कोहलपुरमा जारी अन्तर मा.बि.मेयर कप खेलकुद प्रतियोगितामा मन्त्री सुदर्शन बरालबाट सलामि ग्रहण

# बि.भटटराई

१२ माघ,कोहलपुर/  कोहलपुरमा जारी अन्तर मा.बि.मेयर कप खेलकुद प्रतियोगितामा शनीबार कोहलपुर नगर भित्रका बिद्यालयहरुले मार्चपास प्रस्तुत गरिएको छ ।  मार्चपासमा कार्यक्रमका प्रमुख अतिथि ५ नम्बर प्रदेशका सामाजिक बिकास मन्त्री सुदर्शन बरालले सलामि ग्रहण गर्नुभएको थियो ।
कार्यक्रममा कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले मन्त्री बराललाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।
शनीबार नै भएका पहिलो चरणको छात्र तथा छात्रा भलिवल खेलमा डायनामिक मा.बि., जनज्ञान ज्योति मा.बि. कौशिलानगर ,दिब्य बिद्या सधन मा.बि., ग्रिनपिस मा.बि. , चप्परगौडी, वागेश्वरी एकेडेमी,चटार, ज्ञानज्योति मा.बि. बगिया तथा तक्षशिला मा.बि. विजयी भएका छन् ।

यसैगरी छात्रा भलिवल खेलमा नमुना बिद्या सदन बाबानगर, गोर्खा युनाइटेड मा.बि., राम मा बि हवल्दारपुर,साइनिङ्ग स्टार मा बि पिपरी,सगरमाथा ज्ञानपुन्ज मा.बि. किरणनाला पहिलो चरणको खेल जितेका छन ।
यसैगरी शनीबार नै भएको छात्र सटफुट खेलमा त्रिभुवन माबि का हिरालाल चलाउने प्रथम,ज्ञानज्योति माबि चप्परगौडीका मनोज बोहरा

दितिय तथा डायनमिक माबि का कृष्ण बलामी मगर तृतिय भएका छन ।
यसैगरी छात्रा लंगजम्पमा गोर्खा युनाइटेडका सुस्मिता आचार्य प्रथम, डायनामिक माबि का हिमसरि खड्का दृतिय तथा लक्ष्मी माबि बर्दहवाका लक्ष्मी खड्का तृतिय भएका छन ।
यसैगरी छात्र लंगजम्पमा त्रिभुवन मा बि का सहनचन्द्र शाह प्रथम, ज्ञानज्योति माबि चप्परगौडीका गणेश थापा दोस्रो तथा दिपज्योति माबि का बुद्दि बस्नेत तृतिय भएका छन । शनीबार नै सेमिफाइनल तर्फ १०० मि छात्र छात्रा , ४०० मिटर छात्र छात्रा का खेलहरु सम्पन्न भएका छन ।