हाम्रो संरचना शुक्रबार, जेष्ठ १०, २०७६ 357 Views


३० फागुन, नेपालगञ्ज/  नेपालमा आंतक सुर्जना गरि आफनो स्वार्थ सिद्ध गर्नेहरुको समूहले बुधबार राती र बिहिबार बिहान पूर्व–पह्चिम राजमार्ग आसपासका बिभिन्न ठाउंमा सवारी साधनमा आगजनी तथा सार्वजनिक ठाउंमा बिष्फोटका सामाग्री राखेर जनमानसमा आतंक सृर्जना गरे गर्ने प्रयाश गरेका छन ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको बढैपुर जंगलमा  बिहिबार राती करीब ४ बजे यात्रु  बहाक बसमा बसमा आगजनी गरिएको छ ।
पूर्वबाट पश्चिमतर्फ गईरहेको म १ ख ४४१ नम्बरको यात्रु बहाक बसमा यात्रुहरुलाई बलजब्ती आंककित पारेर बसबाट ओराली बसमा आगजनी भएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय मसुरिया कैलालीले आगजनीबाट बस पूर्ण रुपमा क्षति भएको जनाएको छ ।

सुदूरपश्चिमका पहाडी जिल्लाहरु जोड्ने भीमदत्त राजमार्गको गोदावरी सडक खण्डमा बन्दका दिन किन गाडी चलाएको भन्दै रोक्न खोज्ने ३ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक आभूषण तिमिल्सेना जानकारी दिनुभएको छ ।

बुटवल र नेपालगञ्जमा बम निस्क्रीय

नेपालगञ्ज–कोहलपुर सडक खण्डको राझा चौक नजिकै सडकको पश्चिम पटटी सडक किनारामा कितलीलाई बारुद भरी बनाइएको घरेलु बमलाई नेपाली सेनाको बम डिसपोजल टोलीले निस्क्रिीय बनाएको छ ।

बाटो छेउमा कागजमा खतरा भनी लेखिएको उक्त बम आर्तक श्रृजन गर्न खोज्ने समूले राखेको हुन सक्ने सुरक्षाकर्मिहरुले बताएका छन ।
त्यसैगरि बुटवलको कालीकानगरमा पनि घरेलु बम राखेर आंतक श्रृजन गर्न खोजीएकोमा स्थानिय बासिन्दाको सहयोगमा उक्त बिष्फोटक सामाग्री सुरक्षाकमीहरुहरुले निस्क्रिय पारेका छन ।

बिगतमा राजनितिक रुपमा राजतन्त्र फालेर संघिय लोकतान्त्रीक गणतन्त्र स्थापनाका लागी माओबादीले गर्ने गरेको आंतकित शैलीहरुकै झ–झल्को दिने गरि हाल राजनैतिक परिवर्तन पछी पनि त्यस्तै शैलीमा कुनै राजनैतिक परिवर्तन बिना कै जनमानसमा आंतक सृर्जना गरि बिभिन्न घटनाहरुको लहर चल्ने क्रममा बुधबार राती र बिहिबार बिहान उक्त घटनाहरु घटाइएको सरकारी पक्षले प्ररारम्भी प्रतिक्रीया सार्वजनिक गरिसकेको छ ।

२ ट्रकमा आगजनीको प्रयास

पश्चिम नवलपरासी जिल्लामा २ वटा ट्रकमा आगजनीको प्रयास गरिएको छ । नवलपरासीको सरावल गाँउपालिका वार्ड नं. १ बासा स्थित राजमार्ग छेउमा पार्किङ गरी राखिएको खाली ट्रकमा आगजनीको प्रयास गर्ने ब्यक्तीहरुलाई स्थानिय जनताहरुले लखेछेका छन ।
बुधबार राती करीब साढे १ बजे ना ५ ख ७७४१ र ना ४ ख ६८२५ नम्बरका खाली ट्रकहरुमा आगजनीको प्रयास भएकोमा स्थानिय बासिन्दाको सहयोग र सुरक्षाकर्मिहरुको सक्रियतामा आगजनीको प्रयास बिफल भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । काडमाडौं देखि धनगढीको लागि छुटेको खालि ट्रक पश्चिम नवलपरासीको बासा भन्ने स्थानमा रोकेर राखिएको थियो ।