद नाघेका औषधीहरु फेला पारेको छ । उक्त पसलमा रहेको नमुना नशालु र म्याद नाघेका औषधीको सिलबन्दी गरेर कार्बाही प्रक्रिया अगाढी बढाइएको औषधी अनुगमन टोलीका सदस्यले बताएका छन ।

त्यसैगरि शनिबार नै रुपैडिहाकोे एचडिएफसि बैक नजिकै गैर कानुनी रुपमा सञ्चालन हुदै आएको बेनामी एउटा मेडीकलमा छापा मार्दा पनी भारी मात्रामा नशालु औषधीहरु फेला पारि बिक्रेतालाई आवश्यक सोधपुछ गरि औषधी पसल सिल गरिएको छ ।

नेपालगञ्ज लगायतका क्षेत्रबाट रुपैडिहामा बेलगाम सञ्चालनमा रहेको औषधी पसलमा गएर नशालु औषधी सेवन गरि सामाजिक अपराधमा संलग्न हुने ब्यक्तीहरु अधिकांस युवाहरुको जमात बढेपछी भारतिय सुरक्षा अधिकारीहरु पछील्लो पटक केही सर्तक भएको बताउदै आएको छ ।

नेपालगञ्ज क्षेत्र लगायत यस वरपरबाट मोटरसाइकल र स्कुटरमा चढेर जाने उच्च घरानाका जस्ता देखिने ब्यक्तीहरु यस्तो नशालु औषधीको कुलतमा लागेको रुपैडिहाबाट पत्रकार नबी अहमदले जानकारी दिनुभएको  छ ।