नेपाल–भारत सिमा क्षेत्र जमुनहामा २ घरमा छापा: तस्करी गरि राखिएको सामान बरामद

२८ मंसिर, नेपालगञ्ज/ जिल्ला प्रहरी कार्यालय बांकेका २ जना प्रहरी प्रमुख फेरिए पछी पहिलो पटक प्रहरीले सिमा क्षेत्र रहेको जमुनहा स्थित २ वटा घरमा बिहिबार राती छापा मारेर ठुलो मात्रामा गैर कानुनी समान पक्राउ गरेको छ ।

नेपाल–भारत सिमा क्षेत्र बांकेको नेपालगञ्ज रोडमै पर्ने जमुनहा भन्सार क्षेत्रमा गोदाम भाडामा लिएर बिभिन्न ब्यक्ती तथा ब्यापारीसंगको मिलेमतोमा भन्सार छली गरि समान ओसार पसार गर्ने भारत रुपैडिहाका मत्तीन नामले चिनिने ब्यक्तीको जिम्मामा रहेको बताइएको उक्त समान बिहिबार राती बिशेष सुचनाका आधारमा प्रहरीले गोदाममा छापा मारि ४३ बोरि काली मिरिच र ५ कार्टुन महगो मेकअप तथा ब्यूटिसियनका लागी आवश्यक पर्ने समान रहेको छ ।

गोदाममा छापा मारेर बिहिबार राती नै प्रहरीले मुचुल्का तयार पारि बेवारिसे सामान फेला परेको रिपोर्ट तयार पारेको तर शुक्रबारको उज्यालो सगै तस्करीको जिम्मा लिने ब्यक्तीहरुले बिहानै आफना शक्ती अडडामा मोबाइल गरेपछी उक्त बेवारिसे समानको खरिद गरि भन्सार गराउनका लागी घाट गददी गरिएको रिपोट तयार पार्ने दवाब आएको स्रोतले जानकारि गराएको छ ।

नेपाल –भारत सिमा क्षेत्रमा भन्सार छलीको समान ओसार–पासार गर्ने बिभिन्न ब्यक्तीहरु मध्य पछील्ले पटक रुपैडिहाका मत्तीनको नाम अग्रपक्तीमा सुनिएको सिमा क्षेत्रमा कार्यरत रहेको भारतिय अर्धसैनिक बल स्रोतले पनी दाबी गर्दै आएको छ ।

बिहिबार जमुनहा गांउमा एक जना सरदार र अर्को एक जना कवडियाको घरमा छापा मारेर बरामद गरिएको ४३ बोरि काली मिरचमा प्रती बोरिमा ३० केजी प्याकिंग रहेको र नेपालमा प्रती केजी रु ४०० र भारतमा प्रती केजी भारु ४०० मुल्यमा थोक खरिद बिक्री हुने गरेको सम्वद ब्यापारिहरुले जानकारि दिएका छन ।

पक्राउ परेको काली मिरिचको ४३ बोरिको १२९० केजी रहेको र प्रती केजी रु ४०० का दरले थोक मुल्य ५ लाख १६  हजार रहेको छ भने ५ कार्टुन ब्यूटिसियका लागी आवश्यक पर्ने समान पनी ५ कार्टुनमा प्याकिंग रहेकोमा मुल्य भने प्रहरी तय गर्न नसकेकोमा शुक्रबार कागजात तयार पार्ने काम गरिरहेको स्रोतले बताएको छ ।
वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रमुख प्रहरी निरिक्षक नारायण डांगी, जमुनहा प्रहरी चौकीका प्रमुख शिब कुमार वली, जिल्ला प्रहरी कार्यालयका कानुन सहायतामा काम गर्ने प्रहरी जनशक्तीले उक्त समान पक्राउ गरि आवश्यक कानुनी प्रक्रीया पुरा गरि उक्त समान जिल्ला प्रहरी कार्यालय बांकेको प्रांगनमा राखिएको छ ।
यस अघिका २ जना प्रहरी प्रमुख बांकेमा रहदा प्रया तस्करीका समान पक्राउ परिरहेकोमा केही माथील्लो निकायसंग कटपट पर्ने गरेकोमा बांकेमा नयां प्रहरी प्रमुख आएपछी पहिलो पटक समान समातिएको पनी प्रहरी स्रोतले दाबी गरेको छ ।