नेपाल-भारत सिमा क्षेत्रमा दैनिक जसो लागु औषध कारोबारी पक्राउ: दक्षिण एशियामा लागु औषधको प्रयोग हुनेमा भारत१ नम्बरमा, त्यसको असर नेपालमा

१३ कार्तिक, नेपालगञ्ज/ नेपाल प्रहरीको लागू औषध अनुसंधान ब्युरो शाखा कार्यालय नेपालगञ्जकको टोलीले १३ कार्तिकमंगलबार साँझ करीब ४ बजे नेपाल भारत सिमा जमुनहा नजिकै चौलिक्का चोकबाट भारत रुपैडिहाका १८ बर्षिय सायर आलम राईलाई ८९ ग्राम कडा खालको लागु औषध ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

नेपालगञ्जमा मंगलबार पक्राउ परेको ब्राउन सुगरको अन्र्तराष्ट्रिय बजारमा करीब ५ लाख रहे पनी नेपाली बजारमा भने यसको मुल्य केही सस्तो आंकलन गरिएको छ ।
मुल्यको बिषयमा भारतमा लागु औषधको कारोबारी बीच गरिएको अनुसन्धान भारतिय बजारमा यसको मुल्य ठांउ अनुसार फरक रहेको र लेट्रिन अमरिकामा पर्ने कोलम्बीयामा सन २०१२ मा गरिएको एक सर्बेषणमा हिराइनको मुल्य नेपाली रु ५ हजार देखी ८ हजार प्रती ग्राम पर्ने गरेको भारतिय सञ्चार माध्यम द हिन्दुमा पत्रकार दिबेश कुमार पाण्डेले आफनो रिपोर्टमा उल्लेख गर्नुभएको छ ।

तर उक्त रिपोर्टमा ठाउं र उपभोग गर्ने समाज अनुसार ब्राउन सुगरको मुल्य फरक पर्ने गरेको उल्लेख गरेका छन । भारतमा पनी सरदर सोही दरमा कारोबार भैरहेकोमा उत्तर प्रदेशमा केही सस्तो भएकोले मंहगो बिक्रीका लागी नेपाल तर्फ कारोबारी आकर्षित् भैरहेको बताइएको छ ।

त्यसैगरि  सोेमबार मात्र दांगमा पनी ठुलै मात्रामा लागु ओषध सहित बांके राप्ती सोनाराीका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । केही महिना अघि नेपागञ्ज क्षेत्रबाटै एक जना नेपाली सेनामा कार्यत उच्च अधिकारी पनी उक्त कारोबारको आरोपमा नेपाल प्रहरीले पक्राउ गरेको थियो ।

गत बष डिसेम्बर २० मा कैलालीको टिकापुरबाट ४७ ग्राम सेतो हिरोइन सहित ७ जनालाई प्रहरीले पक्राउ गरेकोमा ४ जना काठमाण्डौका कर्मा शेर्पा, दिपेश तमांग, नबिन लामा र सन्तोष शाही रहेका थिय भने टिकापुरका खगेन्द्र गिरि, बीर बहादुर चौधरी र धनगढीका उदय थापालाई पक्राउ गरेको थियो ।
नेपालमा गृह मन्त्रालय मात हतमा सञ्चालीत लागु औषध नियन्त्रण शाखाको रिपोर्ट हेर्ने हो भने नेपालमा २ किसिमका लागु पदार्थ प्रयोग तथा ओसार पसार र उपभोग भैइरहेको पाइन्छ ।
नेपालमा २ किसिममा कडा खालको र कम कडा खालको लागु औषध पयोग कर्ताहरु बढीरहेका छन । जस्मा पछील्लो ५ बर्षमा नेपालमा कडा खालको लागु औषध प्रयोग तथा बिक्री बितरणमा हवात्तै बढेको पाइएको छ ।

नेपाल सरकारले बिभिन्न सरकारी तथा गैर सरकारी निकाय मार्फत गरेको अध्ययनको तथ्यांक अनुसार नेपालमा कडा खालका लागु औषध प्रयोग कर्ताहरु बिक्रम सम्वत २०६३ मा ४६,३०९ जना रहेकोमा २०६९ मा यो सख्या बढेर ९१,५३४ जना पुगेको छ । गृह मन्त्रालयको लागु औषध नियन्त्रण शाखाको रिपोर्ट अनुसार हरेक बर्ष ११.३६ प्रतीशतले नेपालमा कडा खालको लागु औषध प्रयोग कर्ताहरुको सख्या बढीरहेको छ ।

नेपालमा कडा खालको लागु औषध प्रयोग कर्ताहरुमा महिलाको सख्या ६.९ प्रतिशत र ९३.१ पुरुष रहेको छ ।
भारतिय सञ्चार माध्यम टाइम्स अप इण्डियाको हालै १२ फेब्रवरीमा प्रकाशित एक रिपोर्ट अनुसार सयुक्त राष्ट्र संघले दक्षिण एशियाको सबै भन्दा बढी कडा खालको लागु औषधहरु खपत हुने सुचि प्रकाशित गरिसकेको छ जसमा भारत पहिलो नम्बरमा रहेको छ । उक्त रिपोर्ट अनुसार दक्षिण एशियामा बार्षिक ४० टन हिराइन उत्पादन हुने गरेको छ जसमा भारतमा मात्र बार्षिक १७ टन खपत हुने गरेको
छ ।
भारतमा खपत हुने कडा खालको लागु औषध बिक्री बितरण तथा खुला सिमाका कारण नेपाल बढी प्रभाबित भैइरहेको नेपालमा हरेक दिन लागु औषध कारोबारी पक्राउ पर्नुले पनी पुष्टी गरेको छ ।

दक्षिण एशियामा लागु औषधको कारोबार तथा उपभोग भारत पछी अफगानिस्तान, पाकिस्तान र त्यस पछी नेपाल चौथो सुचिमा रहेको छ ।
उक्त अन्र्तराष्ट्रिय जगतको लिष्टकै आधारमा नेपालले गृह मन्त्रालयमा उक छुटटै शाखा नै गठन गरेर बार्षिक एक कार्य योजना नै बनाएर यसलाई नियन्त्रण तथा रोकथामका लागी प्रयास जारि नै राखे पनी यसको प्रयोग कर्ताहरु बढनुमा नेपाली समाजमा बिकृती बिसंगती तर्फ बढीरहेको इंगित गरेको देखिन्छ ।

नेपालमा बेरोजगारि लगायतका बिभिन्न पारिवारिक समस्याका कारण युवाहरुमा कडा खालको लागु औषध प्रयोगमा बृद्धि भैरहेको देखिन्छ जस्मा कडा खालका लागु औषध प्रयोग कर्ताहरुको सख्या सरकारकै रिपोर्टमा उल्लेख रहेको छ । यसका लागी सरकारले लागु औषध नियन्त्रणका लागी बनाएको कार्ययोजनालार्य अझ प्रभाककारी रुपमा कार्यन्वयन गरेर राष्ट्रका सक्षम र सवल युवाशक्तीलाई कुलतबाट जोगाउन सकिन्छ ।

लागु औषध नियन्त्रणको लागी नेपाल सरकारको के छ कार्य योजनामा ?