हाम्रो संरचना मङ्लबार, भदौ ३, २०७६ 214 Views
File photo : गत असार ३१ गते नवलपरासीको कावासोती डण्डा बजारमा बस र ट्रक आपसमा ठक्कर खादा ३५ जना घाईते भएका थिए ।

५ असोज,कावासोती/ पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी जिल्लाको मध्यविन्दु नगरपालिका– वडा नम्बर ११ कुसुण्डेमा रात्रि बस भारतिय नम्बरको मालबहाक ट–कसंग ठोक्किएर दुर्घटना हुँदा ३२ यात्रु घाइते भएका छन् ।

काठमाडौ्देखि दाङको लागि छुटेको ना६ख ९२८ नं को यात्रुवाहक बस बिहीबार राति विपरीत दिशाबाट आउँदै गरेको आरजे १४ जिसी ३८४९ नं को भारतीय ट्रकसँग जुझ्दा बस सडकदेखि ५० मिटर तल खसेको थियो । बसमा कम्तीमा ६० यात्रु सवार रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जानका री दिएको छ ।

घाइते मध्ये १३ जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ भने अन्य १९ को स्थानीय मेडिकलहरुमा उपचार भइरहेको छ ।

यस अघि गत असार ३१ गते नवलपरासीको कावासोती डण्डा बजारमा बस र ट्रक आपसमा ठक्कर खादा ३५ जना घाईते भएका थिए ।

ईलाका प्रहरी कार्यलय नवलपरासीका अनुसार पश्चिमबाट पुर्वतर्फ आउदै गरेको ना ४ ख ९३६ ४ नम्बरको बस र पूर्वबाट पश्चिमतर्फ जादै गरे को ना ३ ख ४३२२ नम्बरको ट्रक आपसमा ठक्कर खादा सो दुर्घटना भएको थियो ।