आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा राजनिती नगरौं !

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागी नेपालगञ्ज रंगशालामा तयारी खेल मैदान । फोटो : hamrosamrachana.com

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागी अन्यौलता कायमै छ । नेपालगञ्जमा होला कि नहोला ? भएमा कहिल्य होला ? बिराटनगरमा २ बर्ष अगाढी सम्पन्न गरिएको राष्ट्रिय खेलकुद प्रतियोगिता समाप्तीमा आठौं प्रतियोगिता मध्यपश्चिमाञ्चल क्षेत्रले गर्ने अवसर प्राप्त गरेको थियो ।

नेपालगञ्जले आयोजनना गर्ने गरि उक्त प्रतियोगिताको झण्डा नेपालगञ्जको तर्फबाट अध्यक्ष भिम वलीले अन्य बिकास क्षेत्रहरुसंगको प्रतिस्पर्धामा समयमै र उत्कृष्ट तरिकाले आयोजनाा गर्ने गरि उक्त अवसर प्राप्त गर्नुभएको थियो ।

आठौं राष्ट्रिय खेलकुद प्रतियोगता आयोजना गर्ने अवसर पाउनु नेपालगञ्ज क्षेत्रका लागी एउटा ठुलो अवसर र गौरबको बिषय पनि हो । प्रतियोगिता आयोजना गर्नाले देशैभरीका करीब ४ हजार खेलाडी, प्रशिक्षकहरु नेपालगञ्जमा सहभागी रहने हुनाले नेपालगञ्ज क्षेत्रको प्रर्यटन तथा अर्थतन्त्र थप चलायमान हुने निश्चित छ ।

नेपालगञ्ज आउनु हुने खेलाडी एवम प्रशिक्षले बास बस्ने होटेल देखी खानपान उठबस लगायत सवारी आवागमन सबै चिजमा केही न केही थप चलायमान हुने र नेपालगञ्जको चिनारी बोकेर देशैभर जाने भएकाले पनि आठौं प्रतियोगिता आयोजना गर्न पाउनु नेपालगञ्ज बासीका लागी एउटा अवसर र गौरबको बिषय हो ।

अब आठौं राष्ट्रिय प्रतियोगिता कहिल्य हुन्छ ? किन मिति तोकिदैन ? तोकिय पनि सम्वध खेलकुद मन्त्री २०७५ साल मै नेपालगञ्जमा गर्ने पक्षमा नभएको जस्ता टिका टिप्पणी आउनु र राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिवले परिषदले खेलकुद मन्त्रीको अध्यक्षतामा बस्ने परिषदको बैठकबाट मिति तोक्ने बताउदै आउनुभएको छ ।

५ नम्बर प्रदेश बिशेष गरि नेपालगञ्जमा खेलकुदका थप नयां संरचना निर्माणमा ढिलाई भएको देखाउदै खेलकुदमा राजनिती छिरेको आवास नेपालगञ्ज बासीले गर्न थालेका छन ।

आठौंं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७५ साल लेखिएका खेलाडीका लागी आवश्यक ट्रयाक सुट, मेडल, प्रचार प्रसार सामाग्री सबै गरि करीब ८० लाख भन्दा बढी खर्च भईसकेको छ । देशभरीका ७ वटै प्रदेश ३ बिभागीय टोली नेपाली सेना, शस्सस्त्र प्रहरी, जनपद प्रहरी र प्रबासबाट गरि ११ वटा समूहबाट खेलाडी छनौट समेत गरि राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागीका लागी तयारी गरि बसेका छन ।

राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट खेलाडीहरु सार्क स्तरिय खेलको लागी पनी छनौट हुनेछन । प्रतियोगितामा सहभागी हुने करीब ५० प्रतिशत खेलाडी प्लस टु पढने हालको खेलाडी उमेर लिस्टले देखाएको छ ।

प्लस टु को परिक्षा बैशाख १० गते बाट पूर्व निर्धारित समय तालीका भएकाले राष्ट्रिय खेलकुद प्रतियोगिता चैत्रको अन्तीम मिति भन्दा पर सारेमा प्रतियोगितामा सहभागी हुने प्लस टु का बिद्यार्थीका लागी परिक्षा हापेर खुलकुदमा सहभागी गराउन समस्या उत्पन हुने निश्चित छ ।

त्यसै गरि मौसममा केही बदलावका कारण नेपालगञ्जमा चैत्रको अन्तीम सम्ममा करीब ३५ डिग्रीको हाराहारीमा तापमान रहने अनुमान गरिएकाले थोरै भएपनि खेलाडीलाई राहत हुने देखिन्छ । हाल ३२/३३ दैनिक रहेकोमा यो तापमान दैनिक बढीरहेको छ ।

चैत्र बाट पछाडी सारेमा यो तापमान करीब ४० डिग्री पुग्ने र नेपाल बिद्युत प्राधिकरण शाखाको बत्तीमा अनियमितता पुरानै रोग निको नभएकाले देशभरीबाट आउने खेलाडी तथा प्रशिक्षकलाई गर्मिले आहत पार्ने भएकाले खेलको मिति चैत्रको अन्तीम भन्दा पर सार्न हुदैन ।

नेपालगञ्जमा हालै निर्माण गरिएको स्वीमिंग कम्पेलेक्समा पनि चैत्रको अन्तीम वा बैशाखको पहिलो हप्ता सम्म पानी ठिक्कको तापमान रहने प्राबिधिकहरुको राय रहेकाले स्वीमिंगक आठौं राष्टिय खेलकुदको मिति चैत्र भन्दा पर जानुहुदैन ।

खेलकुदका सबै भौतिक संरचना बनेपछी मात्र खेलकुद गर्ने दृष्टिकोण सहितको बिचार पनि उठेका छन । त्यसको एउटै कारण हो प्रतियोगिता थप भब्य बनाउने । स्थानिय स्तरमा भने प्रतियोगिता सम्पन्न पछी खेलकुदका पूर्वाधार निर्माण कार्य सेलाउने पो हो कि ? शंका पनि उब्जेको छ ।

हाल मितिका नाममा खेलकुद हेर्ने र हेराउन मन्त्री देखी स्थानिय जनस्तरमा पनि नेपालगञ्जमा खेलकुद नेपालगञ्जमा हुन्छ कि हुदैन बिषयमा थोरै भए पनि राजनितिक रंग देखिएको छ ।

उक्त रंग भौतिक संरचना निर्माण टेण्डर प्रक्रिया देखी खेलकुद प्रतियोगिता आयोजना गर्ने सम्मको कार्यमा मन्त्रीको रजाई गर्न नपाएको असन्तुटी नेपालगञ्जमा प्रतियोगिता चैत्रमा नगर्ने र बर्तमान सदस्य सचिवको मिति आउदो असारमा सकेपछी नया तिथी मिति र ठाउं अनुसार गर्ने पनि हुनसक्ने अडकल गर्नेहरु पनि छन । तर मन्त्रीले नै आठौं राष्टिय खेलकुद प्रतियोगिताको नेपालगञ्ज रंगशालामा आफै मस्कटकको अनावरण गरिसकेकाले त्यो ठाउं नै सार्ने उहांकै लागी पनि घातक हुनेछ ।

नेपालगञ्जमा आयोजना गरिएको राष्ट्रिय खेलकुद प्रतियोगिता २०७५का लागी  आवश्यक फिल्ड तयार भईसकेको छ भने दर्शकहरु बस्ने प्याराफिट पनि बनीसकेको छ तर भिआइपी प्याराफिट जडान पनि अन्तीम चरणमा रहेको छ र चैत्र २७ सम्म निर्माण भईसक्ने बताइए पनि त्यसकै कारण देखाउदै प्रतियोगिता सार्नु भनेको पुरै चलखेलको राजनिती पसेको बाहेक अर्को केही हुन सक्दैन ।

त्यसैले खेलाडी तथा बिद्यार्थीको भबिष्य नेपालगञ्जको मौसम हाल सम्म आर्ठो राष्ट्रिय खेलकुद प्रतियोगिताका लागी गरिएको तयारी र खर्च सबै कुराको दृष्टिगत गरि आज बस्ने परिषदको बैठकले चैत्र भित्रै राष्ट्रिय खेलकुद प्रतियोगिता नेपालगञ्जमै उदघाटन गर्ने गरि अन्तीम मिती तोक्नु कार्य सबैको लागी लागी उत्तम हुनेछ ।