हाम्रो संरचना मङ्लबार, भदौ ३, २०७६ 239 Views
Photo File: जाजरकोटको खलंगाबाट खारा तर्फ जांदै गरेको बस पासा घाटमा २०७३ साल फागुन २६ गते बिहिबार २३ जनाको मुत्यू भएको थियो

२ फागुन,जाजरकोट/जाजरकोट जिल्लाको भेरी नगरपालीका वडा नम्बर १पिप्ले नजीकै यात्रु बहाक बस दुर्घटना हुदा ४ जना यात्रुको मुत्यू भएको छ भने ९ जना घाईते भएका छन ।

पुर्व पश्चिम यातायात ब्यवसायी समिति मार्फत सञ्चालीत उक्त भे १ ख १३२९ नम्बरको यात्रु बहाक बस नेपालगञ्जबाट पश्चिम रुकुमको राडी बजार तर्फ जांदै गरेको समयमा बिहिबार सांझ करिब ७ बजे जाजरकोटको पिप्ले गाउं नजीकै सडकबाट भेरी नदीको बगरमा खसेर दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार जाजरकोटको खलंगा– डोल्पा, रिम्ना सडक खण्डको पिप्ले गाउं देखी करिब २ सय मिटर पर जाजरकोटको सदरमुकाम खलंगा देखी करीब १६ किमीं उत्तर पूर्व सडक खण्डबाट बस भेरी नदीको बगरमा खसेर दुर्घटना भएको घाईतेहरुको बयानलाई उदृत गदै जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

जाजरकोटको होलुखोला प्रहरी पोष्टका अनुसार उक्त बसमा ११ जना यात्रु सहित १३ जना यात्रा गरिरहेको बताइएको छ ।
उक्त घटनामा २ जना भेरी नगरपालीका वडा नम्बर १ का ५५ बर्षिय पञ्च राना र नलगाड नगरपालीका वडानम्बर १३ ल २१ बर्षिय डिल्ली बोहोरा लाई सकुशल उद्धार गरिएको छ ।

उक्त बस दुर्घटनामा सुरक्षाकर्मीहरुको सयुक्त टोलीले उद्धार गरिएकोमा घाईतेहरुको जाजरकोट स्थित जिल्ला अस्पतालमा उपचार भईरहेकोमा ३ जना गम्भीर रहेको अस्पताललाई उल्लेख गदै जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ ।

यस अघि २ बर्ष पहिल्य जाजरकोट जिल्लामा फागुन महिना मै बिहिबारकै दिन यात्रु बहाक बस दुर्घटना भएको थियो ।
जाजरकोटको खलंगाबाट खारा तर्फ जांदै गरेको बस पासा घाटमा २०७३ साल फागुन २६ गते बिहिबार २३ जनाको मुत्यू भएको थियो भने त्यस अघि करीब २ बर्ष पहिल्य बस दुर्घटनामा करीब ५० जनाको मुत्यू भएको थियो ।