पोखराबाट कोहलपुर तर्फ आईरहेको बलेरो जिप दांगको जुरेनीमा चेक जांच गर्दा खैरो हिरोइन सहित ३ जना पक्राउ

१२ कार्तिक,दांग/  इलाका प्रहरी कार्यालय गडवा दांगले खैरो हिरोइन नामक लागु औषध सहित ३ जनालाई पक्राउ गरेको छ ।
से१च ११९० नम्बरको भिम सिह रोकायको बलेरो जिपमा यात्रा गरिरहेका ३ जना ब्यक्तीहरु चढेको उक्त जिपबाट बिभिन्न पकेटमा प्याकिंग गरिएको खैरो धुलो हिरोइन लागु पदार्थ पक्राउ गरेको इलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएको छ ।
दांगको गढवा इलाका प्रहरी कार्यालयले सोमबार पत्रकार सम्मेलनको आयोजना गरि लागु औषध सहित ३ जना ब्यक्ती र ति ३ जना ब्यक्ती चढेको बलेरो सहित पक्राउ गरिएको जनाएको छ ।

दांगको गढवा गाँऊ पालिका वडा नं १ जुरेनी बाट बाँके जिल्ला बैजनाथ गाँऊपालिका वडा नं १ का नर बहादुर पाण्डे ,सोहि गाँउपालिका गाभर का भिम सिंह रोकाया र वडा नं २ मकैबारी निबासी छवि गुरुङ लाई पक्राउ गरी थप अनुसन्धानका लागि हिरासतमा लिईको प्रहरी निरीक्षक पञ्चलाल गोलेले जानकारी दिनुभएको छ ।

प्रहरीले पक्राउगरेका व्यक्तिहरुबाट से.१.च ११९० नम्बरको बोलेरो जिप १ थान, दुईग्राम खैरो हेरोइन, लागूऔषध १६ ग्राम, नगद रु। ९ हजार ५ सय रुपैयाँ, ३ वटा मोवाइल फोन सेटहरु, चुरोटका फिल्टर १ प्याकेट, चुरोट पेपर ६ प्यकेट, ब्लेड १ थान, लाइटर २ थान र सिक्का १ थान बरामद गरेको जनाएको छ ।

प्रहरीले पुर्व-पश्चि राजमार्ग अन्तर्गत दांगको गढवा गाँऊ पालिका वडा नं १ जुरेनीमा पोखरा बाट कोहलपुर तर्फ आँउदै गर्दा संकास्पद अवस्थामा गाडि रोकि राखेको बेला निजहरुलाई पक्राउ गरिएको प्रहरी निरीक्षक गोलेले बताउनु भयो । पक्राउ परेकाहरुलाई लागु औषध नियन्त्रण ऐन २०३३ अन्तर्गत मुद्धा चलाइने भएको छ ।
लागु औषध बिरुद्ध नेपाल प्रहरी शसक्त रुपमा रुपमा प्रस्तुत भइरहेको समयमा प्रहरीले लामो समयको लगानी र स्थानिय जनताको सहयोगमा यस्ता लागु औषध बिरुद्धको अप्रेशन सफल भैरहेको इलाका प्रहरी कार्यालय गढवाका प्रमुख निरिक्षक पञ्चलाल गोलेले बताउनु भएको ।