अफगानिस्तानको काबुलमा तालिवानको आक्रमणबाट ११ नेपाली घाईते

Kabul attack : PHOTO: AP News Agency

१४ मंसिर,काठमाडौं/ अफगानिस्तानको काबुल आक्रमणमा परी घाइते १६ जना मध्ये ११ नेपाली भएका छन् । जीफोरएसको कार्यालय परिसरमा बुधबार भएको आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए ।

घाइतेमध्ये ११ नेपाली र ५ बेलायती नागरिक रहेको बीबीसीले जनाएको छ । मृतक १० मध्ये ४ विदेशी रहेको बताइए पनि नेपालीको भने ज्यान गएको छैन ।

अफगानिस्तानको आन्तरिक मामिला मन्त्रालयले घटनामा नेपाली घाइते भएको पुष्टि गरे पनि उनीहरुको परिचय र अवस्थाबारे खुलाएको छैन ।घाइते नेपालीहरु ब्रिटिस सुरक्षा सम्बन्धी कम्पनी जीफोरएसमा कार्यरत थिए ।

अफगान अधिकारीहरूका अनुसार, बुधबारको कार बम विस्फोट पछि पाँच सशस्त्र आक्रमणकारीहरू जीफोरएस परिसरमा प्रवेश गरेका थिए । त्यसपछि दुवै पक्षबीच गोली हानाहान भएको थियो ।घटनाको समयमा ३ सय ३० व्यक्ति रहेको र तीमध्ये अधिकांश विदेशी रहेको बताइएको छ । आक्रमणको जिम्मा तालिवानले लिएको छ । नेपाल सरकारले रोजगारीका लागि अफगानिस्तान खुला नगरे पनि त्यहाँ ठूलो संख्यामा नेपाली छन् ।

त्यसैगरि गत २०७३ सालको असार ८  काबुल आक्रमणमा कामको लागी त्यहां पुगेका  १३ जना नेपालीको हत्या भएको थियमे । । समाचार एजेन्सी बीबीसीको सहयोगमा