दांगको घोराहीका व्यवसायी नन्द बहादुर पुनको हत्या

 

१४ मंसिर,दांग/दांगको घोराही उप-महानगरपालिका वडा नम्बर १३ को सेवा खोला पुल नजिक बिहिबार राती व्यवसायी ४९ वर्षीय नन्द बहादुर पुनको हत्या भएको छ ।

दांगको घोराही उप-महानगरपालिकावडा नं १४ माथिल्लो बसपार्क नजिक हार्डवेयर व्यवसाय सञ्चालन गर्दै आएका रोल्पाका ४९ वर्षीय नन्दबहादुर पुनको हत्या भएको जिल्ला प्रहरी कार्यलय दांगले जनाएको छ ।
जिल्ला प्रहरी कार्याल दांगका प्रमुख वेल बहादुर पाण्डेका अनुसार बिहिबार बेलुकी करीब ८ बजेतिर घर्तीमगरको बेवारिसे अवस्थामा घाईते फेला परेपछि उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको थियो ।

हत्यामा संलग्न भएको आशङ्कामा बिहिबार साँझ नै प्रहरीले एक व्यक्तिलाई पक्राउ गरि अनुसन्धान गरिरहेको प्रमुख पाण्डेले राससलाई जानकारी दिनुभएको छ । हत्या भएका घर्तीको टाउको र छातीमा ठूलो घाउ लागेकोछ भने ।