हाम्रो संरचना बुधबार, भदौ ४, २०७६ 169 Views

२८ फागुन, नेपालगञ्ज/  ८ औं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी गराइएका बिभिन्न ३५ वटा खेल मध्य स्वीमिंग प्रतियोगितामा सहभागी हुने खेलाडीहरुको सोमबार नेपालगञ्जमा प्रतिस्पर्धाका आधारमा छनौट गरिएको छ ।

राष्ट्रिय प्रतियोगितामा ७ प्रदेश र बिभिन्न बिभागीय टिमबाट छनौट भई सहभागी हुने क्रममा ५ नम्बर प्रदेश स्तरिय स्वीमिंग खेलको छनौट सोमबार नेपागञ्जमा आयोजना गरिएको हो ।

उक्त छनौट प्रतियोगितामा सहभागी भएका बिभिन्न इभेन्ट अन्र्तगतका २५ जना सहभागी रहेकोमा ५ जना युवती सहित १७ जना छनौट भएका छन ।

छनौट समितिका संयोजक एवम खेलकुद बिकास समिति बांकेका उपाध्क्ष नरेन्द्र थापाका अनुसार नेपालगञ्ज रंगशालामा अध्याधुनिक स्वीमिंग कम्पेलेक्स निर्माण अन्तीम चरणमा रहेकाले प्रदेश स्तरिय स्वीमिंगको छनौट नेपालगञ्जको सुर्खेत रोडमा रहेको सिगनेट स्वीमिंग सेन्टरमा गरिएको हो ।

प्रतियोगितामा सहभागी रहेका सबै खेलाडीहरुको सोमबार नै छनौट सम्पन्न गरिएको छ । जसमा युवतीहरुमा सुमि शाही, नम्रता क्राकी, दिपा कर्ण, सुप्रिया रावल र प्रेरणा शर्मा छनौट हुनुभएको छ ।

त्यसै गरि अन्य छनौट हुनुभएकाहरुमा करुण शर्मा, अबिरल भण्डारी, खेमराज शर्मा, सुमन न्यौपाने, सुबेश घर्ती, रेजन बिष्ट, अमित रावल, कुशल बञ्जारा, प्रतिक बडुवाल, अजय परियार, बिशेष सिह, दिवश रेग्मी रहनुभएको छ ।

नेपालगञ्जको रंगशालामा उदघाटन गरि ५ नम्बर प्रदेशको बिभिन्न ५ जिल्लामा गरि प्रतियोगितामा सहभागी गराईएका ३५ वटा खेल सम्पन्न गर्ने भनि हाल सम्म हल्ला भईरहेको ८ औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागी आवश्यक पूर्वाधारहरुको निर्माण कार्य ठेकेदारले समयमा नै सम्पन्न गर्न ढिलाई गरेकाले प्रतियोगिताको मिति राष्ट्रिय खेलकुद परिषदले तोक्न सकेको छैन ।

परिषदले भने प्रतियोगितामा स्वीमिंग लगायत केही खेलको पूर्वाधार निर्माणको ढिलाई अनुसार चैत्रको अन्तीम सम्ममा भए पनि प्रतियोगिताका लागी उपयुक्त समय हुने र केही खेल उदघाटन अगाढी नै पूर्वाधार भएका ठाउंमा राष्ट्रिय प्रतियोगिता गर्ने गरिे प्रदेश र बिभागीय क्षेत्रबाट खेलाडी छनौट कार्य अन्तीम चरणमा पु–याएकोमा शनिबार ५ नम्बर प्रदेशको पाल्पामा अधिकांश खेलका खेलाडी छनौट सम्पन्न गरिएको खेलकुद परिषद अन्र्तगत ५ नम्बर प्रदेशका संयोजक भिम वलीले जानकारी दिनुभएको छ ।