बांकेको नयां गाउं,होमस्टे बाट टोल टोलमा कृष्णसार कार्यक्रम सुरुवात

१६ कार्तिक,ढकेरी बांके/ नेपालगञ्जबाट प्रसारण भैइरहेको कृष्णसार एफ एम ९४ मेगाहर्जले शुक्रबार देखी बांकेको ढकेरी स्थित नयां गाउं होम स्टेको प्रांगनबाट टोलटोलमा कृष्णसार अभियान संञ्चालनको सुरुवात गरेको छ ।

स्थानीय स्तरमा रहेको समस्याका बिषयमा सम्बन्धित निकायसँग छलफल र स्थानीय स्रोतको प्रचार प्रसार तथा प्रबद्र्धन गर्ने उद्देश्यका साथ अभियानको पहिलो कार्यक्रम शुक्रबार राप्ती सोनारी गाउँपालिका वडा नमबर ८ नयाँ गाउँ सामुदायिक होम—स्टेबाट सुरुवात गरिएको छ ।
कार्यक्रममा पूर्व सांसद बादशाह कुर्मीले राप्ती सोनारी गाउँपालिको ढकेरीमा रहेको बनस्पति उद्यानलाई व्यवस्थित गर्न सकेमा आन्तरिक प्रर्यटकको संख्या बढने बताउनु भयो ।
कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका पूर्व केन्द्रिय सदस्य अच्युत प्रसाद प्रसाइले आन्तरिक पर्यटकलाई भित्तयाउन सकेमा नयाँ गाउँ होमस्टे लगायत राप्ती सोनारी गाउँपालिकाको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नु भयो ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य सुनिल शर्मा, लायन्स मधुसुधन शर्मा लगायतले होम स्टे स्थानियलाई स्वरोजगार बनाउने कामसँगै कला संस्कृतिको प्रवद्र्धनको माध्यम भएको बताउनु भएको थियो ।

वनकर्मीहरु वन डिभिजन कार्यालय बाँकेका प्रमुख मोहन श्रेष्ठ, कार्यालयका सहायक प्रमुख गणेश खड्का, वन तथा वातावरण संरक्षण समितिका नारायण उपाध्यायले होमस्टेलाई वन, वातावरणको संरक्षण सँग जोडेर विकास गर्न सुझाव दिनु भएको थियो ।

सञ्चारकर्मीहरु रुद्र सुवेदी, गोपी बुढा, विश्वराज पछल्डङ्ग्या, शंकरप्रसाद खनाल, कमल खत्री, साबित्री गिरी, ऋचा लुइँटेल लगायतले मिडियाले ग्रामीण पत्रकारिता मार्फत आवाज विहीनहरुको आवाज बुलन्द गर्न होमस्टेका समाचारलाई प्राथमिकतामा पर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रममा राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारु कृष्णसार एफएमका प्रमुख तुला अधिकारी र कार्यक्रम संयोजक माधव अधिकारीले टोलटोलमा कृष्णसार अभियान उद्देश्य यसको प्रभावकारिताका विषयमा प्रकाश पार्नु भएको थियो ।

कार्यक्रमको शुभारम्भमा होम—स्टेका संचालकहरुले स्थानीय परम्परागत थारु संस्कृतिवाट पाहुनाहरुलाई स्वागत गरेका थिए । होमस्टेका सचिव मंगल थारुले नयाँगाउँ होमस्टेबारे जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा जनप्रतिनिधि, रेडियो संञ्चालक समितिका सदस्य, कृष्णसारकर्मी, पत्रकार, बन कार्यालयका प्रतिनिधि र स्थानीयहरुको सहभागिता थियो ।

बांकेको नयां गाउं,होमस्टेमा प्रस्तुत गरिएको थारु सांस्कृती कार्यक्रमको झलक….