नेपालगञ्जमा जडान गरिएका सिसि क्यामेराहरुको अनुगमन

१३ माघ, नेपालगञ्ज/ जिल्ला प्रशासन कार्यालय बांकेले आइतबार निजी क्षेत्रबाट नेपालगञ्जका बिभिन्न ठाउंमा जडान गरिएका सिसि क्यामेराहरुको कार्यबिधिको अनुगमन गरेको छ ।
जिल्ला प्रशासन कार्यालय बांकेका सहायक प्रमुख जिल्ला अधिकारी मोहन अर्याललको  नेतृत्वमा एक प्राबिधिक सहितको टोलीले पहिलो दिन नेपालगञ्ज क्षेत्रमा सञ्चालनमा रहेका होटेलहरुमा जडान गरिएका सिसि क्यामेराहरुकोे कार्यबिधि प्रक्रियाहरुको अनुगमन गरेको हो ।

नेपालगञ्जमा सञ्चालनमा रहेका सिदार्थ, सोल्टी, बाटीका, स्नेह, किचन हट, दरबार ग्यालेक्सी, सिटि प्यालेस लगायतका होटेलहरुमा जडान गरिएका सिसि क्यामेराहरुको अनु गमन गरिएको र जसमा अधिकांस नियम कनुन बिपरित जडान गरिएको पाइएको अनुगमन संयोजक सहायक प्रमुख जिल्ला अधिकारी मोहन अर्याललले जानकारी दिनुभएको छ ।

सिसि क्यामेरा जडान गरिएको ठाउंमा कम्तीमा ३ महिनाको डाटाहरु ब्याकअप सुरक्षीत राख्नुपर्ने, सिसि क्यामेरा जडान गरिएको ठाउंमा सार्वजनिक सूचना टांस गर्नुपर्ने लगायतका सामान्य बिधि पनि नपु–याई सिसि क्यामेरा जडान गरिएको पाईएकोले पहिलो पटक चेतावनी सहितको सुझाव दिइएको अर्याललले बताउनु भएको छ ।

सिसि क्यामेरा अनुगमन गरिएका होटेलहरुमा किचन हटमा १० दिनको डाटा ब्याकअप रहने गरि कानुनी प्रकिया पु–याएर जडान गरेको पाईएको र अधिकांसले अनुमती नै नलिएर जडान गएिकाले ततकाल अनुमती लिएर बिधिका साथ सञ्चालन गर्न चेतावनी सहितको सूझाव दिईएको छ ।

जिल्ला प्रशासन कार्यालय बांके मातहतबाट आर्थिक बर्ष २०७५÷२०७६ मा यस अघि ११४ वटा किराना पसल, १० वटा होटेल, ३ वटा मासु पसल,२० वटा मिठाई पसल, १७ वटा औषधी पसल,२४ वटा खाद्य उद्योग, पेट्रोल पम्प सहित अन्य ३९८ गरि जम्मा ५९३ सार्वजनिक क्षेत्रको अनुगमन गरे पनि उपभोक्ता ठगिने गरेको गुनासो सुनिने गरेको सुन पसल भने हाल सम्म अनुगमन लिस्टमा परेको छैन् ।