हाम्रो संरचना सोमवार, असार ९, २०७६ 612 Views
Photo: hamrosamrachana.com

१० चैत्र,नेपालगञ्ज/  यहि चैत्र २२ गते देखी समूह गत चरणका खेल सुरु गरि चैत्र २७ गते सांझ राष्ट्रपती बिद्यादेबी भण्डारीबाट नेपालगञ्ज रंगशालामा समूदघाटन गरिने  गरि आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तीम चरणमा पुगेको छ ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशब कुमार बिष्टका अनुसार नेपालगञ्जमा आयोजना गरिएको आठौं खेलकुदका लागी सरकारले करोडौं रुपैया लगानी गरि प्रतियोगितालाई अन्र्तराष्ट्रिय स्तरका प्रतियोगितामा हुने सुबिधा सरह बनाउन लागी परेको जानकारी दिनुभएको छ ।

प्रतियोगिताको पूर्व सन्ध्यामा आईतबार स्थानिय सरोकारवाला निकाय तथा सम्वध ब्यक्तीहरुको समन्वयात्मक बैठको आयोजना गदै सदस्य सचिव बिष्टले राष्ट्रको सिर उचो पार्ने खेदकुदलाई नयां उचांईमा पु–याउन परिषदले कुनै कसर बांकी नराख्ने गरि तयारी गरेको र ५ नम्बर प्रदेशमा खेलकुदका नंया संरचना निर्माण गरिएकाले प्रतियोगिता केही पर सर्न गएको जानकारी दिनुभएको छ ।

नेपालगञ्जमा आयोजना गरिएको खेलकुद प्रतियोगिता यहि २०७५ साल चैत्र २७ गते उदघाटन गरि २०७६ साल बैशाख ३ गते समापन गर्ने गरि समय तालीका बनाइएको र त्यसको निर्णय यहि चैत्र १५ गते बस्ने परिषदको बैठकले गर्ने जानकारी दिदै मिति तोक्ने बिषयमा सबैबाट आवाज उठेकाले आपसी परामर्शमा उक्त मिति अग्रीम नै घोषणा गरिएको बैठकमा सदस्य सचिव बिष्टले बताउनु भयो ।

बैठकमा सहभागीहरुले उठाएको पश्नको जवाफ दिने क्रममा खेलकुदमा भए गरेका सबै कामको पारदर्शि ढंगले सबै सार्वजनिक गरिने र हाल यस राष्ट्रिय खेदकुद महोत्सवलाई भब्य रुपमा सफलताका साथ सम्पन्न गर्न सबै पक्ष सक्रिय भएर लागीदिन समेत बिष्टले उक्त बैठकमा राख्नुभएको थियो ।

बांके जिल्लामा रहेका राज्यका निकायहरु जिल्ला प्रशासन, नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी, उद्योगी ब्यापारी, पत्रकार, बिभिन्न समाजिक संघ/संस्थाका प्रमुखहरुको उपस्थितीमा भएको समन्वय बैठकमा बोल्दै राष्ट्रिय खेलकुद परिषद ५ नम्बर प्रदेशका अध्यक्ष भिम वलीले नेपालगञ्जमा चैत्र २७ गते एक इतिहास रच्ने गरि राष्ट्रपतीद्धारा राष्ट्रिय खेलकुद महोत्सवकै रुपमा उदघाटन गर्ने गरि तयारि गरिएको र केही भौतिक संरचना निर्माणका ढिलाई भैइरहेकोमा रातदिन गरि निर्माणमा तिब्रता दिइएको जानकारी उक्त बैठकमा दिनुभएको छ ।

आठौं राष्ट्रिय प्रतियोगितामा समाबेश गरिएका ३८ वटा बिभिन्न खेलहरु मध्य समूहगत खेलहरु जस्तो फुटबल, भलीबल, बास्केट बल जस्ता केही खेल उदघाटन अगाढी चैत्र २० गते देखी सुरु गर्ने गरि तयारी गरिएकाले नेपालगञ्जमा चैत्र १८ गते देखी नै खेलाडी तथा प्रशिक्षकहरुको आगमन हुने र त्यसैगरि सम्वन्धीत निकायले आ–आफनो तर्फबाट भुमिका तथा सहयोग गर्न समेत  उक्त बैठकमा आग्रह गरिएको छ ।

प्रतियोगिताका लागि पुनःनिर्माण गरिएको नेपालगञ्ज रङ्गशाला मैदान,६ हजार ५०० क्षमताको दर्शक प्यारापिट,सुटिङ रेञ्ज, भारत्तोलन एकेडेमी भवन, कोहलपुरस्थित क्रिकेट मैदान, दाङको लमहीमा क्रिकेट मैदान, घोराहीमा बास्केटबल कोर्ट, बाँकेको खजुरामा भलिबल स्टेडियम, बर्दियाको भुरीगाउँमा खोखो खेलको कभर्डहल, रूपन्देहीमा लङटेनिस कोर्ट र कपिलवस्तुमा कुस्तीका लागि मायादेवी खेल मैदान निर्माण गरिएको छ ।

Photo : hamrosamrachana.com

प्रतियोगितामा सहभागी खेलहरु र कुन खेल कुन जिल्ला र ठाउंमा हुदै

प्रतियोगितामा समावेश ३८ खेल मध्ये १५ वटा खेल बाँके जिल्लामा मा हुने छन जस अनुसार  १० खेलमात्र  नेपालगञ्ज रंगशालमा हुनेछन।

नेपालगञ्ज रंगशालामा हुने खेलहरुमा  फुटबल, भलीबल, सुटिङ, भारोत्तोलन, स्विमिङ, तेक्वान्दो, टेबुल टेनिस, आर्चरी, पुरुष हक्की, चेस र जुडो प्रतियोगिता हुने छन भने कोहलपुरमा पुरुष क्रिकेट र साइक्लिङ, खजुराको शुक्र माविमा भलिबल र हक्की तथा ज्ञानोदय माविमा बक्सिङ प्रतियोगिता हुने भएको छ ।

त्यसै गरि बर्दियाको गुलरियामा सेपाकटाक्रो, भुरीगाउँमा खो–खो र बाँसगढीमा महिला–पुरुष कबड्डी प्रतियोगिता हुने छ ।

कपिलवस्तुमा कुस्ती, दाङको घोराहीमा बास्केटबल, ब्याडमिन्टन, बेलझुण्डीमा एथलेटिक्स, महिला फुटबल, तुलसीपुरमा कराते र उसु खेल हुने हुनेछन ।

रुपन्देहीको बुटवलमा लङटेनिस र शारीरिक सुगठन प्रतियोगिताका लागि प्रस्ताव गरिएको अन्य सबै निर्धारित ठाउंमा नै प्रतियो गिता सम्पन्न गर्ने गरि तयारि तिब्र पारिएको र त्यसै अनुसार ब्यवस्था मिलाइएको ५ नम्बर प्रदेशका अध्यक्ष भिम वलीले जानकारी दिनु भएको छ ।