हाम्रो संरचना सोमवार, असार ९, २०७६ 142 Views

१० चैत्र, नेपालगञ्ज/ “आठौं खेलकुद हाम्रो प्रदेशमा, पसिना र पौरख आफनै देशमा” नारा तय गरि करिब १ बर्ष अगाढी देखी नेपालगञ्जमा तयारी सुरु गरिएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको यहि चैत्र २७ गते राष्ट्रपती बिद्या देबी भण्डारीले एक समारोह बीच उदघाटन गर्नुहुने भएको छ ।

नेपालगञ्ज उप–महानगरपालीका वडा नम्बर १३ स्थित नेपालगञ्ज रंगशालामा बिभिन्न झांकी, कला प्रदशनी र मार्च पास सहित चैत्र २७ गते अपरान्ह पछी राष्ट्रपती बिद्यादेबी भण्डारीले एक समारोह बीच उदघाटन गर्ने कार्यक्रम रहेको छ ।

यहि चैत्र २२ गते नेपालगञ्ज रंगशालामा समूहगत खेलबाट ८औ राष्ट्रिय खेदकु प्रतियोगिता सुरु गरि चैत्र २७ गते औपचारिक रुपमा उदघाटन गरिने गरि तयारी गरिएको राष्ट्रिय खेलकुद परिषदका ५ नम्बर प्रदेश अध्यक्ष भिम वलीले बताउनुभएको छ ।

आसन्न सार्क स्तरिय खेदकुद प्रतियोगिताको तयारीको रुपमा समेत लिइएको ८औं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागी आइतबार चैत्र १० गते नेपालगञ्जमा क्रियाशिल करीब ६० वटा संस्थासंग सम्वन्धीत ब्यक्ती तथा सरोकारवाला निकायमा परामर्श तथा अन्र्तक्रिया समेत गरिएको छ ।