हाम्रो संरचना सोमवार, असार ९, २०७६ 595 Views

१७ माघ, नेपालगञ्ज/ नेपालगञ्जको पुष्पलाल चौक नजीक रहेको माछापुच्छ्रे होटलमा बिहिबार अपरान्ह प्रहरीले  छापा मारेर नगद २ लाख ७२  हजार सहित १० जनालाई पक्राउ गरेको छ ।

बिशेष सुराकीको आधारमा  १०० रुपैया पोइन्ट म्यारिज खेलीरहेका ६ जना र हेरिरहेका ४ जना गरि १० जना  प्रहरीले पक्राउ गरेको हो ।
५ नम्बर प्रदेश बिशेष व्यूरोका ईन्चार्ज प्रहरी निरीक्षक बोधराज रेग्मी टिम र वडा प्रहरी कार्यालय नेपालगञ्जको सयुक्त टिमले बिहिबार करीब ४ बजे होटेलमा छापा मारेको थियो ।
उक्त पक्राउ गरिएका ब्यक्तीहरु नेपालगञ्ज र बाहिरि जिल्लाबाट नेपालगञ्ज आएका ब्यक्तीहरु  कैलाश शाक्य, प्रेम लामा, राजु खड्का, उमेश सेरचन, कर्मजित बुढा, सुकदेव गिरी, तिर्थराज रोकाय, नविन चन्द, पूर्णबहादुर थापा र यमबहादुर कटवाल पक्राउ परेका छन ।

उक्त घटनाका सम्वन्धमा आवश्यक छानबीन गरि कार्बाही प्रक्रिया जारि रहेको वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रमुख प्रहरी निरीक्षक नारायण डांगीले  बताउनु भएको छ ।