हाम्रो संरचना शनिबार, साउन ४, २०७६ 461 Views

# मेराज हुसेन सिद्धिकी #
३० पुस, नेपालगञ्ज/ “आठौं खेलकुद हाम्रो प्रदेशमा, पसिना र पौरख आफनै देशमा” नारा तय गरि करिब १ बर्ष अगाढी गत मंसिरमा नेपालगञ्जमा हुने तय गरिएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति अझै निश्चित नतोकिए पनि तियोगिता आगामी फागुनको अन्तिम साताबाट सुरु गरि चैत्रको पहिलो हप्तामा समाप्त गर्ने गरि भौतिक निर्माणलाई तिब्रता दिइएको सम्वन्धीत पक्षहरुले जानकारी दिनुभएको छ ।

नेपालमा हरेक २ बर्षमा राष्ट्रिय खेलकुद प्रतियागिता गर्ने गरि करीब २ बर्ष अगाढी भएको सातौं राष्ट्रिय खेलकुद प्रतियागिताबाट आठों राष्ट्रिय खेलकुद प्रतियोगिता नेपालगञ्जमा गर्ने निर्णय गरिएको थियो ।

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागी नेपालगञ्ज स्थित रंगशालामा आवश्यक भौतिक संरचनाहरु निर्माण तथा जिर्णोद्धारमा ढिलाई भएका कारण पूर्व तय गरिएको मितिमा उक्त प्रतियोगिता हुन सकेको छैन ।

नेपालगञ्जमा आयोजना हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा यस अघि नै ३५ वटा खेल सहभागी गराउने र जसमा अधिकांस खेल नेपालगञ्ज गराउने बताउदै आएको राष्ट्रिय खेलकुद परिषदले प्रया: धेरै खेल नेपालगञ्ज बाहिर गराउने टुंगोमा पुगेको छ ।
यस अघि राष्ट्रिय खेलकुद परिषदले नेपालगञ्जमा पत्रकार सम्मेलन गरि बर्दियामा ४, दांगमा ७ र अन्य सबै खेलहरु नेपालगञ्जको बिभिन्न ठाउंमा आयोजना गर्ने जानकारि गराएको थियो ।

नेपाली खेलकुदको महाकुम्भको रुपमा लिईने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको फागुनको अन्तीम सातामा नेपालगञ्ज रंगशालामा उदघाटन गरि प्रतियोगितामा सहभागी गराइएका खेलहरु नेपालगञ्ज क्षेत्रका बिभिन्न ठाउं, खजुरा र कोहलपुर गरि करीब १७ वटा खेल बांके जिल्लामा गराईने र अन्य खेल प्रदेश नम्बर ५ मा पर्ने बर्दिया, दांग, रुपन्देही र कपिलबस्तुमा गर्ने गरि तयारि अगाढी बढाइएको छ ।

आठों राष्ट्रिय खेलकुदका लागी आवश्यक भौतिक संरचना निर्माण एवम प्रतियोगिता सम्पन्न गर्न नेपाल सरकारले यसै आर्थिक बर्षमा करीब १ अर्ब ५ करोड रुपैया बजेट बिनियोजन गरेको थियो ।

आठौं राट्रिय प्रतियोगितालाई मध्य नजर गरेर कहां कति लागतमा निर्माण भइरहेका छन ?

राष्ट्रिय खेलकुद परिषदका प्रदेश नम्बर ५ का संयोजक भिम वली तथा जिल्ला खेलकुद बिकास समिति बांके लेखा अधिकृत मिन बहादुर जिसीका अनुसार हाल निम्न ठाउंमा निम्न बमोजिमको भौतिक संरचनाहरु निर्माण भईरहेका छन :-

नेपालगञ्ज रंगशाला फिल्ड तथा प्याराफिट २५ करोड
नेपालगञ्ज रंगशाला पौडि पोखरी १५ करोड
नेपालगञ्ज रंगशाला सुटिंग रेन्ज १ करोड
नेपालगञ्ज रंगशाला कर्वड हल जिणोद्धार ९० लाख
नेपालगञ्ज रंगशाला भारोतोलन १ करोड
शुक्र माबि खजुरा भलीबल १ करोड
कोहलपुर क्रिकेट मैदान पिच १० लाख

दांग लमही क्रिकेट मैदान पिच १५ लाख
दांग तुल्सीपुर, बेलझुण्डी रंगशाला निर्मांण २५ करोड
दांग, घोराई बास्केट बल कोर्ट निर्माण ५० लाख
दांग तुल्सीपुर, कराते कर्वड हल ५० लाख

बर्दिया बांसगढी कबडडी हल निर्माण १ करोड
बर्दिया भुरीगांउ खो खो खेल कवर्ड हल १ करोड
बर्दिया गुलरिया कर्वड हल १० लाख
बर्दिया गुलरिया एथलेक्टीक्स ट्रयाक ५२ लाख

रुपन्देही बुटवल एन्फा एकेडमी प्याराफिट निर्माण ३० लाख उपभोक्ता मार्फत १५ लाख
रुपन्देही बुटवल लंग टेनिस कोर्ट निर्माणमा १ करोड
रुपन्देही भैरहवा ब्याडमिन्टन हल मर्मत १५ लाख
रुपन्देही भैरहवा क्रिकेट मैदान ३ करोड
रुपन्देही सैनामैना क्रिकेट मैदान ३० लाख

कपिलबस्तु मायांदेबी खेल मैदान कुूस्ती कोट १० लाख

नेपालगञ्जमा नेपालमा नै पहिलो पटक अन्र्तराष्ट्रिय स्तरको आधुनिक खेल मैदान निर्माण भईरहेको छ । उक्त खेल मैदानमा पानी परेको केही समयमा नै सोस्ने किसिमको निर्माण गरिदै छ भने प्याराफिट पनि आधुनिक किसिमका कुर्सि तथा रुफ कबर जनाड गदिने तयारि भएकोमा समयमा जडान हुन नसकेमा पनि अन्य बैकल्पीक ब्यवस्था गरेर भए पनी आठौं प्रतियोगिता अर्को बर्ष नसार्ने राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशब बशादुर बिष्टले जानकारी दिनुभएको छ ।

आठौं राष्ट्रिय खेलकुदका लागी आवश्यक तयारि लगायतका बिषयमा अनुगमका लागी संघिय प्रतिनिधी सभा सदस्यको शिक्षा, स्वास्थ्य,युवा तथा खेलकुद बिकास समितिका प्रमुख जयपुरि घर्ति, उप समिति प्रमुख तथा खेलकुद परिषदका पूर्व सदस्य सचिव जिवन राम श्रेष्ठ,माननीय सदस्यहरु सुरेश राई, गजेन्द्र महत, रेखा कुमारी झा समितिका सचिव जिवराथ बुढाथोकी, परिषदका सदस्य सचिव सहितको टोली अध्ययन अवलोकन गरि फर्किएको छ ।