फलामको जलप र हातको बाला बनाएर सुन तस्करी: करोडौंको सुन सहित नेपाली, भारतिय र चाइनिज पक्राउ

२२ चैत्र, नेपालगञ्ज/ भनिन्छ पुलिस भन्दा चोर एक कदम अगाढी तर चोरको पछाडी निरन्तर लागेमा पुलिसले चोरको बाटो पत्ता लगाउछ र आखिर भेटटाइ छाडछ भन्ने भनाई काठमाण्डौ एयरपोर्टमा भएको एक घटनाले प्रमाणित गरेको छ ।

छोटो समयको अवधीमा नै मालामाल हुने सपना बोकेर गैर कानुनी रुपमा सुन तस्करीमा संलग्न ब्यक्तीहरुले अनेक तौर तरिका अपनाउने गरेको घटना सार्वजनिक भइरहेकोमा बिहिबार त्रिभुवन अन्र्तराष्टिय बिमान स्थलमा चेक जांचको क्रममा भित्र सुन र बाहिर फलामको जलप लगाइएका समानको बिषयमा सोधखोज फलामको भेषमा सुन तस्करी भएको पर्दाफास भएको हो ।

नेपाल प्रहरीले बिशेष सूचनाका आधारमा चेक जांच गर्ने क्रममा यहि चैत्र २१ गते थाइल्याण्डबाट काठमण्डौं आएको थाई लाइन एयरको उडान नम्बर २२० एसएलमा आएका भारतिय ४ जना ब्यक्तीलाई गैर कानुनी सुन सहित पक्राउ गरिएको नेपाल प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीको आधिकारी फेसबुक पेजमा सार्वजनिक गरिएको जानकारीमा सुन तस्करहरु अन्र्तराष्टिय बिमान स्तलको अध्यागन पार गरि गाढी पार्किडमा तस्करहरु गाढीबाट प्रस्थान गर्नै लाग्दा चेक जांच गरि हेर्दा फलामको जलपमा बिभिन्न किसिमका समान बनाए सुन तस्करी गरिएको पाइएको बताएको छ ।

त्यसरी सुन तस्करी गर्नेहरुमा १- राहदानी नम्बर R9910727 बाहक वर्ष १९ को जटिन जैन को साथबाट सुनको बाला १ र सिक्री १ गरी जम्मा सुन ४९७.६५० ग्राम, मूल्य रु.२५,३४,०३३.८०।
२-  राहदानी नम्बर T2999027 बाहक वर्ष ४४ की सुनिता को साथबाट सुनको बाला थान- ६ र सिक्री थान-२ गरी जम्मा सुन १७७१ ग्राम, मूल्य रु.९०,१७,९३२।
३- राहदानी नम्बर S0921703वाहक वर्ष ४१ की बबिता गर्ग को साथबाट सुनको बाला थान ६ र सिक्री थान २ गरी जम्मा सुन १७७३ ग्राम, मूल्य रु. ९०,२८,११६।
४- राहदानी नम्बर Z4609484 वाहक वर्ष ४६ की सरिता जैन को साथबाट सुनको बाला थान ६ र सिक्री थान २ गरी जम्मा सुन १७७३ ग्राम, मूल्य रु.९०,२८,११६। गरी कुल जम्मा सुन ५८१४.६५ ग्राम रु.२,९६,०८,१९७.८। रहेको छ ।

सुनको बालासहित १ भातिय १ जना नेपाली नागरिक पक्राउ……..

यस अघि नेपाल प्रहरीको बिशेष अनुसन्धान टोलीले नै यहि गएको चैत्र १३ गते रौतहट जिल्लाको गुजरा नगरपालीका वडा नं. ४ स्थायी घर भई हाल ललितपुर जिल्ला महालक्ष्मी नगरपालीका वडा नं. १७, ईमाडोल बस्ने अन्दाजी वर्ष २८ का जितेन्द्र चौधरी तथा भारतको विहार स्थायी वतन भई हाल ललितपुर महालक्ष्मी न.पा.वडा नं.१७, ईमाडोल बस्ने अन्दाजी वर्ष १९ का असलम आलम लाई त्रिभुवन अन्र्तराट्रिय गोल्डेन गेट एरियामा आई बाहिरी मुलुकबाट आगमन भएका यात्रुहरुबाट फलामकै जलप लगाइएका सुनको बालाहरुमा क्रमश सुनको बाला थान-२ ९९९ ग्राम, मुल्य रु.५,११,७३१० र सुनको बाला थान-१, सुनको बेरुवा औठी थान-१ ९सुनको जम्मा परिमाण ९९९ ग्राम, मुल्य रु.५,११,७३१० अवैध रुपमा संकलन गरी लैजान लागेको अवस्थामा पक्राउ गरी भन्सार कार्यालय वुझाएको थियो ।

सुनको माला सहित १ चिनिँया नागरिक पक्राउ………………..………..

मिति २०७५/१२/१७ गते China Eastern को उडान नं. MU575 द्वारा चिनको Kunming बाट काठमाण्डौ आगमन भएको चिनिँया नागरिक राहदानी नं. E47864912 वाहक WANG ZHIKANG लाई यस त्रि.अ.वि.को गोल्डेन गेट एरियमा संकास्पद अवस्थामा भेटी चेकजाँज गर्दा निजको साथबाट सुनको माला थान- १ (एक) (१३९ ग्राम, मुल्य रु.७,११,४०२।-) अवैध रुपमा भन्सार छली गरी लैजान लागेको अवस्थामा पक्राउ गरी भन्सार कार्यालय वुझाइएको ।

३ वटा सुनको बाला सहित २ नेपाली महिला पक्राउ………

मिति २०७५/१२/११ गते जि.बाग्लुङ्ग, बाग्लुङ्ग न.पा.वडा नं.४ स्थायी वतन भई हाल का.जि.का.म.न.पा.वडा नं.२६ गोंगबु बस्ने पवित्रा वि.क. र जि.म्याग्दी रघुगंगा गा.पा.वडा नं.३ स्थायी वतन भई हाल का.जि.का.म.न.पा. वडा नं. २६ गोंगबु बस्ने सुबा वि.क. यस त्रि.अ.वि.को गोल्डेन गेट एरियामा आई बाहिरी मुलुकबाट आगमन भएका यात्रुहरुबाट सुनको बाला क्रमश:- सुनको बाला थान-२ (सुनको जम्मा परिमाण ९९.५० ग्राम, मुल्य रु. ५,१६,९०२.५०।-– ) र बाला थान-१ (सुनको जम्मा परिमाण ४९ ग्राम, मुल्य रु. २,५४,५५५।-– ) अवैध रुपमा संकलन गरी लैजान लागेको अवस्थामा पक्राउ गरी भन्सार कार्यालय वुझाइएको ।

सुनको बाला सहित जनकपुरका धिरज महतो पक्राउ…

मिति २०७५/१२/१० गते जि.धनुषा जनकपुर न.पा.वडा नं. ७ स्थायी वतन भएका धिरज महतो त्रि.अ.वि.को गोल्डेन गेट एरियामा आई यात्रुबाट सुनको बाला थान- १ (परिमाण ४९ ग्राम, मुल्य रु.२,५३,७२२।-) अवैध रुपमा संकलन गरी लैजान लागेको तथा निजको साथबाट कतारी रियाल ७४० समेत फेला परेको हुँदा पक्राउ गरी भन्सार कार्यालयमा बुझाइएको ।

सुनको बाला सहित फहिमुदीन मिँया पक्राउ

मिति २०७५/१२/०९ गते का.जि. का.म.न.पा.वडा नं. ३१ बागबजार स्थायी वतन भएका फहिमुदीन मिँया त्रि.अ.वि.को अन्तर्राष्ट्रिय आगमन पार्किङ्ग एरियामा आई यात्रुहरुबाट सुनको बाला थान- ५ (परिमाण २४९ ग्राम, मुल्य रु. १२,८९,३२२।-) अवैध रुपमा संकलन गरी लैजान लागेको अवस्थामा पक्राउ गरी भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।