हाम्रो संरचना शुक्रबार, जेष्ठ १०, २०७६ 129 Views

१२ माघी,नेपालगञ्ज/ नेपाल कम्यूनियट पार्टी निकट नेपाल आदीबासी जनजातीहरुले संयुक्त रुपमा शनीबार माघी मिलन कार्यक्रमको आयोजना गरेको छ ।
आफ्नो पहिचान र संस्कृतिको परम्परागत पोषाकमा नेपालगञ्जमा –र्याली सहित सहभागि भएका आदीबासी जनजातीहरुले आ–आफनो भेषभुसामा सहभागी रहनुभएको थियो ।

उक्त माघी मिलनको प्रदेश नम्बर ५ का भौतिक पुर्वाधार विकास मन्त्री बैजानाथ चौधरीले उद्घाटन गर्दै नेपालका आदीबासी जनजातीहरु समुदायको कला र संस्कृति र पराम्परालाई संरक्षण गर्न यस्ता पर्वले सन्देश फैलिन मदत गर्ने बिचार ब्यक्त गर्नुभएको थियो ।

बांकेको टिटिहिरीयाका चन्द्र चौधरीको अध्यक्षतामा सम्पन्न उक्त  कार्यक्रममा प्रदेश ५ का समाजिक विकास मन्त्री सुर्दशन बराल, नेकपाका केन्द्रीय सदस्य दय दिनेशचन्द्र यादव र मो। हारुन, प्रदेश सांसद बाबुराम गौतम लागयत बाँके र बर्दियाका बिभिन्न स्थानीय तहका जनप्रतिनिधि, थारु अगुवा लगायतको सहभागिता थियो ।