खेल भित्रको खेलको पर्दा खुल्दै… नेपालगञ्जमा हुने ८औं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति अनिश्चित !

निर्माणधिन नेपालगञ्ज रंगशाला Photo: HAMROSAMRACHANA.COM

१३ पुस,नेपालगञ्ज/  यसै बर्षको मंसिरको अन्तीममा नेपालगञ्जमा आयोजना हुने भनीएको ८औं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिती अनिश्चित बनेको छ ।
अलग-अलग ठेक्कामा पनी एउटै ठेकेदार कम्पनीले कामको ठेक्का पाउनाको कारण तोकिएको समयमा प्रतियोगिता गर्नलाई भौतीक पूर्वाधार बनाउन नसकिएको सरोकार निकायले बताउने गरेका छन ।

नेपालगञ्ज रंगशाला र यस वरपर निर्माणको लागी खुलेका बिभिन्न समयका खुलेका ठेक्का एउटै कम्पनीलाई पर्नु र त्यसमा पनी ठेक्का कबोलमा ३ देखी ५ वटा फर्मले मात्र भाग लिएको देखाउनु, पहिल्य नै ओभर इस्टीमेट गर्न लगाएरर बिलो हालेको जस्तो रिपार्ट तयार पार्नु र यस्ता थुप्रै कारणले नेपालगञ्ज र यस क्षेत्र वरपर हुने भनीएका भौतीक पूर्वाधार समयमा नबन्दा नेपालगञ्जमा गत मंसिरमा हुने भनिएको ८औं राष्ट्रिय खेलकुद प्रतियोगिता मिति अनिश्चित बन्दै गएको छ ।
गत बर्ष फागुनको पहिलो हप्तामा पत्रकार सम्मेलन गरि ८औं राष्ट्रिय खेलकुद प्रतियोगिता का लागी आवश्यक लोगो, नारा, मस्कट र गितको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशब कुमार विष्टले मंगलबारको साइत राखी नेपालगञ्जमा सार्वजनिक गर्नुभएको त्यो तिथी र मिती हाल आएर अमंगल बन्दै गएको छ।

नेपाली खेलकुदको महाकुम्भ रुपमा लिइएको राष्ट्रिय खेलकुद प्रतियोगिताको ८औं संस्करण नेपालगञ्जमा आयोजनाको तयारीको आवश्यक पूर्वाधार निर्माणमा गरिने टेण्डर प्रक्रियामै मिलाएर पटक-पटकका टेण्डर एउटै कम्पनीलाई दिने कामले गर्दा काममा ढिलाई भएपछी ति टेण्डर कस्कस्को मिलेमतोमा कसरी पाए र एउटैले सबै काम पाउदा काम गर्न ढिलाई भएको सम्वन्धीत निकायले छानबीन गर्नुपर्ने स्थानिय खेल प्रेमीहरुले आवाज उठाउने गरेका छन ।

‘आठौं खेलकुद हाम्रो प्रदेशमा, पसिना र पौरख आफ्नै देशमा’ भन्ने नाराका साथ आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७५ मंसिरमा नेपालगञ्जमा आयोजना गरिने घोषणा गरि २ पटक मिती तोकीकोमा हाल आएर उक्त मितीमा प्रतियोगिता नहुने भएपछी  भित्रको असली  खेल भित्रको खेलको पर्दा खुल्दै गएको छ ।

८औं राष्ट्रिय खेलकुद प्रतियोगितामा ३५ खेल समावेश गर्ने जस मध्ये ४ खेल बर्दिया, ७ खेल दाङ्गमा हुने र बाँकी खेल नेपालगञ्जमै हुने गरी भौतीक पूर्वाधारको तयारी अघि बढाएको थियो । ८ औं संस्करण खेल मध्य-पश्चिमका बांकेको नेपालगञ्ज र कोहलपुर, दांग, सुर्खेत र बर्दियाको गुलरियामा भौतिक पूर्वाधारहरु निर्माण कार्य भरहेको छ ।

राष्ट्रिय खेलकुद प्रतियोगिताका बिभिन्न प्रतियोगितालाई मध्यनजर गरेर नेपालगञ्जमा अत्याधुनिक कबर्ड हल, स्तरीय ट्रयाक एण्ड फिल्ड , १ सय २० मिटर लम्बाई र ८० मिटर चौडाई नेपालगञ्ज रंगशालाको ट्रयाक एण्ड फिल्ड ०.५ मिटर अग्लो बनाउने काम भरहेको छ ।

१८ करोड लागतमा नेपालकै दोस्रो ठूलो पौडी पोखरी निर्माण कार्य अन्तिममा चरणमा पुगेको छ । ‘राष्ट्रिय खेलकुद परिषदको लगानीमा काठमाडौ उपत्यका बाहिर सबैभन्दा ठूलो पौडी पोखरी नेपालगञ्ज रंगशालामा निर्माण भइरहेको छ । ८७ लाख लाखको लागतमा नेपालगञ्जमै भारोत्तोलन एकेडेमी, जुडो एकेडेमी निर्माण भैरहेको छ ।

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७५ नेपालगञ्जमा आयोजनाका लागि सरकारले समग्र १ अर्ब ५ करोड बजेट छुट्याएको छ । ‘त्यसभित्र भौतिक पूर्वाधार निर्माणका लागि पनि बजेट राखिएको हो ।

कोहलपुरमा प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानको संरक्षणका लागि ४ बिघा १२ कटठामा मैदानमा काम हुदै छ । सुर्खेतमा रंगशालाका लागि १ करोड रुपैया बजेट छुट्याइएको छ । बर्दियाको गुलरियामा सुविधा सम्पन्न कबर्ड हल सहित रंगशाला बनाइदैछ ।

त्यस्तै दांगको बेलझुण्डीमा ठूलो लगानीमा प्रादेशिक स्तरको रंगशाला बनाइने भएको छ ।  ३० हजार दर्शक क्षमताको प्रादेशिक रंगशालाका लागि सरकारले केन्द्रबाटै काम गरिरहेको छ ।

सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ३५ वटा खेलका झण्डै ७ हजार खेलाडी ३ हजार अफिसियलको सहभागिता रहने प्रतियोगिता १० दिनसम्म सञ्चालन हुनेछ । ‘त्यसका लागि खेलाडीहरु नियमित प्रशिक्षणमा पनि जुटिसकेका छन ।