हाम्रो संरचना मङ्लबार, भदौ ३, २०७६ 340 Views

१२ माघ,बारा/  बारा जिल्लाको जितपुरमा शनिबार सांझ सवारी दुर्घटनामा परी  मृत्यु हुनेमा सशस्त्र प्रहरी बलको १२ नम्बर गण, बारामा कार्यरत प्रहरी उपरीक्षक  एसपी बलराम पोखरेलको मृत्यू भएको छ भने  बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराई गम्भीर घाईते हुनुभएको छ ।

अन्य घाईते हुनेहरु ३ जना   सशस्त्र प्रहरीका हवल्दार सञ्जयकुमार यादव, शम्भु गुरुङ र चालक जगत पटेल छन् । घाइते मध्ये बाराका प्रमुख जिल्ला अधिकारीको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । 

कर्मचारी मिलन केन्द्र बाराले निजगढ स्थित शहीद हिरालाल पार्कमा आयोजना गरेको वनभोज कार्यक्रमबाट फर्किएको जिप पथलैया–निजगढ सडकखण्डको पसाहा पुल नजिक बाराका प्रमुख जिल्ला अधिकारीले चढ्ने गरेको ना १ झ १६३३ नम्बरको स्कार्पियो जीप सडकमा रोकी राखेको ट्याक्टरको टेलरसँग ठोक्किएको सशस्त्र प्रहरी बल बाराले जनाएको छ ।

दुर्घटनामा ज्यान गुमाएका एसपी पोखरेलको शव अल्पाइन अस्पताल सिमरामा राखिएको छ भने प्रजिअ भट्टराईलाई भने उपचारका लागी हेलिकोप्टरमार्फत काठमाडौं लगिएको छ ।