हाम्रो संरचना सोमवार, असार ९, २०७६ 931 Views
घाइतेको कोहलपुर मेडिकल कलेज कोहलपुरमा उपचार हुदै

२ बैशाख, नेपालगञ्ज/ बुटवलबाट नेपालगञ्ज तर्फ आईरहेको लु १ ख ५९९१ नम्बरको यात्रु बहाक बस सोमबार सांझ पूर्वपश्चिम राजमार्ग अन्र्तगत बांकेको ढकेरी नजिकै टयाक्टरसंग ठोक्कियर दुर्घटना हुदा १८ जना घाईते भएका छन ।

सोमबार दिउसो बुटवलबाट छुटेको उक्त बस लोकल गदै आएकोमा बांकेको ढकेरी सोमबार सांझ अबेर नेपालगञ्ज तर्फ आईरहेकोमा कृर्षि प्रयोजनका लागी भनेर भन्सार छुटमा नेपाल भित्रयाइएका टयाक्टरहरुले गैर कानुनी रुपमा भाडामा सांझ गिटटी मोरंग बोक्ने कार्यलाई निरन्तरता दिने क्रमम उक्त यात्रु बहाक बस झुक्कीएर टयाक्टरको पछाडीको ट्रलीमा बत्ती नभएकाले ठोक्कीयको हुन सक्ने प्रहरीले जनाएको छ ।
दुर्घटना लगत्तै शम्शेरगञ्जमा रहेको शसस्त्र र कोहलपुरबाट गएको प्रहरी एवम स्थानियले घाईतेहरुको उद्धार गरि कोहलपुर स्थित मेडिकल कलेजमा पु–याएका थिए । उक्त दुर्घटनामा घाईते भएका मध्य ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।