नेपालगञ्जको बौद्ध गुम्बामा माघी मिलन

३ माघ,नेपालगञ्ज/ नेपाल मगर संघ बांकेको आयोजनामा बुधबार नेपालगञ्जको न्यूरोड स्थित बौद्ध गुम्बा परिसरमा एक औपचारिच समारोहको आयेजना गरि माघी पर्व मनाइएको छ ।

नेपाल आदिबासी जनजाती महासंघको सदस्य समेत रहेका बिभिन्न जातीए संस्थाहरुको जिल्ला स्थित प्रमुख एवम प्रतिनिधिहरुको समेत आथित्यतामा सम्पन्न गरिएको उक्त माघी मिलन कार्यक्रममा मगर समुदायबाट राज्यका बिभिन्न निकायमा प्रतिनिधि गर्ने ब्यक्तीहरु,सामाजिक क्षेत्रमा ख्याती प्राप्त ब्यक्तीहरुको समेत उपस्थित रहेको उक्त समारोहमा मगर समूदायको पहिचान बोकेको छेलो हान्ने खेल र धनुष बाण प्रतियोगिताको आयोजना गरिएको थियो ।

मगर समूदायबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय तथा स्थानिय स्तरका सांस्कृतिक कलाकारहरुको समेत प्रस्तुती रहेको उक्त समारोहमा नेपालगञ्ज उप महानगरपालीकाका उप प्रमुख उमा मगर, प्रदेश नम्बर ५ का माननीय सांसद,मगर भाषा बिदहरुले नेपाल बहु जातीय बहु भाषीक राष्ट्र भएकाले सबैले आ–आफनो पहिचान सहित समृद्ध राष्ट्र निर्माणको अभियानमा लाग्नु पर्ने बिचार ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रम मगर संघ बांकेका अध्यक्ष डम्बर थापा मगरको अध्यक्षतामा सम्पन्न भएको थियो । त्यसैगरि गत मंगलबार सैनिकमा र आगामी माघ १२ गते नेपाल आधिबासी जनजाती महासंघको आयजनामा नेपालगञ्जको पासाड. ल्यामु मार्ग स्थित पूर्व एमालेको पार्टी कार्यालयमा माघी मिलन कार्यक्रम राखीएको अध्यक्ष डम्बर थापाले जानकारी दिनुभएको छ ।