हाम्रो संरचना सोमवार, असार ९, २०७६ 139 Views

१९ फागुन,नेपालगञ्ज / शहरी विकास मन्त्री मो. इस्तियाक राईले नेपालगञ्जमा आइतबारदेखि सुरु भएको प्रादेशिक महोत्सवको उद्घाटन गर्दै नेपालगञ्जको बिकासका लागी आफु सदा सकारात्मक रहेको बताउनु भएको छ ।

मन्त्री राईले पश्चिम नेपालको एतिहासिक शहर नेपालगञ्जमा आवश्यक संरचना निर्माणका लागि प्रदेश तथा स्थानिय निकायहरुसंग मिलेर सक्रिय रुपमा लाग्ने बिचार ब्यक्त गर्नुभएको हो ।
नेपालगञ्ज उद्योग बाणिज्य महासंघको मुख्य आयोजनामा नेपालगञ्जको कारकादो स्थित सडक बिभागको परिसरमा सुरु भएको उक्त प्रादेशिक महोत्सवमा उदघाटन गर्ने अधिकांसले ५ नम्बर प्रदेशको राजधानी नेपालगञ्ज सबै भन्दा उपयुक्त रहेको बिचार ब्यक्त गर्नुभएको थियो।

नेपालगञ्जमा आइतबारदेखि सुरु भएको प्रादेशिक महोत्सवमा मन्त्री राईले आफु मन्त्री भएपछि नेपालगञ्जमा २५ वटा सडक शिलान्यास भएको,२ अर्बका नयाँ योजना कार्यन्वयन सगै ततकाल जग्गा उपलब्ध भएमा तरकारी तथा क्रिक्रेट मैदान र सभाहल, बालपार्क, मनोरञ्जन उद्यान, मन्दिर, मस्जिद, गुरुद्वारा, रामलिला मैदानमा समेत योजना पारिएको जानकारी दिनु भएको छ ।

नेपालगञ्जको बढदो जनसंख्या सगै नेपालगञ्जको ट्रापिmक,  ढल निकास लगायतका समस्या समाधानका लागी मुख्य सडकमा  ओभर ब्रिज, आधुनिक ढल निकास र  रिंग रोड अति जरुरी भएको अवस्थामा नगरले आयोजना अघि सारे आफुले आवश्यक ठाउंमा सहयोग गर्ने समेत बताउदै आउने गर्नुभएको छ ।

नेपालगञ्जलाई ६ नम्बर प्रदेशमा गाभ्नुपर्ने माग गर्नेहरुलाई मन्त्री राईले संविधान उठाएर हेर्न सुझाव दिनुभएको छ । अहिलेको अवस्थामा बहुमत प्रदेशको सहमतीमा मात्रै सीमांकन सम्बन्धी निर्णय हुने ब्यवस्था रहेकोले बांके बर्दियालाई ६ नम्बरमा गाभ्ने हल्ला मात्र हुने बताउनु भयो ।
नेपालगञ्जका मेयर डा. धवलशम्शेर राणाले बाँके राजधानी नभए प्रदेश नम्बर ६ मा गाभिनुपर्ने बिचार ब्यक्त गर्नुभएको थियो ।
नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यको अध्यक्षतामा भएको उक्त उदघाटन कार्यक्रममा ५ नम्बर प्रदेशका कृर्षि भुमि तथा सहकारी मन्त्री आरती पौडेल, संघीय सांसद महेश्वर गहतराज, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, पत्रकार महासंघका अध्यक्ष ठाकुरसिंह थारु,नेपालगञ्ज उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष अव्दुल वाहिद मन्सुरी(चुन्ना), प्रदेश उद्योग बाणिज्य संघका अध्यक्ष गुणनिधी तिवारी, कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष गयादिन कुर्मी, नेपाली काँग्रेस बाँकेका सभापति किरण कोइराला लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।