असिना पानी संगै आएको हावाहुरीका कारण बारा र पर्सामा ठुलो धन–जनको क्षति

१७ चैत्र, नेपालगञ्ज/  आइतबार साँझ अचानक आएको हावा हुरी सहितको असिना पानीका कारण  प्रदेश २ मा पर्ने मध्य तराइको बारा  र पर्सामा ठुलो धन–जनको क्षति भएको छ ।

बारा र आसपासका जिल्लामा हालसम्म २७ जनाको मृत्यु भएको पुष्टि भएको छ भने सयौंको संख्यामा घाइते भएका छन् । मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। हावा हुरीसहितको असिना पानीका कारण विद्युतको पोल, रुख घर माथि ढलेर र चल्दै गरेको बस दुर्घटना भएर उनीहरुको मृत्यु भएको सुरक्षा अधिकारीहरुले बताएका छन्।

बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले जिल्लामा २७ जना भन्दा बढीको मृत्यु भएको पुष्टि गर्नु भएको छ। कलैया उप–महानगरपालिकाको धर्मनगर, सुवर्ण गाउँपालिकाको हर्दिया लगायतको ठाउँमा मानवीय क्षति भएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभएको छ।

प्रदेश २ सरकारका मुख्य न्यायधिवक्ता दीपेन्द्र झाका अनुसार बाराका भलुही, भरबलीया, फेटाको वडा नम्बर ६ चैनपुर सबैभन्दा बढी प्रभावित क्षेत्र हुन्।
असिनाले बालीनालीमा ठुलो क्षति पुगेको छ। टेलिफोन सेवामा क्षति पुर्याएको छ। विद्युतको पोलहरुमा ठुलो क्षति भएको छ। सयौं घरका छानाहरु हावाहुरीले उडाएको छ।

बाराको सवै भन्दा बढि प्रभावित गाउँहरु भलुही, भरबलीया, फेटा वाडा नं. ६ चैनपुर रहेका छन । क्षतिको अवस्था हेर्दा अझैँ ठूलो संख्यामा मानवीय क्षति भएको हुनसक्ने अनुमान गरिएको स्थानिय ब्यक्ती तथा उद्दार मा परिचालित सुरक्षाकमिहरुले बताएका छन ।

घाइतेहरूलाई वीरगञ्ज स्थित क्षेत्रीय अस्पताल र जिल्लाका अन्य अस्पतालहरूमा उपचारका भईरहेको छ । ठूलो हावाहुरी आएको र घर लगायतका भौतिक संरचनामा क्षति भएकाले त्यहाँ मानिसहरु पुरिएको हुनसक्ने अनुमान गरिएको छ । उद्दार कार्यमा आईतबार राती नै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली खटिएको प्रहरीले जनाएको छ।

बिरगञ्ज अस्पतालमा उपचाररत घाईतेहरुको तस्बीर